खेलकुद

    Showing १०१-११० of ५७३ items.
  • असार १५ मा ‘रन सुन्दरहरैंचा’ आयोजना हुने

    विराटचोकः ‘हिँडौँ समृद्धिका लागि’ भन्ने नारासहित मोरङको सुन्दरहरैँचामा ‘रन सुन्दरहरैंचा’ कार्यक्रम आयोजना हुने भएको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा अब सुत्दैन सुन्दरहरैंचाः अब जागौँ, केही गरौँ यो देशमा’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा स्वास्थ्य, सामाजिक एकता, उज्ज्वल भविष्य र समृद्ध नेपालको अभियानलाई जोड दिइएको जनाइएको छ ।कार्यक्रममा सहभागी हुन चाहनेका लागि दर्ता शुल्क १०० रुपैयाँ तोकिएको छ । सो शुल्कमा टी–सर्ट समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।नाम दर्ता गराएका सहभागीका लागि असार १५ गते बिहान विराटचोकदेखि हरैंचासम्म दौड सञ्चालन गरिने आयोजकले जनाएको छ ।सहभागीले न

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • २६६ पटक पढिएको
  • आयोजक सुन्दरहरैंचा नगरपालिका बाहिरियो मेयर गोल्डकपको प्रतिष्पर्धाबाट

    विराटचोकः जेठ १६ गतेदेखि शुरु भएको चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको क्वाटर फाइनल खेलमा पराजित भएसँगै आयोजक सुन्दरहरैंचा नगरपालिका प्रतियोगिताबाट बाहिरिएको छ ।हिजो शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतिष्पर्धामा उदयपुरको बेलका नगरपालिकाले आयोजक सुन्दरहरैंचा नगरपालिकालाई घरेलु खेलमैदानमा ४–१ गोल अन्तरले पराजित गरेको हो ।खेलको मध्यान्तर अघि ३–१ को अवस्थामा रहेको बेलकाले मध्यान्तरपछि थप १ गोल गरेको थियो । खेलमा बेलकाका जर्सी नम्बर ९ का खेलाडी हिमाल मगरले ह्याट्रिक गरेका थिए ।आज तेस्रो क्वाटर फाइनल खेल मोरङको केराबारी गाउँपालिका र झापाको शिवसताक्षी नगरपालिकाबीच दिउँसो ३ बजे शुक्रबारे खेलमैदानमा शुरु हु

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • १६६ पटक पढिएको
  • चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उद्घाटन खेलबाट सेमीफाइनलमा पुग्यो बेलबारी नगरपालिका

    विराटचोकः हिजोदेखि शुरु भएको चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी हुँदै सेमीफाइनलमा पुगेको छ ।खेलमा बेलबारीले पथरीशनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको मध्यान्तरअघि बेलबारीका लागि विल्सन गिरी र अश्विन गौतमले एक–एक गोल गरे भने पथरी शनिश्चरेका सउरे राउतले एक गोल फर्काएका थिए ।मध्यान्तरपछि भने कुनै पनि टिमले गोल गर्न सकेनन् । खेलको म्यान अफ द म्याच बेलबारी नगरपालिकाका खेलाडी घोषित हुँदै नगद ४ हजार रुपैयाँ प्राप्त गरे ।कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रमुख अतिथिको आसनबाट प्रतियोगिताको उद्घाटन गर्दै ग्रासरुट फुटबल

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • १८५ पटक पढिएको
  • भोलिदेखि कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    इटहरी — कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि जेठ १७ गतेदेखि इटहरीस्थित प्रादेशिक रङ्गशालामा सुरु हुने भएको छ।प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिब १ हजार ७ सय खेलाडी तथा खेल पदाधिकारीको सहभागिता रहने जनाइएको छ। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दोलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने छ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।प्रदेशमा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिए

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • ४४८ पटक पढिएको
  • भोलिदेखि चौथो सुन्दरहरैंचा मेयर गोल्डकप हुने

    इटहरी । भोलि जेठ १६ गतेदेखि सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा चौथो सुन्दरहरैंचा मेयर गोल्डकप हुने भएको छ ।सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा भोलि मोरङका बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच दिउँसो ३ बजे प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।आयोजक सुन्दरहरैंचा नगरपालिकाले जेठ १७ गते बेलका नगरपालिका उदयपुरसँग प्रतिष्पर्धा गर्ने भएको छ ।जेठ १८ गते दिउँसो ३ बजे मोरङको केराबारी गाउँपालिका र झापाको शिवसताक्षी नगरपालिकाबीच दिउँसो ३ बजे खेल हुने भएको छ ।जेठ १९ गते दिउँसो ३ बजे मोरङको लेटाङ नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालि

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १२७ पटक पढिएको
  • कोशी प्रदेशस्तरीय महिला भलिबलको उपाधि जितेको टोलीलाई लेटाङ नगरपालिकाद्वारा सम्मान

    लेटाङः कोशी प्रदेशस्तरीय “छौखा साकेन्वा रनिङ शिल्ड महिला तथा पुरुष पालिका भलिबल प्रतियोगिता” मा ऐतिहासिक सफलता हासिल गर्दै महिलातर्फको उपाधि जित्न सफल लेटाङको महिला भलिबल टिमलाई लेटाङ नगरपालिकाले सम्मान गरेको छ ।प्रतियोगिताको फाइनलमा आयोजक आमचोकलाई पराजित गर्दै लेटाङले नगद २ लाख रुपैयाँ पुरस्कार जितेको हो ।विजेता टोलीलाई सोमबार आयोजित सम्मान कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख तथा खेलकुद विकास समिति संयोजक कृष्णकुमारी निरौलाले सम्मान गर्दै महिला खेलाडीहरूको उपलब्धि प्रशंसा गर्नुभयो । प्रतियोगिताको फाइनलमा व्यक्तिगत स्तरमा लीला लिम्बू उत्कृष्ट खेलाडी घोषित भइन् भने स्मृति राई उत्कृष्ट डिफेन्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १८५ पटक पढिएको
  • साफ महिला च्याम्पियनसीपमा भुटानलाई पराजित गर्दै नेपालले जोड्यो ३ अंक

    काठमाडौंः संघर्षपूर्ण जीतसहित साफ महिला च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ ।हिजो जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा भुटानलाई १–० ले हराएसँगै समूह ‘ए’मा रहेको नेपालले ३ अंक जोड्दै सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ ।

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • २३५ पटक पढिएको
  • माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुग्यो काभा महिला भलिबल च्याम्पियनसिपको सेमीफाइनलमा

    काठमाडौंः हिजो भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमीफाइनलमा प्रवेश गरेको छ ।समूह ए को पहिलो खेलमा भारतसँग पाँच सेटमा पुगेर पारजित भए पनि त्यसपछि लगातार कीर्गिस्तान र माल्दिभ्सलाई पराजित गरेपछि समूह ‘ए’बाट सेमीफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको हो ।नेपालले शनिबार कीर्गिस्तानलाई ३–० को सेटमा हराएको थियो । माल्दिभ्सलाई पनि ३–० कै सोझो सेटमा पराजित गरेसँगै नेपाल ७ अंकसहित सेमीफाइनलमा पुगेको हो ।दशरथ रंगशाला कभर्डहलमा भएको समूह ए को आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५–१२, २५–९, २५–२० ले पराजित गरेको हो ।खेलमा नेपालकी कप्तान निरुता ठगुन्न

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १८७ पटक पढिएको
  • चौथो सुन्दरहरैंचा मेयर गोल्डकप जेठ १६ गतेदेखि हुने

    विराटचोकः यही जेठ १६ गतेदेखि चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ हुने भएको छ ।सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेल मैदानमा आयोजना हुने भएको छ । प्रतियोगितामा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बेलका नगरपालिका, लेटाङ नगरपालिका, केराबारी गाउँपालिका, शिवसताक्षी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका तथा आयोजक सुन्दरहरैंचा नगरपालिका सहभागी हुने भएका छन् ।प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे धरान उपमहानगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच हुने भएको छ ।आयोजक सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिकाबीच जेठ १७ गते प

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १९९ पटक पढिएको
  • एभीएम टिम टेबलटेनिस प्रतियोगिताका विजेतालाई पुरस्कृत

    काठमाडौंः राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार र सल्लाहकार राजु सिंहले एभीएम टिम टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको छ ।एभीएम टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगितामा आयोजक क्लबका सदस्यबीच प्रतिस्पर्धा भएको थियो ।सोही अवसरमा अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा यही जेठ १४ गतेदेखि शुरु हुने ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने एभीएम क्लबका खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ पनि गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १८० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल