इटहरी । सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ ।


 महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य प्रतितोला ३ हजार ७२० रुपैयाँ तोकिएको छ ।