इटहरी । आज नेप्से परिसूचक स्थिर रहेको छ । ०.०८ अर्थात् ०.०० प्रतिशतले बढेर २७०५.५३ विन्दुमा अडिएको शेयर बजारमा आज ३५२ कम्पनीको शेयर बिक्री भएको छ ।८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ४४ हजार ५४२ पटक किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँको शेयर किनबेच भएको छ ।आज विकास बैंक, वित्त, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन समूहका परिसूचक बढेका छन् । वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचकमा भने गिरावट आएको छ ।बढेको बजारमा सोपान फर्मास्युटिकल्स् र एपोलो हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढेको छ । डिब
इटहरी । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिनुभएको छ । योसँगै डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ ।यसअघिका अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो । लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ ।
इटहरी । आजदेखि नेपाल राष्ट्र बैंकले नयाँ सिरिजका ५०० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै नयाँ नोट असार ३ गतेदेखि प्रचलनमा आएको जनाएको हो ।राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ हाल प्रचलनमा रहेका ५०० रुपैयाँका नोटसरह नै रहनेछ । नोटमा विभिन्न सुरक्षा विशेषतासहित नयाँ डिजाइन समावेश गरिएको छ ।नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको वाटरमार्क तथा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोटको दर पहिचान गर्न सक्ने विशेष चिह्न राखिएको छ । नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ ।नोटको पछाडिको भागमा पाटेबाघको चित्र उल्लेख गरिएको छ ।
इटहरी । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ ।सो कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ७२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।त्यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता शेयर कर्मचारीका लागि र ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ ।बाँकी रहेको १४ क
इटहरी । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको विवरणअनुसार घरजग्गा (रियल इस्टेट) बजार पछिल्लो समय क्रमिक रूपमा सुधारिँदै गएको छ । जेठले घरजग्गा कारोबारको परिमाण (भोल्युम) बढे पनि राजस्व भने घटेको छ ।उच्च मूल्य भएका घरजग्गाको खरिदबिक्री कम हुँदा राजस्व सङ्कलन भने वैशाखको तुलनामा जेठ महिनामा केही गिरावट आएको छ । विभागको तथ्याङ्कअनुसार वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूबाट ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । जेठ महिनामा करिब १६.२८ प्रतिशत अर्थात १ अर्ब १ करोड ९५ लाख रुपैयाँले घटेर ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ मात्रै राजस्व सङ्कलन
इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज पनि घटेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३१ अंकले घटेर २७०५.४५ अंकमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४८ हजार ११६ पटक किनबेच हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको शेयर किनबेच भएको छ ।व्यापार र सामुहिक लगानी कोष समूहहरु क्रमशः०.३१ र ०.०५ प्रतिशतले बढ्नुबाहेक अन्य समूह ओरालो लागेका छन् । फाइनान्स समूह सर्वाधिक अर्थात् ०.६० प्रतिशतले घटेको छ ।आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँको शेयर किनबेच भएको छ । सिद्धार्थ बैंक, रिलायन्स स्पिनीङ मिल्स, रावा
विराटनगरः कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो ।सो बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।वित्तीय व्यवस्थापन शीर्षकमा १५ करोड रुपैयाँ छुट्याइएको छ । चालुतर्फ कुल बजेटको ३४.५५ प्रतिशत र पूँजीगततर्फ ५१.३२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.३७ प्रतिशत हुन आउँछ ।बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी
इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४५ प्रतिशत अर्थात १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा अडिए पनि कारोबार रकम भने बढेको छ ।३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ५१ हजार ७०२ पटक किनबेच हुँदा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको शेयर किनबेच भएको छ । शुक्रबार ३ अर्ब ३४ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।उत्पादन तथा प्रशोधन समूह ०.११ प्रतिशतले उकालो लागेबाहेक बाँकी सबै समूहको सूचकमा आज रातो पोतिएको छ । अन्य समूह आज सर्वाधिक १.८२ प्रतिशतले घटेको छ ।घटेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३८ करोड ८५ लाख ६ हजार ४७३ रुपैयाँको शेयर किनबेच भएको छ
विराटनगरः अहिले कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट प्रस्तुत गरिरहनुभएको छ ।ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा सचिवालय पुगेका मन्त्री लिङ्थेपले बजेट प्रस्तुत गरिरहनुभएको हो ।बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।कृषि क्षेत्रमा ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री लिङ्थेपले जनाउनुभएको छ ।
जनकपुरः मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ ।अर्थमन्त्री युवराज भट्टराईले आज चालुतर्फ १४ अर्ब ६६ करोड अर्थात् ३५.९४ प्रतिशत र पूँजीगततर्फ २६ अर्ब ४७ करोड अर्थात् ६४.३६ प्रतिशत रक विनियोजन भएको बजेट प्रस्तुत गर्नुभएको हो ।खर्चको स्रोतमा आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबापत १२ अर्ब ८३ करोड, वित्तीय समानीकरणबापत ९ अर्ब ४९ करोड ५९ लाख र गत वर्षको नगद मौज्दात ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ अनुमान गरिएको छ ।चालु आर्थिक वर्षमा मधेस सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो ।