काठमाडौंः विगतका वर्षमा भन्दा यस वर्ष कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण सार्वजनिक गरेको छ । अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।विभागले गत साता एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।मौसमविदका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना भए पनि विभिन्न भेगमा फरक–फरक छ । कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।उता, कर्णाली प्रदेशक
इटहरी । यति एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।आईपीओ बिक्रीका लागि एयरलाइन्सले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।यति एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो ।
गोठगाउँः सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचाले आयोजना गरेको विभिन्न सात विधामा उत्कृष्ट हुनेहरुलाई विद्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।बैशाख २७ र २८ गते विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । विद्यालयले गायन, नृत्य, नेपाली वक्तृत्व, अङ्ग्रेजी वक्तृत्व, नेपाली हस्तलेखन, अङ्ग्रेजी हस्तलेखन र चित्रकला प्रतियोगिता आयोजना गरी विजेतालाई आइडलको रूपमा पुरस्कृत गरेको हो ।यी हुन् यस वर्षका सुन्दरवाटिका एकेडेमीका आइडलहरू१. सुन्दरवाटिका सिङ्गिङ आइडल ४क) आदित्य फुयाल आइडलख) सिर्जन गौतम फर्स्ट रनर अपग) प्रज्ञान बुढाथोकी, सेकेण्ड रनर अपघ) निसल गौतम, थर्ड रनर अपङ) प्रज्ज्वल ब
इटहरी । मोदी इनर्जी लिमिटेडको २ करोड २६ लाख ३० हजार ४६० कित्ता शेयरको लक इन हिजो बैशाख ३० गतेदेखि सकिएको छ ।जसमा संस्थापक शेयर संख्या २ करोड १७ लाख ५० हजार कित्ता, कर्मचारीको शेयर संख्या ७६ हजार ७० कित्ता र स्थानीयहरुको शेयर संख्या ८ लाख ४ हजार ३९० कित्ता रहेको छ ।कम्पनीको सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहिरहने कम्पनीले जनाएको छ ।
इटहरी । निजामती सेवा कर्मचारी राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्ती गर्ने भएको छ ।सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।कर्मचारी ट्रेड युनियन खारेजी गर्ने तथा कुनै पनि कर्मचारी राजनीतिमा आबद्ध भए बर्खास्त गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो ।
इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रति तोला ३५ रुपैयाँ भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा किनबेच भएको छ ।चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा किनबेच भएको छ ।
इटहरी । सुन्दरवाटिका एकेडेमीले शैक्षिक क्षेत्रमा नयाँ अभ्यासको शुरुवात गरेको छ । नगरका अधिकांश विद्यालयले शैक्षिक वर्षको अन्त्यतिर अभिभावक दिवस आयोजना गरी विभिन्न तह पार गरेका विद्यालयलाई दीक्षित गर्ने गरेका छन् । तर सुन्दरवाटिकाले भने शैक्षिक सत्र शुरु हुनासाथ तह पार गरेका विद्यार्थीलाई दीक्षित गर्नुका साथै कक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।नौलो अभ्यासकै रूपमा विद्यालयले आफ्ना विद्यार्थीका हजुरबुबा र हजुरआमालाई पनि सम्मान गरेको छ । बैशाख २७ र २८ गते दुई दिन आयोजित कार्यक्रममा २७ गते विद्यालयले विद्यार्थीका १०० जनाभन्दा बढी हजुरबुबा र हजुरआमालाई खादा, टीका र उपहार दिएर सम
इटहरी । सरकारले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।चीन र भारतसँग जोड्ने गरी रेल सञ्जालका लागि अध्ययन गरिने उहाँले बताउनुभयो ।
इटहरी । आज शेयर बजार मापक नेप्से परिसूचक ४.१५ अंक अर्थात् ०.१५ प्रतिशतले घटेर २७४०.२५ अंकमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता शेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।उत्पादन तथा प्रशोधन समूह ०.४७ प्रतिशत र व्यापार समूह १.५ प्रतिशतले बढेको छ । बाँकी सबै समूहका सूचक राताम्य भएका छन् । निर्जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.६१ प्रतिशतले घटेको छ ।एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ११.४२ प्रतिशतले बढेको छ भने धौलागिरि लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ११.१७ प्रतिशत घटेको छ ।घटेको बजारमा ए
इटहरी । सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।१२ महिना नै चल्ने र अवरोध नहुने गरी सडक बनाइने पौडेलले बताउनुभयो ।