All Posts By खेमचन्द्र अधिकारी

    Showing ९०१-९१० of १,३५४ items.
  • लेटाङका प्रहरी प्रमुख सागर साह बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    लेटाङः इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साह २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित हुनुभएको छ । साहलाई कोशी प्रदेश प्रहरी कार्यालयले बैशाख महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित गरेको हो ।प्रहरी निरीक्षक साहले विभागीय मूल्य मान्यता, आदेशनिर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गर्नुका साथै फैसला कार्यान्वयनअन्तर्गत विभिन्न मितिमा फरार प्रतिवादी पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराउनुका साथै प्रविधिमैत्री प्रहरी सेवा प्रवाहका लागि ड्रोन क्यामेरामार्फत् अपराध रोकथाम तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाएको जनाइएको छ ।नागरिक सहायता

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १६१ पटक पढिएको
  • सातामा झण्डै १४ अंक घट्यो नेप्से

    इटहरी ।  गत साता नेप्से परिसूचक करिब ०.५० प्रतिशत अर्थात् १३.७१ अंक घटेर २७३१.९४ विन्दुमा बन्द अडिएको छ । ५ दिन खुलेको शेयर बजार ३ दिन घटेको थियो ।कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो  साता दैनिक औसतमा ३ अर्ब ४२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा गत साता औसतमा ३ अर्ब ६९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।नेप्सेको कुल बजार पूँजीकरण पनि ०.५० प्रतिशत घटेको छ । अघिल्लो  साताको अन्तिम कारोबार दिन ४६ खर्ब ८२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता २३ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ ।सातामा ३ उपसमूहको

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २२० पटक पढिएको
  • सिद्धार्थ सेकेन्डरी स्कुलले दियो एसईईमा ४ जीपीए ल्याउने ६ जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँ

    इटहरी ।  मोरङको सुन्दरहरैँचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरेको हो । परीक्षामा ४ जीपीए ल्याउने ६ जना विद्यार्थीलाई विद्यालयले जनही १ लाख रुपैयाँसहित सम्मान गरेको हो ।सो विद्यालयबाट यस वर्ष एसईई परीक्षामा सहभागी सबै १२१ जना विद्यार्थी उत्तीर्ण भएकामा तीमध्ये ६ जना विद्यार्थीले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ । विद्यालयले तिनै विद्यार्थीलाई अभिभावकको साथमा जनही १ लाख रुपैयाँको चेक प्रदान गरेको हो ।विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतका अनुसार सब

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १९८ पटक पढिएको
  • सुन्दरहरैंचामा आजदेखि सुन्दर खोर्साने युवा क्लबको आयोजनामा गोल्डकप हुँदै

    इटहरी ।  मोरङको सुन्दरहरैंचामा आज जेठ २ गतेदेखि प्रथम अन्तरराष्ट्रिय सुन्दर खोर्साने गोल्डकप हुने भएको छ । दिउँसो ३ बजे हुने उद्घाटन खेलमा धरान फुटबल क्लब र सशस्त्र प्रहरी बलबीच प्रतिष्पर्धा हुने भएको हो ।आयोजकका अनुसार आजको विजेता टिमले भोलिको विजेता टिमसँग जेठ ६ गते सेमीफाइनल खेल खेल्नेछ । भोलि दार्जिलिङको टिम र सलहेश फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।आयोजकका अनुसार जेठ ४ गते सतिसाले स्पोर्टिङ क्लब र बिर्तामोड युनाइटेड झापाबीच खेल हुने भएको छ ।जेठ ५ गते आयोजक सुन्दर खोर्साने युवा क्लब र राष्ट्रिय जागृति क्लब सुनसरीबीच खेल हुने भएको छ ।खेलको विजेता टिमले नगद २ लाख र उपविजेताले

    • प्रकाशित मितिः जेठ २, २०८३
    • २२८ पटक पढिएको
  • टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै अमेरिका

    काठमाडौंः विश्वकप लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।नेपालका डा. इशान पाण्डेले ओडीआई डेब्यु गर्दैछन् । उनलाई करण केसीले डेब्यु क्याप दिएका थिए ।खेल टियु क्रिकेट मैदानमा जारी छ । आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहेका छन् ।आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २५ खेलपछि आठमा जीत, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।अमेरिका २५ खेलबाट १८ मा जीत, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ ।स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जीत, आठमा हार र ६ वटा खेल अन

    • प्रकाशित मितिः जेठ २, २०८३
    • १३६ पटक पढिएको
  • महिनाको पहिलो दिन ७ समूह बढ्दा झिनो अंकले आयो नेप्सेमा सुधार

    इटहरी । जेठ महिनाको पहिलो दिन आज शेयर बजारमा सामान्य सुधार आएको छ । नेप्सेमा सूचीकृत १३ समूहमध्ये ७ समूहमा हरियाली छाउँदा नेप्से झिनो अंकले बढेको हो ।आज नेप्से परिसूचक १.७७ अंक बढेर २७३१.९४ बिन्दुमा अडिँदा कारोबार रकम भने सामान्य घटेको छ । हिजो ३ अर्ब २९ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज २० करोड कम रुपैयाँको शेयर किनबेच भएको हो ।आज ३३८ कम्पनीको ४३ हजार ६७४ पटकको कारोबारमा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँको ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच भएको छ ।बढेको बजार ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक अर्थात् ७.७१ प्रतिशत बढेको छ । मोदी इनर्जीको शेयरमूल्य ५.२६ प्रतिशत बढ

    • प्रकाशित मितिः जेठ १, २०८३
    • २६४ पटक पढिएको
  • सुनचाँदीको भाउमा गिरावट

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।चाँदी प्रतितोला ५ हजार ३९० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • १७० पटक पढिएको
  • आरम्भ सुधार केन्द्रको समन्वय तथा भुल्के युवा समाजको आयोजनामा लागूपदार्थ दुर्व्यसनविरुद्ध चेतनामूलक कार्यक्रम

    विराटचोकः सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भुल्के युवा समाजको आयोजनामा तथा आरम्भ सुधार केन्द्रको समन्वयमा लागूपदार्थ दुर्व्यसनविरुद्ध युवाहरूका लागि चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।युवाहरूलाई लागूपदार्थ दुव्र्यसनबाट टाढा राख्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर आयोजित कार्यक्रमले समाजलाई दुर्व्यसनमुक्त बनाउन सहयोग पुग्ने सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले बताउनुभयो ।कार्यक्रममा सहजकर्ता टीकाराम सिग्देलले युवाहरूलाई लागूपदार्थको असर, जोखिम तथा त्यसबाट बच्ने उपायबारे प्रभावकारी परामर्श दिनुभएको थियो ।सहजकर्ता राजीव गिरीले युवाहरूलाई

    • प्रकाशित मितिः जेठ १, २०८३
    • २०१ पटक पढिएको
  • बाँदर धपाउन तेह्रथुमको लालीगुराँस नगरपालिकामा आज सार्वजनिक बिदा, आज र भोलि बाँदर धपाइने

    वसन्तपुरः तेह्रथुमको लालीगुराँस नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आज र भोलि बाँदर धपाउने कार्यक्रम राखेर नगरले आज सार्वजनिक बिदा दिएर सबैलाई बाँदर धपाउने कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।एक्लाएक्लै आ–आफ्नो बालीनाली जोगाउने प्रयास विफल भएपछि आज र भोलि नगरभरका बासिन्दा मिलेर सामुहिक रुपमा बाँदर खेदाएर नगरको सिमाना कटाइने पालिकाले जनाएको छ । नगरले आज शुक्रबार अत्यावश्यक बाहेकका सेवा बन्द गरेर सामुहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्ने भएको हो ।बाँदरले मकै र अलैँची बालीमा धेरै क्षति पुर्याउने गरेको स्थानीय बताउँछन् । माथिल्ला तहका सरकारले बाँदर नियन्त्रणमा ध्यान नदिएकाले बाँदर धप

    • प्रकाशित मितिः जेठ १, २०८३
    • १४६ पटक पढिएको
  • भूमिहीनलाई लालपुर्जा नपाएसम्म मासिक १५ हजार भाडा दिने तयारी

    काठमाडौंः सरकारले वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई स्थायी रूपमा जग्गाधनी प्रमाणपूर्जा वितरण नहुँदासम्म अस्थायी राहतस्वरूप मासिक १५ हजार रुपैयाँ घर भाडाबापत उपलब्ध गराउने तयारी गरेको छ ।राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै अस्थायी रूपमा भाडा सहायता उपलब्ध गराउने योजना अघि सार्नुभएको हो । काठमाडौं उपत्यकामा रहेका वास्तविक भूमिहीन परिवारलाई लक्षित गरी योजना अघि सारिएको बताइएको छ ।हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान तथा वर्ग

    • प्रकाशित मितिः जेठ १, २०८३
    • २०४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल