आर्थिक

    Showing ४१-५० of १,२७२ items.
  • निजी खर्चमा मेरापिक हिमाल आरोहण गर्ने नेपालकै पहिलो अधिकृत बने पृथ्वीमान लिम्बु

    सोलुखुम्बु -  प्रदेश लेखा इकाई कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख तथा वरिष्ठ लेखा अधिकृत आठौँ तहका पृथ्वीमान लिम्बुले मेरापिक हिमालको सफल आरोहण गरेका छन्। निजी प्रयासमा मेरापिक आरोहण गर्ने नेपालकै पहिलो अधिकृत कर्मचारीका रूपमा उनले यो उपलब्धि हासिल गरेका हुन्।लिम्बु सन् २०२६ अक्टोबर १८ आइतबार बिहान ७:१० बजे ६ हजार ४७० मिटर उचाइको मेरापिक हिमालको चुचुरोमा पुगेका हुन्। उनी बिहान ३:०५ बजे ५ हजार ८०० मिटर उचाइमा रहेको उच्च शिविरबाट आरोहणमा निस्किएका थिए। करिब चार घण्टामा चुचुरो पुगेका उनले आरोहणका लागि व्यक्तिगत रूपमा करिब १० लाख रुपैयाँ खर्च गरेका छन्। आरोहण व्यवस्थापनमा एटलस अल्पाइन एक्सपि

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • १,१७३ पटक पढिएको
  • गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित

    काठमाडौं । सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ आयात र बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ ।बिस्कुट उत्पादनमा मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।भारतीय नियामक निकाय ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ ले अक्टोबर १७ मा जारी गरेको सूचना आधार मान्दै नेपालले यो निर्णय गरेको हो ।भारतमा उपभोक्ताको उजुरीपछि त्यहाँको मानक प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को

    • प्रकाशित मितिः कार्तिक २, २०८३
    • १७४ पटक पढिएको
  • ३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

    इटहरी ।  नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छिन् ।दसैँमा नुवाकोटको एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान किनेकी तामाङको कुपन नम्बर गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको थियो ।विभागले असोज १६ देखि ३१ गतेसम्मका दैनिक विजेतासमेत छनोट गरेको छ । उनीहरूले कात्तिक १५ गतेभित्र सक्कल बिलसहित कर्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने जनाइएको छ । उनीहरुले कर कट्टी गरेर १ लाख रुपैयाँ पाउनेछन् ।काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको

    • प्रकाशित मितिः कार्तिक २, २०८३
    • २०८ पटक पढिएको
  • कात्तिकमा पनि घट्यो औसत ब्याजदर, १३ वटाको स्थिर, एउटाले बढाउँदा बाँकी ६ ले घटाए

    इटहरी । नेपालका २० वटा वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् ।बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र कर्जा प्रवाहमा सुस्तता आएका कारण असोजको तुलनामा कात्तिक महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ ।कात्तिक महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशतविन्दुबाट ०.०७६५ प्रतिशतविन्दुले घटेर ४.०१३ प्रतिशतविन्दुमा झरेको छ ।संस्थागत निक्षेपको औसत ब्याजदर पनि असोजको ३.०६६५ प्रतिशतविन्दुबाट ०.०६३५ प्रतिशतविन्दुले घटेर ३.००३ प्रतिशतविन्दु कायम भएको छ ।कात्तिक महिनामा नेपाल इन्भेष्टमेन्ट

    • प्रकाशित मितिः कार्तिक १, २०८३
    • १६८ पटक पढिएको
  • ९ दिनपछि शेयर बजार कात्तिक ९ गते मात्रै खुल्ने

    इटहरी । अब नेपालको शेयर बजार ९ दिनपछि कात्तिक ९ गतेमात्रै खुल्नेछ । बडादशैंका अवसरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार ९ दिन सेयर कारोबार बन्द हुने भएको हो । असोज ३१ गते फूलपातीदेखि बन्द हुने सेयर बजार कात्तिक ९ गते सोमबारदेखि मात्रै पुनः सञ्चालनमा आउनेछ । दशैं बिदा र नियमित साप्ताहिक बिदा परेकाले शेयर बजार लामो समय बन्द रहने भएको हो ।असोज ३१ गते शनिबार फूलपातीदेखि कात्तिक ६ गतेसम्म दशैं बिदा छ । ७ गते शनिबार र ८ गते आइतबार साप्ताहिक बिदा परेकाले कात्तिक ९ गते सोमबारदेखि शेयर बजार खुल्नेछ ।

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १३८ पटक पढिएको
  • इटहरीमा ‘मकालु अर्गानिक मार्केट’ शुरु

    इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय पछाडि कुबेर चोक नजिकै ‘मकालु अर्गानिक मार्केट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।चर्चित हास्यकलाकार ‘फुलन्देकी आमा’ अर्थात् उमेश राईले रिबन काटेर मार्केटको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै कलाकार राईले मकालु अर्गानिक मार्केटको सफलताको शुभकामना व्यक्त गरे ।मार्केटका सञ्चालक भोगेन्द्र याम्फु राईका अनुसार मार्केटमा विशेषगरी पहाडी तथा हिमाली भेगमा पाइने मौलिक र अर्गानिक खाद्यवस्तु उपलब्ध गराइनेछ । उपभोक्तालाई स्वस्थकर, गुणस्तरीय र स्थानीय स्वादका खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउनु मार्केटको मुख्य उद्देश्य रहेको उनले बताए ।‘मकालुदेखि विश

    • प्रकाशित मितिः असोज २९, २०८३
    • १९२ पटक पढिएको
  • तीनजुरे सहकारीको २० औँ वार्षिक साधारणसभा सम्पन्न

    विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा रहेको तीनजुरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको साधारणसभामा संस्थाका अध्यक्ष दीपक गौतमले सहकारीको उद्देश्य, गतिविधि र भावी योजनाबारे जानकारी दिनुभएको थियो । तेह्रथुमबाट बसाइँ सरेर सुन्दरहरैंचा र बेलबारी क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिबीच भेटघाट, चिनजान र भाइचाराको सम्बन्ध विस्तार गर्न सहकारीले भूमिका खेलेको उहाँको भनाइ थियो ।साधारणसभामा संस्थाको सञ्चालक समितिका सचिव परशुराम खतिवडाले सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८२\८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक

    • प्रकाशित मितिः असोज २९, २०८३
    • १६६ पटक पढिएको
  • सवा २१ अंक चढ्यो शेयर बजार

    इटहरी । बुधबार शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा अडिएको छ ।  नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर ३९ हजार १८३ पटक किनबेच हुँदा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँको शेयर कारोबार भएको छ ।  सबै समूहमा हरियाली छाउँदा बैंकिङ समूह सर्वाधिक अर्थात् १.४५ प्रतिशतले बढेको  छ । विकास बैंक समूह १.१९ प्रतिशत र निर्जीवन बीमा समूह १.२० प्रतिशत बढेको छ । बाँकी समूह १ प्रतिशतभन्दा कम बढेका छन् ।   बढेको बजारमा सर्वाधिक कमाउनेमा एसबीएल डिबेञ्चर रहेको छ । यो ऋणपत्रको मूल्य १३.२१ प्रति

    • प्रकाशित मितिः असोज २८, २०८३
    • १२० पटक पढिएको
  • निजी क्षेत्रको आग्रह, ‘दोहोरो कर खारेजी होस्’

    विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशले सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउन, संविधानप्रदत्त निर्वाध व्यापारको अधिकार सुनिश्चित गर्न र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा साझा नीति तय गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई आग्रह गरेको छ ।विराटनगरमा आयोजित ‘मुख्यमन्त्री सम्मेलन’ अन्तर्गत निजी क्षेत्रसँगको छलफल कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले धारणा राख्दै एक प्रदेशमा तिरेको कर रसिद सबै प्रदेशमा मान्य हुनुपर्ने माग गरे ।नेपालको संविधानको धारा २३६ ले एक प्रदेश वा स्थानीय तहबाट अर्कोमा हुने वस्तु तथा सेवाको ओसारपसारमा कर, शुल्क वा अवरोध गर्न निषेध गरे

    • प्रकाशित मितिः असोज २८, २०८३
    • १८५ पटक पढिएको
  • विराटनगरका उद्योगी भन्छन्, ‘सातै प्रदेशबीच आर्थिक सहकार्य आवश्यक’

    विराटनगरः अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी हुन विराटनगर आएका छ प्रदेशका मुख्यमन्त्रीसँग यहाँका उद्योगी व्यवसायीले भेटघाट गरी औद्योगिक तथा व्यावसायिक क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका छन् ।मंगलबार साँझ भएको भेटघाटमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्थाका पदाधिकारी तथा उद्योगी व्यवसायीले उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र प्रदेशहरूबीच आर्थिक सहकार्य विस्तार गर्नुपर्ने विषय उठाएका थिए ।उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार प्रदेशको आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र निर्यात प

    • प्रकाशित मितिः असोज २८, २०८३
    • १२६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल