काठमाडौं । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट भएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।आज २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्य घटेको छ ।यसबाहेकका उपसमूहका लगानीकर्ताले भने आज कमाउन सफल भए । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर हेवाखोला हाइड्रो, माहुली लघुवित्त, सप्तकोशी विकास बैंक
काठमाडौ । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोलाको मूल्य ९३ हजार रुपैंया कायम भएको छ । आज तेजाबी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
काठमाडौँ। पछिल्ला दुई दिन सामान्य बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। उतार चढावबीच बजार परिसूचक नेप्से २१.९७ अंकले घटेर १ हजार ९७३ मा आएर रोकिएको छ। सबै समूह राताम्मे रहँदा कारोबार पनि अर्ब हाराहारीमै सीमित रह्यो। जीवन बीमा समूहमा सबैभन्दा उच्च डेढ सय अंक हाराहारीको गिरावट आउँदा अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे। आज नेपाल स्टक एक्सचेन्जमा २२४ कम्पनीको ३० लाख कित्ता बराबर सेयर १ अर्ब १३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ। यस दिन १६८ कम्पनीको सेयर मूल्य घट्दा जम्मा १५ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ। आज हिमालयन पावर पार्टनरको सेयर सबैभन्दा धेरै झन्
काठमाडौं । आज (बुधबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।अघिल्लो दिन १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं । आज (आइतबार) सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोल ७०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
काठमाडौं । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यस्तै आज चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९(८० को बजेट पेश नगरेका हुन् । हालसम्म चालु आर्थिक वर्षको बजेट पेश नगर्नेमा प्रदेश १ का २, मधेश प्रदेशका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् ।हालसम्म गण्डकी प्रदेशको मात्र सबै स्थानीय तहले बजेट पेश गरिसकेका छन् । मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०१ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गते बुधबारबाट साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।कूल निष्काशन मध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो । उक्त कम्पनीको आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्म आवेदन दिन सक्ने बताइएको छ
काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो दिन आज बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, मंगलबार भने कारोबार रकम झनै घटेको छ । नेप्सेमा मंगलबार ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।&
काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले आजबाट आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको हो।आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयहरूले आईपीओका लागि भदौ १९ गतेसम्म आवेदन दिन सक्न