All Posts By खेमचन्द्र अधिकारी

    Showing ९४१-९५० of १,३५५ items.
  • सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

    इटहरी । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले सार्वजनिक संस्थानलाई व्यवस्थित, प्रभावकारी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित वर्गीकरण गर्ने योजना अघि सारेको हो ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहरूको अवस्था, कार्यक्षमता र आवश्यकताअनुसार वर्गीकरण गरिने उल्लेख गरिएको छ ।सरकारले लामो समयदेखि घाटामा रहेका तथा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका संस्थानहरूको सुधारका लागि नयाँ रणनीति अपनाउने संकेत गरेको छ ।नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहर

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १२६ पटक पढिएको
  • सरकारले करको संरचनाको पुनरावलोकन गर्ने

    इटहरी ।  सरकारले करको संरचनामा पुनरावलोकन गर्ने भएको छ ।आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १५० पटक पढिएको
  • एसईईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको तयारी

    काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।परीक्षा बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । आवश्यक प्राविधिक काम तीव्र रूपमा अघि बढाइएको छ ।आज साँझ बोर्ड बैठक बोलाइएको छ । सो बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ ।एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटै नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ । सरकारले १ महिनाभित्रमा एसईईको नतिजा सार्वजनिक गरिने बताएको थ

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १८१ पटक पढिएको
  • सरकारले प्रस्तुत गर्याे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

    इटहरी ।  सरकारले आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।आज अपराह्न बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको हो ।नीति तथा कार्यक्रममा नयाँनयाँ कार्यक्रम समावेश गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १४७ पटक पढिएको
  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरको जहाजको चक्कामा आगलागी, सबै यात्रु सकुशल

    काठमाडौंः इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टर्किस एयरलाइन्सको टीके ७२६ कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । सो विमानमा रहेका चार बच्चासहित २७३ यात्रु र चालक दलका ११ सदस्यलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ ।विमानस्थल सुरक्षा कार्यालयका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १३८ पटक पढिएको
  • आजदेखि बजेट अधिवेशन शुरु हुने

    इटहरीः  आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।संसद् सचिवालयका अनुसार नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सो धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्र

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १६७ पटक पढिएको
  • सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित

    धरानः हालै भएको अधिवेशनमार्फत् नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक सदस्य समूहअन्तर्गत सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १० मत प्राप्त गर्दै श्रेष्ठ विजयी हुँदा सुमन श्रेष्ठ पनि १० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । प्रतिस्पर्धामा झापाका टीकाराम ढकाल पराजित हुनुभयो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १२० पटक पढिएको
  • नेपाल परिवार नियोजन सङ्घको सुनसरी शाखा ठहरियो नेपालकै उत्कृष्ट शाखा

    धरानः सबैभन्दा बढी सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरेको आधारमा नेपाल परिवार नियोजन सङ्घ सुनसरी शाखा नेपालकै उत्कृष्ट शाखाको रूपमा सम्मानित भएको छ ।काठमाडौंमा भएको संघको ४३ औँ केन्द्रीय सभामा सुनसरी शाखालाई नेपालभरिका शाखामध्ये उत्कृष्ट शाखाका रूपमा प्रशंसा–पत्रसहित सम्मान गरिएको हो । संघका केन्द्रीय अध्यक्ष डा. राजेन्द्रबहादुर श्रेष्ठले शाखा सभापति निर्मला अधिकारीलाई प्रशंसा पत्र सम्मान गरेका थिए ।परिवार स्वास्थ्य केन्द्रमार्फत् स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको तथा कोभिड–१९ को कठिन समयमा समेत निरन्तर सेवा प्रवाह गरेकोमा शाखा कार्यालयका स्वास्थ्यकर्मी कर्मचारीहरूको उच्

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १७२ पटक पढिएको
  • सगरमाथा आरोहीको लेक लागेर मृत्यु

    सोलुखुम्बुः सगरमाथा आरोहणका क्रममा लेक लागेर एक जना आरोहीको मृत्यु भएको छ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे हिजो बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए । उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको थियो ।पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत तथा यसपटक ट्रेक नेपाल कम्पनीमार्फत् आरोहणमा सहभागी घिमिरेले यसअघि सगरमाथाको चुचुरो चुमिससेका थिए ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १४३ पटक पढिएको
  • सुन्दरवाटिका एकेडेमीले गर्याे विद्यार्थीका हजुरबुबा र हजुरआमालाई सम्मान

    गोठगाउँः सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचा–७ गोठगाउँले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबुबा र हजुरआमालाई आज विद्यालयमा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ । १०० जनाभन्दा बढी अभिभावकलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विनोद फुयालले जानकारी दिनुभयो ।विद्यालयले पुरस्कार वितरण तथा दीक्षान्त समारोहको आयोजना गरी विद्यार्थीका हजुरबुबा र हजुरआमालाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँलगायतका अतिथिले खादा तथा उपहार प्रदान गरी अभिभावकलाई सम्मान गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि गुरागाईँले पछिल्लो समय स

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २१८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल