आर्थिक

    Showing ४३१-४४० of १,०५४ items.
  • चैतको पहिलो दिन आज यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पै

    • प्रकाशित मितिः चैत १, २०८२
    • १९० पटक पढिएको
  • विद्युतीय सवारी खरीद गर्नेमा नेपाल विश्वमै दोस्रो स्थानमा

    इटहरी । नेपालले विद्युतीय सवारी साधन (ईभी) को खरीद हिस्सामा विश्वमा दोस्रो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) र एम्बरको तथ्याङ्कअनुसार सन् २०२५ मा नेपालमा नयाँ कार बिक्रीको ७३ प्रतिशत ईभी रहेको छ । नर्वे ९७ प्रतिशतसहित पहिलो स्थान मा हुँदा डेनमार्क ६९ प्रतिशतसहित तेस्रो र स्वीडेन ६१ प्रतिशतसहित चौथो स्थानमा छन् ।नेपालमा सन् २०१९ मा जम्मा ८ प्रतिशत रहेको ईभी बजार हिस्सा ६ वर्षपछि ६५ प्रतिशतबिन्दु बढेर ७३ प्रतिशत पुगेको हो । सरकारले पेट्रोलियम गाडीमा २०० प्रतिशतसम्म कर लगाएर ईभीमा जम्मा १० देखि ८० प्रतिशत (मोटर क्षमताअनुसार) मात्रै भन्सार र एक्साइज राखेको छ । यसले ईभ

    • प्रकाशित मितिः चैत १, २०८२
    • १७५ पटक पढिएको
  • ० दशमलव ०७ प्रतिशत घट्यो चैत महिनाका लागि वाणिज्य बैंकको ब्याजदर

    इटहरी ।  वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि ब्याजदर घटाएको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार बैंकहरूको अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा ० दशमलव ०७ प्रतिशत घटेको छ ।फागुन महिनामा ४.५६ प्रतिशतबिन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा ४.४९ प्रतिशतबिन्दुमा झरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औसत ब्याजदर घट्न पुगेको हो । १४ वाणिज्य बैंकहरुले भने फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् ।बैंकहरूले संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ० दशमलव ०३ प्रतिशतविन्दुले घटाएका छन् ।सबैभन्दा ब

    • प्रकाशित मितिः चैत १, २०८२
    • १८५ पटक पढिएको
  • बुङ्गल हाइड्रोको सामुहिक लगानी कोषतर्फको शेयरको लक इन अवधि भोलि चैत १ गते सकिने

    इटहरी ।  बुङ्गल हाइड्रोको लक इन भोलि समाप्त हुने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सेयरको लक इन अवधि चैत १ गते समाप्त हुन लागेको हो ।कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । जुन आईपीओ गत असोज २ गते बाँडफाँड भएको थियो ।सर्वसाधारणलाई बाँडफाँड भएको मितिले सामुहिक लगानी कोषलाई छुट्टाइएको शेयर ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १७६ पटक पढिएको
  • निर्वाचनपछि सातामा करिब ४ प्रतिशत बढ्यो नेप्से

    इटहरी । यो साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको छ । गत साता २७१२.४९ विन्दुमा बन्द भएको नेप्से यो साता ३.९८ प्रतिशत अर्थात् २८२०.४४ अङ्क बढेर २८२०.४४ बिन्दुमा बन्द भएको छ ।४ कारोबार दिनका लागि खुलेको बजारमा २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो । नेप्से बढेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औसतमा ५ अर्ब ९४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा १२ अर्ब ४४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।१३ वटै उपसमूहको परिसूचक बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक सबैभन्दा कम १.३९ प्र

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • २०३ पटक पढिएको
  • इटहरीमा भोलिदेखि टिभिएस एक्सचेञ्ज मेला, पुरानो बाइक साटेर नयाँ किन्न विशेष अवसर

    इटहरी — इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला भोलि (आइतबार)देखि सुरु हुने भएको छ। जगदम्बा मोटर्स को आयोजनामा इटहरी पश्चिम लाइन, राजस्व ढाँटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्स मा चैत १ गतेदेखि चैत ६ गतेसम्म मेला सञ्चालन हुने जनाइएको छ।मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ। साथै, जुनसुकै ब्रान्डका पुराना मोटरसाइकललाई अनुभवी मूल्याङ्कनकर्तामार्फत उच्च मूल्याङ्कन गरी साटफेरको सुविधा प्रदान गरिनेछ।ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस का मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • ५५४ पटक पढिएको
  • विद्युतीय सवारीको भाडादर घटाउन पहल हुँदै

    इटहरी ।  यातायात व्यवस्था विभागले सार्वजनिक रूपमा चल्ने विद्युतीय सवारी साधनको छुट्टै भाडादर कायम गर्नको लागि भन्दै भाडा समायोजन सम्बन्धी आन्तरिक गृहकार्य शुरु गरेको छ ।सार्वजनिक सवारी साधनको भाडा निर्धारणका लागि बजार अध्ययन गर्ने, सम्बन्धित निकायसँग सहमति लिने, सरोकारवालासँग छलफल गर्नेलगायतका प्रक्रियाहरू शुरु भएको विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।डिजेल–पेट्रोलबाट चल्ने सार्वजनिक यातायातको तुलनामा विद्युतीय सवारीको खर्च कम हुने भन्दै घटाउनको लागि आन्तरिक रूपमा तयारी शुरु भइरहेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । तर, त्यो अध्ययन कहिले सकिन्छ र नयाँ भाडादर कहिलेदेखि कसरी

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १४५ पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १६३ पटक पढिएको
  • बीमा पोलिसी समर्पण गर्नेको सङ्ख्या घट्दै

    काठमाडौंः जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी समर्पण (सरेण्डर) दर घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा क्षेत्रमा पोलिसी सरेण्डर रकम १९.०७ प्रतिशतले कम भएको छ ।गत आर्थिक वर्षको ७ महिनासम्ममा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म १९ प्रतिशतले घटेर ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको पोलिसी मात्रै सरेण्डर भएको छ ।प्राधिधकरणका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५९ हजार ६७२ वटा पोलिसी त्याग भएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ४.५६ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म भने ६२ हजार ५२३ वटा पोल

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • ११७ पटक पढिएको
  • ग्यास अभाव हुने भएपछि आधा मूल्यमा आधा सिलिन्डर मात्रै बिक्री गर्ने आयल निगमको निर्णय

    इटहरी ।  ग्यासको आपूर्तिमा समस्या देखिन थालेपछि नेपाल आयल निगमले बजारमा आधा भरिएको सिलिन्डर मात्रै पठाउने निर्णय गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि प्रतिसिलिन्डर ७.१ केजी एलपी ग्यास मात्रै  शुक्रबारदेखि बिक्री गरिएको हो ।आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ, जुन साविक मूल्यको आधा हो । भरी सलिन्डर बिक्री हुँदा सीमित संख्याका उपभोक्ताले मात्रै ग्यास पाउँथे भने अब आधा भरिएको सिलिन्डर बिक्री गर्दा दोब्बर उपभोक्तालाई पुग्ने भएकाले ग्यासको कृत्रिम अभाव कम हुने आयोगले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १३४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल