आर्थिक

    Showing ९७१-९८० of १,२७२ items.
  • सातामा साढे ५ प्रतिशत बढ्यो नेप्से

     इटहरी । चार दिन कारोबार भएको यो साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेर बन्द भएको छ । गत साता २५११ दशमलव ९१ विन्दुमा बन्द भएको नेप्से यो साता ५ दशमलव ५८ प्रतिशत अर्थात् १४० दशमलव ०९ अङ्क बढेर २६५२ बिन्दुमा पुगेको छ ।यो साता २ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो । नेप्सेसँगै यो साता कारोबार रकम पनि बढेको छ । यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ५ प्रतिशत बढेको छ ।१३ वटा उपसमूहमध्ये यो साता निर्जीवन बीमा समूहको सूचकबाहेक बाँकी १२ उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १० दशमलव ३१ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक २ दशमल

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ६२६ पटक पढिएको
  • चाडपर्वलाई लक्षित गरेर सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा शान्ति–सुरक्षाबारे छलफल

    इटहरी ।  सुन्दरहरैँचा उद्योग वाणिज्य संघले चार्डपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई भयरहित वातावरणमा व्यापार–व्यवसाय गर्न सहयोग पु¥याउन यो छलफल आयोजना गरिएको संघका अध्यक्ष नारायण कार्कीले बताए । कार्यक्रममा सरोकारवाला व्यक्तिहरूले शान्तिपूर्ण ढंगले कसरी सुरक्षित रूपमा व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विगतका वर्षमा पनि यस्ता छलफल हुने गरेकामा यस वर्ष अझै बढी महत्त्वका साथ आयोजना गरिएको हो । सुनचाँदी पसल, उद्योग–व्यापार गर्नेहरूलाई भयरहित व्यापारिक वातावरण सुनिश्चित गर्न सुरक्षा निकाय

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ४८८ पटक पढिएको
  • शेयर बजारमा बुधबार गिरावट

     शेयर बजार बुधबार १ दशमलव ०३ प्रतिशतले झरेको छ । दशैं नजिकिएकाले खर्चको जोहो गर्न लगानीकर्ताले बिक्री चाप बढाएको अनुमान गरिएको छ । बुधबार नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात २७.८९ अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा बन्द भएको छ । नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर किनबेच भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये होटल समूह र सामुहिक लगानी कोष समूहबाहेक सबै समूहमा रातो पोतिएको छ । अन्य समूह सर्वाधिक अर्थात् २.१६ प्रतिशतले घटेको छ ।बुधबार युनियन हाइड्रोपावरको सर्वाधिक २२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बजार घटे पनि आज माथिल्लो मैलुङखोला जलविद्

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ४७३ पटक पढिएको
  • सुनको भाउ तोलाको २ लाख २३ हजार र चाँदीको २७०० रुपैयाँ

    इटहरी ।  आज लगातार सुन र चाँदीको भाउले उच्च मूल्यको नयाँ रेकर्ड बनाएका छन् । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ तोलाको २ हजार ७०० रुपैयाँ पुगेको छ ।हिजो सुुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ३८३ पटक पढिएको
  • अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड

    इटहरी ।  आज अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस अघि गत भदौ २७ गते डलरको मूल्य हालसम्मकै उच्च हुँदा बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेको थियो ।आज डलरको बिक्रीमूल्य १४२ रुपैयाँ ३२ पैसा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आज डलरको खरिददर भने १४१ रुपैयाँ ७२ पैसा रहेको छ ।आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। आज स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैय

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ३८७ पटक पढिएको
  • उद्योगी राजेन्द्र राउतद्वारा जिल्ला प्रशासन कार्यालय मोरङलाई कम्प्युटर तथा अन्य सहयोग

    विराटनगर  - प्रतिष्ठित उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्प्युटर सहयोग गरेका छन्।भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा आगजनी र तोडफोड गरेको थियो। सो क्रममा प्रशासन भवनको संरचना मात्र नभई कार्यालयका अधिकांश महत्वपूर्ण कागजात, उपकरण तथा सामग्री जलेर खरानी बनेका थिए। भवन पूर्णरूपमा क्षतिग्रस्त हुँदा दैनिक प्रशासनिक सेवा प्रभावित भई सेवाग्राहीलाई अत्यन्त कठिनाइ भएको थियो।यस्तै परिस्थितिमा सेवा सहज बनाउन उद्यमी राउतले आफ्नो पहलमा १० वटा कम्प्युटर उपलब्ध गराएका ह

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ५६४ पटक पढिएको
  • जेन जी आन्दोलनमा आगजनी भएको नेपालीरिका होटलका कर्मचारीको रोजागारी नगुम्ने, दशैं बोनस पाउने

    इटहरी । भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा ठूलो क्षति भएको सुन्दरहरैंचाको नेपालीरिका होटलले आफ्ना सबै कर्मचारीको रोजगारी सुरक्षित रहेको जनाएको छ । सबै कर्मचारीले दशैं बोनस पनि पाउने होटलले जनाएको छ ।  आगजनीको समयमा पाहुनालाई सुरक्षित राख्न सहयोग गर्ने कर्मचारीलाई पुरस्कृत पनि गरिने होटलले जनाएको छ । होटल सञ्चालक समितिका अध्यक्ष भोलेश्वर दुलालका अनुसार जेन जी आन्दोलनका क्रममा भदौ २४ गते होटलको संरचनामा ठूलो क्षति पुगेको थियो । आगजनीको समयमा आफ्नो ज्यानलाई जोखिममा राखी होटलमा आएका पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गर्ने तथा सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने सम्पूर्ण

    • प्रकाशित मितिः असोज ३, २०८२
    • २६१ पटक पढिएको
  • लामो रस्साकस्सीपछि धरान कार्यपालिकाबाट दुई अर्ब २० करोडको बजेट तथा नीति कार्यक्रम पारित

    धरान । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्दै यही असोज ४ गते नगरसभामा अनुमोदनका लागि प्रस्तुत गरिने भएको छ ।धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष तथा नगर प्रवक्ता सूर्यप्रसाद भट्टराई (मनोज)का अनुसार कार्यपालिका बैठकले दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको कुल बजेट साथै नीति तथा कार्यक्रम पनि बैठकबाट पारित गरिएको छ ।यसअघि गत भदौ २६ गते नगरसभा गर्ने तय भए पनि जेनजी आन्दोलनका क्रममा धरानमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण कार्यक्रम स्थगित गरिएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको बज

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ३४५ पटक पढिएको
  • साउनको राजस्व विवरण बुझाउने समय एक महिना थप

    इटहरी । सरकारले जेन जी आन्दोलनका कारण असहज परिस्थिति भएको भन्दै साउन महिनाको राजस्व विवरण बुझाउने समय एक महिना थपेको छ । अर्थमन्त्री रामेश्वर खनालले व्यवसायीले बुझाउनुपर्ने साउनको राजस्व विवरण असोज २५ गतेसम्म बुझाउँदा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था गर्न मङ्गलबार मन्त्रीस्तरीय निर्णय भएको बताएका छन् ।   भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनका कारण धेरै व्यवसायीमा प्रभाव परेकाले उनीहरूलाई केही राहत स्वरुप यो व्यवस्था गरिएको बताइएको छ ।एक महिना समय थपिएको जानकारी सबै आन्तरिक राजस्व कार्यालयहरूमा पत्राचारमार्फत् गरिसकिएको छ ।अब साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ४६२ पटक पढिएको
  • आज पनि सुनचाँदीको भाउमा गिरावट

    इटहरी । सुनचाँदीको भाउले आज पनि गिरावटलाई निरन्तरता दिएको छ । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५२० रुपैयाँ निर्धारण भएको छ । बुधबार सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको थियो । अघिल्लो महिना हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनचाँदीको भाउ त्यसपछि घटिरहेको छ । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • ४१९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल