इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५० स्टकको ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ५३ हजार १५३ पटक किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटै समूहमा रातो पोतिँदा जलविद्युत समूह सर्वाधिक अर्थात १.१९ प्रतिशत घटेको छ ।आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक १२ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।बजार घटे पनि सर्वोत्तम पेन्ट्सको शेयरमूल्य आज पनि १५ प्रतिशत बढेको छ । धौलागिरी लघुवित्तको शेयरमूल्य ११.९८ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ९.१४ र
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा नेपाली उत्पादनका जुत्ताचप्पल मात्र बिक्री गर्ने उद्देश्यले ‘नेपाली जुत्ताघर’ सञ्चालनमा आएको छ ।सो जुत्ताघरमा स्वदेशी ७ वटा ब्रान्डका जुत्ताचप्पल उपलब्ध रहेको बताइएको छ । १ हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल १०० रुपैयाँदेखि ४ हजार रुपैयाँसम्ममा पाइने सञ्चालक मातृका नेपालले बताउनुभयो ।नेपाली जुत्ताघरले यसअघि इटहरीमा शाखा सञ्चालनमा ल्याएको थियो । सो जुत्ताघरमा रन सुज, फस्ट वाक सुज, बीएफ डियर हिल सुज, स्मार्ट सुज, सुल्याण्ड, गोल्डस्टार र क्यापिटल ब्राण्डका जुत्ताचप्पल बिक्रीका लागि राखिएको सञ्चालक नेपालले जानकारी दिनुभयो ।हप्तामा सातै दिन खुला
इटहरी । आज पनि बजार खुलेदेखि नै नेपाली शेयर बजारमा बिक्री चाप देखिएको छ । जसका कारण २ घण्टामा १२ अंकले बजार घटेको छ ।सो अवधिमा १ अर्ब १५ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै साहस ऊर्जाको ४ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार हुनेमा सोलु हाइड्रोपावर र माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड रहेका छन् ।नेप्से सूचक २६०६ को आसपासमा रहेर शेयर किनबेच भइरहेको छ । सूचक घटेको बजारमा सर्वाेत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढेको छ ।पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशत घटेको छ ।
इटहरी । आज पनि सुनको मूल्य बढेको छ । चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँ बढ्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
इटहरी । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार ती परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।स्वीकृत परियोजनामध्ये सबैभन्दा धेरै सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्रमा छन् । आईसीटीतर्फ १२८ वटा परियोजना स्वीकृत भएका छन् । जसमा ५६ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको प्रतिवेदनमा उल्लेख छ ।पर्यटन क्षेत्रमा ३३ वटा परियोजना स्वीकृत भएका छन् । यस क्षेत्रमा १ अर्ब
इटहरी - टीभीएसले इटहरीमा ग्राहकलाई लक्षित गर्दै ‘अचम्मैको डिल’ विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सकिनेछ।जगदम्बा मोटर्सअन्तर्गत इटहरीस्थित पारस अटोमोबाइल्सले सञ्चालन गरेको योजनामा पुराना सवारीसाधनको उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा उपलब्ध गराइने जनाइएको छ।योजनाअन्तर्गत किस्ता सुविधा दैनिक रु. १२४ बाट सुरु हुने तथा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट उपलब्ध गराइनेछ।भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने योजनामा टीभीएसका विभिन्न मोटरसाइकल तथा स्कुटर समावेश गरिएको छ। योजनाले
विराटचोकः आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ रहेको छ ।चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौंः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय केवल आय, रोजगारी र राजस्व सङ्कलनको पाटो मात्र नभई यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको विषयसमेत भएको उल्लेख गरे । उनले गाँजा खेतीका सम्बन्धमा विज्ञहरूबाट हुने अध्ययन र निष्कर्षका आधारमा कानुन निर्माण गरी
इटहरीः इटहरी–६, धरान लाइनमा रहेको गजुरमुखी ज्वेलर्सले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ । शनिबार ज्वेलर्स परिसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ इटहरीका निवर्तमान अध्यक्ष जीवन पराजुलीको प्रमुख आतिथ्यमा केक काटेर वार्षिकोत्सव मनाइएको हो ।कार्यक्रममा सहभागीहरूले गजुरमुखी ज्वेलर्सलाई वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा थप सफलताको कामना गरेका थिए । वार्षिकोत्सवको अवसरमा ज्वेलर्सले ग्राहकलाई लक्षित गर्दै ‘मालामाल अफर’ समेत सार्वजनिक गरेको छ ।ज्वेलर्सका सञ्चालक राकेश श्रेष्ठका अनुसार भदौ महिनाभरि सुनका गहना खरिद गर्ने ग्राहकलाई ज्यालामा शतप्रतिशत छुट प्रदा
इटहरी । यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६४३.८३ विन्दुमा बन्द भएको नेप्से यो साता ०.९५ प्रतिशत अर्थात् २५.११ अङ्क घटेर २६१८.७२ बिन्दुमा बन्द भएको छ ।पाँच कारोबार दिनका लागि बजार खुल्दा चार कारोबार दिन नेप्से नकारात्मक रहेको थियो । नेप्से घटे पनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औसतमा ३ अर्ब ८६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औसतमा ४ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।१३ उपसमूहमध्ये यो साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक ०.४१ प्रतिशत र उत्पादन तथा