आर्थिक

    Showing २१-३० of १,१७० items.
  • नेप्सेमा गिरावट, सबै समूह राताम्य

    इटहरी ।  पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से आज भने दोहोरो अंकले घट्दा सबै सूचक राताम्य भएका छन् ।आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँको १ करोड ५१ लाख १ हजार ५४३ कित्ता शेयर किनबेच भएको छ ।घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको एनएमबी हाइब्रिड फण्

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ४९ पटक पढिएको
  • शेयर बिक्रीमा पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित

    इटहरी ।  सरकारले शेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार अघि सारेको पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरेको हो । सरकारको निर्णयअनुसार अब अल्पकालीन लगानीकर्ताले ३.७५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ ।सोमबार पूँजीगत लाभकरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेपछि नयाँ करको दर औपचारिक रूपमा कार्यान्वयनमा आउने जनाइएको छ ।यसअघि व्यक्तिगत लगानीकर्ताले एक वर्षभित्र बिक्री गरेको शेयरबाट प्राप्त नाफामा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी समय राखेर बिक्री

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १५१ पटक पढिएको
  • बीवाईडीले लञ्च गर्यो ९ मिनेटमै चार्ज हुने नयाँ जेनेरेशनको अटो थ्री कार

    काठमाडौंः विश्वमा सबैभन्दा धेरै इलेक्ट्रिक कार बिक्री गर्ने चिनियाँ कम्पनी बीवाईडीले चिनियाँ बजारमा आफ्नो नयाँ जेनेरेशनको ‘बीवाईडी अटो थ्री इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । पुरानो मोडलको तुलनामा निकै एड्भान्स र शक्तिशाली बनाइएको यो नयाँ पुस्ताको मोडल लामो दूरीसम्म चल्नुका साथै यसमा लक्जरी फिचरहरू र उत्कृष्ट ड्राइभिङ अनुभवका लागि आधुनिक प्रविधिहरू पनि समावेश गरिएको बताइएको छ ।चिनियाँ बजारमा चार भेरियन्टमा उपलब्ध ती कार ३ आफ्नो पुरानो पुस्ताको मोडलभन्दा ठूलो र अझ बढी मस्कुलर देखिने बताइएको छ । यसको लम्बाइ ४ हजार ६६५ मिमी, चौडाइ १ हजार ८९५ मिमी र उचाइ १ हजार ६७५ मिमी रहेको छ । यसमा २ हजार ७७

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ८२ पटक पढिएको
  • घाटामा शेयर बेच्दा पनि लाभकर तिर्नुपर्ने व्यवस्था अन्त्य गरिँदै, लाभकर पनि आधा घटाइँदै

    इटहरी ।  शेयर लगानीकर्ताका लागि खुशीको खबर आउँदैछ । अब शेयर लगानीकर्ताहरूले नोक्सानमा शेयर बेच्दा समायोजन गर्न पाउने भएकाले घाटामा बिक्री हुँदा पनि लाभकर तिर्नुपर्ने व्यवस्था अन्त्य हुने भएको छ ।अर्थ मन्त्रालयले सोमबार जारी गरेको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ अनुसार यस्तो व्यवस्था गर्न लागेको हो ।यस्तो समायोजनका लागि अर्थ मन्त्रालयले अध्ययनसहित लाभकर गणना विधिमा सुधार गर्ने र घाटा भएको अवस्थामा समायोजन गर्न पाउने व्यवस्था भएको छ । यस्तोमा खुद लाभ भएको अवस्थामा मात्रै कर लाग्ने र यो कर अन्तिम हुने समेत बताइएको छ ।अर्थ मन्त्रालयले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ९७ पटक पढिएको
  • तीजको दिन शेयर बजारमा सुधार, कारोबार रकम पनि वृद्धि

    इटहरी । तीजको दिन हिजो साताको पहिलो कारोबार दिन शेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.९९ प्रतिशत अर्थात २५.५५ अंकले बढेर २ हजार ५८५.०४ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३६ वटा स्टकको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर ४९ हजार ७४ पटक किनबेच हुँदा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ रुपैयाँको शेयर किनबेच भएको छ । शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएका १३ वटामध्ये सामुहिक लगानी कोषबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह सर्वाधिक अर्थात् १.६७ प्रतिशतले बढेको छ ।एनआरएन एन्फ्रास्ट्रक्चरको सर्वाधिक २४ करोड ९० लाख ७४ हजार १८७

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ७१ पटक पढिएको
  • सातामा साढे १६ अंक नेप्से बढ्दा लिबर्टीको उच्च मूल्यवृद्धि, सिन्धुको ओरालो यात्रा

    इटहरी । ४ दिन कारोबार हुँदा गत साता नेप्से परिसूचक साढे १६ अंक बढेर बन्द भएको छ । अघिल्लो साता २५४२.७७ विन्दुमा बन्द भएको नेप्से गत साता ०.६६ प्रतिशत अर्थात् १६.७२ अंक बढेर २५५९.४९ विन्दुमा अडिएको हो ।२ दिन घटेको बजार २ दिन बढेको थियो । बढेको बजारमा लिबर्टी इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात् २०.१० प्रतिशत बढेको छ । अघिल्लो साता २१० रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर गत साता २५२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।पियोर इनर्जीको शेयरमूल्य करिब साढे १५ प्रतिशत बढेको छ भने सर्वोत्तम पेन्ट्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ ।सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ३२.७

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १७९ पटक पढिएको
  • मुस्ताङ भन्सारमा पछिल्लो १५ दिनमा दैनिक ३० करोड राजस्व संकलन

    मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गरे । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सा

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ७० पटक पढिएको
  • तीजअघिको सातामा साढे ६ हजार घट्यो सुनको मूल्य

    इटहरी । गहना प्रदर्शन गरिने पर्वको रुपमा परिचित तीजको पूर्वसन्ध्यामा गत साता सुनको मूल्य ६ हजार ४०० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ २० गते शनिबार नेपाली बजारमा सुनको मूल्य ३ लाख ७ हजार ४०० रुपैयाँ रहेकोमा अन्तिम दिन शुक्रबार सुनको मूल्य ६ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा झरेको हो ।महासंघका अनुसार भदौ २१ गते आइतबार अघिल्लो दिनको तुलनामा ३ हजार १०० रुपैयाँले सुनको मूल्य घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । भदौ २२ गते सोमबार पनि सुनको मूल्य २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।भदौ

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ७२ पटक पढिएको
  • नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि दरखास्त आह्वान

    इटहरी ।  नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख पदमा योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ । बोर्डले कार्यकारी प्रमुखको रिक्त पदपूर्तिको लागि सूचना प्रकाशन गरी आवेदन माग गरेको हो ।इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा लगत्तै कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेश गर्न सकिने जनाइएको छ ।उम्मेद्वार हुनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भए

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ९६ पटक पढिएको
  • शुक्रबार झण्डै २८ अंक बढ्यो नेप्से

    इटहरी । हिजो शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१० प्रतिशत अर्थात २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४५ स्टकको ४९ हजार ६ पटकको कारोबारमा १ करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ३६ करोड १ लाख ५९ हजार ४८७ रुपैयाँको शेयर किनबेच भएको हो । बिहीबार ४ अर्ब ९ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात् १.८३ प्रतिशतले बढेको छ ।लिबर्टी इनर्जीको सर्वाधिक ३६ करोड ६६ लाख ५५ हजार १९३ रुपैयाँको शेयर किनबेच हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ म

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ७६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल