आर्थिक

    Showing ८१-९० of १,२७२ items.
  • सोमबार पनि घट्यो शेयर बजार, खुम्चियो कारोबार रकम पनि

    इटहरीः हिजो सोमबार नेप्से परिसुचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ९० लाख ३ हाजर ३८८ कित्ता शेयर ४४ हजार ७७७ पटक किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  घलेम्दी हाइड्रोको सर्वाधिक २२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट, शिवम् सिमेण्ट्स, हिमालय डिस्टिलरी र पिपुल्स पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् । व्यापार समूह ०.३३ प्रतिशतले बढेबाहेक बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक घट्ने लगानी समूह १.०७ प्रतिशतले घटेको छ । बैंकिङ समूह ०.७१ प्रतिशत, विकास बैंक समूह ०.५४ प्

    • प्रकाशित मितिः असोज २०, २०८३
    • ३४१ पटक पढिएको
  • असोजको पहिलो पाक्षिकको करदाता प्रोत्साहन कार्यक्रमका विजेताको नाम सार्वजनिक

    काठमाडौं । सरकारले असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई नगद उपहार जित्न सफल करदाताको नाम सार्वजनिक गरेको छ ।कार्यक्रमको चिट्टा १६ असोजमा खोलिएको थियो । यस पटक १० लाख नगद विजेता लालबाबु साह कानुल जित्नुभएको छ । उहाँले २१ हजारको सामान किन्दा सो पुरस्कार जित्नुभएको हो । यसप्रकार छन् १५ दिनका विजेताहरु कुमारी द्रोपदी भाट, खुश्बु गुरुङ\प्रकाश राई, दिनेशकुमार चौधरी, प्रेमप्रसाद सापकोटा, अप्सरा बस्नेत थापा, सुवास चौहान, इश्वरी कार्की, संगिताकुमारी खतिवडा, राजेश शर्मा, अमिर सादुला, जेनकुमार तामाङ र सन्तो

    • प्रकाशित मितिः असोज १९, २०८३
    • ९६ पटक पढिएको
  • २ घण्टामा १ अर्ब २१ करोड रुपैयाँको शेयर किनबेच, बजार घट्यो साढे १३ अंक

    इटहरी । आज बजार खुलेदेखि नै शेयर बजार नकारात्मक देखिएको छ । प्रि ओपनदेखि नै घटेको बजार कारोबार हुने आधा समय बित्दा पनि हरियो हुन नसकेको हो । दुई घण्टाको अवधिमा बजार साढे १३ अंक घटेर २५७४ को आसापासमा रहेर कारोबार भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार २ घण्टाको अवधिमा १ अर्ब २१ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको ११ करोड २१ लाख ११ हजार रुपैयाँको शेयर किनबेच भएको छ । घटेको बजारमा सामुहिक लगानी कोष र डिबेञ्चर उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् । सिन्धु विकास बैंकको सर्वाधिक ४ दशमलव ८९ प्रतिशत शेयरमूल्य घटेको छ । 

    • प्रकाशित मितिः असोज १९, २०८३
    • ११२ पटक पढिएको
  • सुनको मूल्य ४०० रुपैयाँ घटे पनि चाँदीको बढ्यो तोलामा ४० रुपैयाँ

     विराटचोकः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४३० रुपैयाँ तोकिएको छ । 

    • प्रकाशित मितिः असोज १९, २०८३
    • १३० पटक पढिएको
  • सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से

    इटहरी ।  गत साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ । अघिल्लो साता २६२९.८१ विन्दुमा बन्द भएको नेप्से गत साता १.६२ प्रतिशत अर्थात् ४२.५६ अंक घटेर २५८७.२५ विन्दुमा बन्द भएको हो ।पाँच कारोबार दिनका लागि बजार खुल्दा एक दिन नेप्से बढेको थियो बाँकी चार दिन घटेको थियो ।गत साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ६ अर्ब २८ करोड रुपैयाँको शेयर किनबचे भएकोमा गत साता दैनिक औसतमा ४ अर्ब ७९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।गत साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत घटेको छ । अंकका आधारमा भने जीवन

    • प्रकाशित मितिः असोज १९, २०८३
    • ८८ पटक पढिएको
  • आजदेखि विश्व लगानीकर्ता सप्ताह, नेपालमा केके हुँदैछन् कार्यक्रम

    इटहरी । असोज १९ गतेदेखि विश्व लगानीकर्ता सप्ताह हुँदैछ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा असोज १९ देखि २५ गतेसम्म देशका विभिन्न स्थानमा लगानीकर्ता शिक्षा तथा सचेतना केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।१९ गते प्रभातफेरी, सचेतना र पोडकास्टधितोपत्र बोर्डले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार असोज १९ गते विराटनगर, पोखरा र सुर्खेतमा प्रभातफेरी कार्यक्रम आयोजना हुने भएको छ । सो कार्यक्रमको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई दिइएको छ । प्रभातफेरी साधारण लगानीकर्ता लक्षित हुने बोर्डले जनाएको छ ।सोही दिन विराटनगर र पोखरा

    • प्रकाशित मितिः असोज १९, २०८३
    • १३८ पटक पढिएको
  • हातेमालो बहुउद्देश्यीय सहकारीले मनायो रजत जयन्ती

    विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, खोर्सानेस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औँ स्थापना दिवस अर्थात् रजत जयन्ती मनाएको छ ।विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाइएको रजत जयन्ती शुक्रबार इन्द्रपुर जेसीजको सभाहलमा साधारणसभा तथा समापन कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो । कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अर्जुन बस्नेतलगायतको उपस्थिति थियो ।कार्यक्रममा अध्यक्ष हेमराज सुवेदीले सहकारीले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यलाई आर्थिक रूपमा सचेत, सक्ष

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १२४ पटक पढिएको
  • झण्डै १२ अंक झर्याे शेयर बजार

    इटहरी । आज नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा अडिएको छ ।  नेप्सेमा सूचीकृत ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सामुहिक लगानी कोष ०.२० प्रतिशत बढेको छ भने बाँकी सबै समूहका सूचक ओरालो लागेका छन् । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूह आज ०.७३ प्रतिशत घटेको छ ।  बजार घटे पनि एनएमबि डिबेञ्चर डिबेञ्चरको मूल्य १४.२९ प्रतिशत बढेको छ । एबीएल डिबेञ्चरको ८.८० प्रतिशत, माण्डू हाइड्रोको ५.४५ प्रतिशत, लक्ष्मी उन्नती कोषको ४.६२ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ३.९७ प्रतिशत, ए

    • प्रकाशित मितिः असोज १६, २०८३
    • २४६ पटक पढिएको
  • वराहक्षेत्रमा बजार अनुगमन, म्याद नाघेका वस्तु नष्ट गरी व्यापारीलाई तिराइयो जरिवाना

    इटहरी । वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका पसलमा बजार अनुगमन गरेको छ  ।खाद्यवस्तुको मूल्यमा एकरूपता नभएको तथा म्याद नाघेका सामग्री बिक्री हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले नियमित बजार अनुगमन कार्यक्रमअन्तर्गत चाडबाडलक्षित अनुगमन गरेको हो । नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीका अनुसार बजारबाट उपभोक्ताले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यमा एकरूपता, कानुनी प्रमाणपत्र, ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला लगायतका विषयलाई केन्द्रित गरी बराहक्षेत्र नगरपालिका–९ राजावास बजार र वडा नम्बर ११ को मधुवन क्षेत्रमा रहेका पसलमा अनुगमन गरिएको हो ।अनुगमन टोलीले बजारमा रहेका किर

    • प्रकाशित मितिः असोज १६, २०८३
    • १०३ पटक पढिएको
  • चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    इटहरी । आज चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले आगामी सोमबार अर्थात असोज १९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    • प्रकाशित मितिः असोज १६, २०८३
    • १२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल