आर्थिक

    Showing १,१७१-१,१८० of १,२७२ items.
  • आज सुनको मूल्य स्थिर

    काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको जस्तै एक लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार ३९० रुपैयाँ तोकिएको छ । 

    • प्रकाशित मितिः भदौ १, २०८०
    • १३६ पटक पढिएको
  • सन नेपाल लाइफको आईपीओ आजदेखि

    काठमाडौं । विहीबारदेखि सन नेपाल लाईफको प्राथमिक सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशत बराबरको सेयर बिक्री खुलाएको हो ।इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ९६ लाख कित्ता सेयरमा १३९ रुपैयाँ प्रिमिय मूल्य थपेको छ । यससँगै, सर्वसाधारणले कम्पनीको आईपीओ खरिद गर्न प्रतिकित्ता २३९ रुपैयाँ लगानी गर्नुपर्छ । कम्पनीले वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।वैदेशिक रोजगारीमा जानेहरुका लागि सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको हो । सामूहिक लगानी कोषलाई ५ प्रतिशत र

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १२९ पटक पढिएको
  • तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो (बुधबार) छापावाल सुनको मूल्य  तोलामा  १ लाख ११ हजार २००  रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (बिहिबार) तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला छापावाल  १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । हिजो बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६५० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ काय

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १५० पटक पढिएको
  • रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ।कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटका अनुसार साउन ३१ गते बाँडफाँड गरेको हो । कम्पनीको आईपीआमा साउन २६ गते शुक्रबार साँझसम्ममा १४ लाख ७७ हजार ८७७ आवेदकबाट १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको थियो।यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १३९ पटक पढिएको
  • आज सुनको मूल्य स्थिर

    काठमाडौँ ।आज (मङ्गलबार) सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको  छ भने तेजावी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ पुगेको  छ । यता, चाँदीको भाउ सामान्य बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १४८ पटक पढिएको
  • नेसनल लघुवित्तको नाफा ४०.३६ प्रतिशत घट्यो

    काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ४०.३६ प्रतिशतले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । खुद ब्याज आम्दानी सामान्य ९०.६० प्रतिशत० ले घटेर ८३ करोड ४२ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४०.३४ %ले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६४ पैसाले घटेर १९ रुपैयाँ ८४ पैसामा आए

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • ३११ पटक पढिएको
  • अप्पर लोहोरे खोलाको आईपीओ बाँडफाँट

    काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।यो आईपीओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकामा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।यस कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको (१९ लाख ८८ हजार २३६ कित्ता)  साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १३२ पटक पढिएको
  • खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १७, २०८०
    • २०४ पटक पढिएको
  • तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ ।  आज  सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा  १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य  आज (आईतबार) तोलामा ३०० रुपैयाँ बढेर  १ लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।यससँगै, आज  तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार  तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको थियो  ।यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ क

    • प्रकाशित मितिः साउन १४, २०८०
    • १४९ पटक पढिएको
  • तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो (बिहिबार) छापावाल सुनको मूल्य  तोलामा   १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (शुक्रवार)  तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ९ सय रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १४४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल