इटहरी । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११०
इटहरी । आज दिनभर नेप्से २७६३ देखि २७७२ आसपास घुुमिरहेकोमा अन्तिम आधा घण्टाको समयमा भने २८०० माथि उक्लिएर अडिएको छ । कारोबार रकम पनि हिजोको भन्दा बढेको छ । हिजो ५ अर्ब ४३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ७ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१० प्रतिशत अर्थात् २.९५ अङ्कले घटेर २ हजार ८०४.१७ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर १ लाख २१ हजार ४३३ पटक किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँको शेयर किनबेच भएको छ ।५ वटा समूहमा हरियाली छाए पनि ८ वटा समूहमा रातो पोतिएको
इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार १३० रुपैयाँ निर्धारण भएको छ ।
इटहरीः सुनसरी जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि प्रशासनले नियन्त्रणका उपायहरू कडाइका साथ अघि बढाएको जनाएको छ ।सुनसरीका इटहरी, इनरुवा, दुहबी तथा गढी गाउँपालिकाका विभिन्न कुखुरापालन फार्महरूमा बर्ड फ्लु पुष्टि भएसँगै उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रलाई केन्द्र मानेर चार किलोमिटर वरपरको क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।सङ्कटग्रस्त क्षेत्रमा कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तुहरूको ओसारपसारमा बैशाख १४ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रशासनले जिल्लाभित्र र बाहिरबाट यस्ता वस्तु ल्याउन–लै
इटहरी । आज सेयरबजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६४ प्रतिशत अर्थात् १८.१० अङ्कले घटेर २ हजार ८०७.१२ अङ्कमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४७ वटा कम्पनीको ९७ हजार ८०० पटकमा १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको शेयर किनबेच भएको छ ।होटल समूह १.१६ प्रतिशतले बढ्दा बाँकी सबै समूह राताम्य बनेका छन् । अन्य समूह सर्वाधिक १.२७ प्रतिशतले घट्दा विकास बैंक समूह भने स्थिर बनेको छ ।आज सोलु हाईड्रोपावरको सर्वाधिक अर्थात ३७ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा रिलायन्स स्पनिङ मिल्स, नेशनल हाईड्रोपावर, होटल फरेस्ट इन र एसवाई
काठमाडौंः हिमालयन रि इन्स्योरेन्सका चार जना सञ्चालकले राजीनामा दिएका छन् ।कम्पनीका सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाषकुमार झुनझुनवालाले दिएको राजीनामा बैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बताइएको छ ।आगामी वार्षिक साधारण सभासम्मका लागि कम्पनीको सञ्चालकमा कालिका फिन्कोर्प प्रालिको तर्फबाट प्रतिनिधित्व गर्ने दीपककुमार मिश्र र स्वतन्त्र सञ्चालकमा आशिषचन्द्र न्यौपानेलाई नियुक्त गरिएको जनाइएको छ ।
इटहरी । शाखा सञ्जाल विस्तारमा आक्रामक रूपमा अघि बढेको एनआईसी एशिया बैंक पछिल्लो समय भने रणनीतिक मोडमा देखिएको छ । बैंकले देशका विभिन्न महानगर तथा शहरी क्षेत्रमा रहेका आफ्ना ४४ वटा शाखा मर्ज गरेको हो ।मोरङको विराटनगरमा रहेका तीन वटा शाखा नजिकका शाखामा गाभिएका छन् । बैंकका अनुसार विराटनगरका मेन रोड र हाटखोला शाखा विराटनगर शाखामा गाभिएका छन् । त्यस्तै रानी मिल्स एरिया शाखा रोडशेष चोक शाखामा गाभिएको छ ।बैंकको सूचनाअनुसार, काठमाडौं, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लाका शाखाहरू मर्ज गरिएका छन् ।काठमाडौं उपत्यकाका नागपोखरी, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, चाबहिल, नयाँबजार, कपन, ट
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य प्रतितोला ५ हजार १६० रुपैयाँ तोकिएको छ ।
इटहरी । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९९ हजार ७०० सय रुपैयाँ निर्धारण भएको थियो ।चाँदीको भाउ प्रति तोला ५ हजार १९० रूपैयाँ निर्धारण भएको छ ।
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ९५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा किनबेच भइरहको छ ।