आर्थिक

    Showing २४१-२५० of १,०५४ items.
  • योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न नेप्सेको आह्वान

    इटहरी ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरू (क्युआईआई)लाई दर्ता तथा वार्षिक नवीकरणका लागि आह्वान गरेको छ ।नेप्सेले सूचना जारी गर्दै बुक बिल्डिङ विधिमार्फत् निष्काशन हुने धितोपत्रमा सहभागी हुनका लागि क्युआईआइले यथाशीघ्र दर्ता तथा नवीकरण गर्नुपर्ने जनाएको हो । योग्य संस्थागत लगानीकर्तालाई नयाँ दर्ताका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ भने वार्षिक नवीकरणका लागि पाँच हजार रुपैयाँ तोकिएको छ ।लगानीकर्ताहरूले दर्ता तथा नवीकरण शुल्क ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी शाखामा रहेको नेप्से अपरेटिङ एकाउन्टमा जम्मा गर्नुपर्ने जना

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ११७ पटक पढिएको
  • राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

    काठमाडौंः सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।सरकारले संवैधानिक परिषद, सहकारी, विश्वविद्यालयलगायत ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १४६ पटक पढिएको
  • २ घण्टामा २ अर्ब ३६ करोडको शेयर कारोबार, उच्च मूल्य बढ्नेमा डिबेञ्चर शेयर

    विराटचोकः साताको अन्तिम शेयर कारोबार दिन आज बजार खुलेदेखि नै बजार हरियो हुन सकेको छैन । २ घण्टाको अवधिमा बजार १९ अङ्क घटेर २७२६ हाराहारीमा नेप्से सूचक रहेर शेयर किनबेच भइरहेको छ । घटेको बजारमा ऋणपत्र (डिबेञ्चर) हरूको मूल्य बढेको छ ।घटेको बजारमा ऋणपत्रहरु आरबीबी फोकस ४०, सुपर खुदी हाइड्रोपावर, हिमालयन बैंक लिमिटेड बोण्ड २०८६, ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेञ्चर २०८७ र ८.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट बैंक डिबेञ्चरको शेयरमूल्य उच्च बढेको छ ।कर्पाेरेट डेभलपमेण्ट बैंक, झापा इनर्जीलगायतको शेयरमूल्यमा धेरै गिरावट आएको छ ।२ घण्टाको अवधिमा २ अर्ब ३६ करोड २३ लाख रुपैयाँभन्दा धेरैको शेय

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १७० पटक पढिएको
  • आज पनि घट्यो सुन र चाँदी दुवैको भाउ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।चाँदीको भाउ प्रतितोला ४ हजार ८१० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १५९ पटक पढिएको
  • निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन शुरु

    काठमाडौंः निजामती कर्मचारीलाई सरकारले १५ दिनमै तलब दिन थालेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य हिजोदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ ।हिजो बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुरु गरेका हुन् ।महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका हुन् । अर्थमन्त्रीको सो आदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहर

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ११९ पटक पढिएको
  • स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आजदेखि आईपीओ बेच्ने

    इटहरी ।  माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आजदेखि आईपीओ बिक्री गर्ने भएको छ ।कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा सेयर बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।सर्वसाधारणका लागि छुट्याइएको कोटाभित्रबाट १०

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १३६ पटक पढिएको
  • हिमालयन पावर पार्टनरले आजदेखि ५० प्रतिशत हकप्रद शेयर बेच्ने

    इटहरी । हिमालयन पावर पार्टनर लिमिटेडले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको हो ।सो कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।हकप्रद शेयर निष्काशन प्रयोजनार्थ चैत १० गते कम्पनीले बुक क्लोज गरेको हुनाले चैत ९ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १२० पटक पढिएको
  • झण्डै २६ अङ्क घट्यो शेयर बजार मापक नेप्से परिसूचक

    इटहरी ।  आज पनि शेयरबजारको ओरालो यात्रा थामिएन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात् २५.८१ अंकले घटेर २ हजार ७४४.४५ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५१ वटा कम्पनीका १ करोड २१ लाख ४ हजार १७८ कित्ता शेयर १ लाख ४ हजार ५ पटक किनबेच हुँदा ४ अर्ब ९८ करोड ६३ लाख ३ हजार ३१३ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा बाहेक बाँकी ओरालो लागेका हुन् । आज व्यापार समूह सर्वाधिक अर्थात् १.०९ प्रतिशतले बढ्दा विकास बैंक र सामुहिक लगानी कोष समूह क्रमशः ०.१४ र ०.०१ प्रतिशतले बढे ।आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् २.२४ प्रतिशतले घट्दा बैंक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १३७ पटक पढिएको
  • ९ महिनामा फाइनान्स कम्पनीहरुले कमाए साढे ७० लाख, सर्वाधिक कमाउनेमा मञ्जुश्री फाइनान्स

    इटहरी ।  चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीले ७० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७१.२२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।९ महिनामा १२ फाइनान्स कम्पनी नाफामा छन् भने ३ कम्पनी घाटामा छन् । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ५ कम्पनी घाटामा थिए ।चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत बढी हो । ९ महिनामा सबैभन्दा धेरै प्रतिशत न

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १६४ पटक पढिएको
  • घट्यो सुनचाँदीको दाम

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ९४ हजार ५०० रुपैयाँ रहेको छ ।चाँदीको भाउ प्रति तोला ४ हजार ९१५ रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १४३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल