इटहरी । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसबेला विश्वकप खेलेका खेलाडी सोमपाल कामी हालसम्म पनि खेलिरहने एकमात्र खेलाडी हुन् ।सोमपालसँगै त्यसबेला विश्वकप खेलेका कप्तान पारस खड्का हाल नेपाली क्रिकेटको अभिभावक संस्था क्यानमा सचिवका रूपमा छन् । त्यसबेलाका उपकप्तान ज्ञानेन्द्र मल्ल केही समय अघिसम्म सहायक प्रशिक्षकका रूपमा थिए ।नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई पराजित गरे पनि बंगलादेशसँग पराजित भएपछि अगाडिको यात्रा रोकिएको थियो । बंगलादेश हङकङसँग पराजित भए पनि नेपालसँग अङ्क बराबर भए पनि नेट रनरेटमा केही अगाडि रहेकाले दोस्रो चरणमा प्रवेश गरेको थिय
इटहरी । नेपालले टी २० विश्वकपको दशौं संस्करणको छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेल आज खेल्दैछ । यसअघि सहभागी दुवै विश्वकपमा समूह चरण पार गर्न नसकेको नेपाली टोलीले यसपटक भने सुपर ८ सम्म पुग्ने लक्ष्य लिएर तयारी गरिरहेको छ ।नेपालको समूहमा यसअघि बंगलादेश रहेकोमा बंगलादेश हटेपछि स्कटल्यान्ड समावेश भएकाले नेपालका लागि केही सहज हुन सक्ने देखिन्छ । नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि अघिल्लोपटक विश्वकपमा खेलिसकेको हुँदा त्यसमा बटुलेको अनुभव र सिकेका कुरालाई प्रयोग गरेर यसपटक अघिल्लो चरणमा पुग्ने नेपालले लक्ष्य राखेको छ ।यसपटक समूह चरण पार गरेर सुपर ८ मा पुग्न सफल भएमा आगामी विश्व
इटहरी । नेपाली क्रिकेट टोलीले हिजोदेखि शुरु भएको दशौं संस्करणको टी २० विश्वकपमा आफ्नो पहिलो खेल आज खेल्दै छ ।दुई पटकको विश्वविजेता टोली इंग्ल्यान्डसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले २९ माघमा दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ भने २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग खेल्नेछ ।प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ
इटहरी । दशौं संस्करणको आइसिसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकमा हिजो शुरु भएको छ ।यो प्रतियोगितामा नेपाल तेस्रो पटक सहभागी भएको छ । समूह ‘सी’ मा रहेको नेपालले विश्वविजेताद्वय इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।नेपालले समूहका आफ्ना चारै खेल मुम्बईस्थित वाङखेडे रंगशालामा खेल्नेछ ।५ जना खेलाडी पहिलो पटक खेल्दैविश्वकप खेल्ने नेपालको १५ सदस्यीय टोलीमा शेर मल्लसहित ५ जना खेलाडी डेब्यु गर्न बाँकी खेलाडी हुन् । सोमपाल कामीले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछन् भने ९ खेलाडीले दोस्रो पटक विश्वकप खेल्न लागेका छन् । आरिफ शेख, बसिर अहमद, नन्दन यादव,
इटहरी डेस्क । नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्डसलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो। नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो। पाकिस्तानको जितमा ओपनर साहिवजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए। फहिम असरफ २९ रनमा अविजित रहे। सैम अयुब २४, बाबर अजाम १५ र कप्तान सलमान आगा १२ रनमा पेभेलियन फर्के। नेदरल्यान्ड्सका लागि आर्यन दुत र पाउल
झापा । झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।डोमालाल राजवंशी रङ्गशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । झापा गोल्ड कपका अध्यक्ष केदार गिरीले पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको र यसमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका क्लब सहभागी हुने जानकारी दिए।प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबका साथै भारत, भुटान र मलेसियाका क्लब सहभागी हुने छन् । प्रतियोगिताको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडील
इटहरी । आइसिसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारत र श्रीलंका आयोजक रहने विश्वकपको पहिलो खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुँदैछ। शनिबार बेलुकी नेपाली समयअनुसार सवा ७ बजे आयोजक राष्ट्र भारत र अमेरिका उद्घाटन खेलमा भिड्दैछन्। उद्घाटन खेलअघि वानखेडे स्टेडियममा भव्य उद्घाटन समारोह हुँदैछन्।नेपाली समय अनुसार साँझ ६ः१५ बजे (भारतीय समय ६ बजे) देखि सुरु हुने यो समारोहमा संगीत र नृत्यको विशेष प्रस्तुति रहनेछ। त्यसपछि विश्वकपको ट्रफीलाई मैदानमा भित्र्याइनेछ।समारोहको सुरुवात ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ। त्यसपछि सबैलाई अचम्मित पार्दै एक जेटप्याकु कलाकारले विश्वकप
गछियाः ‘एकताका लागि दौड’ भन्ने नाराका साथ खेलकुदमार्फत् सामाजिक एकता र स्वास्थ्यप्रति सन्देश दिने उद्देश्यले सिर्जनशील क्लबको आयोजनामा भएको सुन्दरहरैंचा सिर्जनशील रनमा ५०० जनाभन्दा बढी धावकले सहभागिता जनाएका छन् ।प्रतियोगिताको खुला १० किलोमिटर दौडमा महिलातर्फ दीपा बस्नेत, यदिका देवान र रुदिना महतारा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । पुरुषतर्फ प्रथम केन्याका जुलियाफ पहिलो भए । त्यस्तै, रमेश लिम्बू र तेन्जिन शेर्पा क्रमशः दोस्रो र तेस्रो भए । महिला र पुरुष दुवै तर्फका पहिलो, दोस्रो र तेस्रो हुने धावकले क्रमशः १७ हजार, ९ हजार र ५ हजार ५ सय रुपैयाँका साथमा मेडल प्राप्त गरे ।५ किलोमिटर भेक्ट्
इटहरी । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ ।यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो । श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो ।नेपालले यसपछि अर्को वार्म अप खेलमा क्यानडासँग बिहीबार खेल्नेछ । टी २० विश्वकप फेब्रुअरी ७ ९माघ २४० देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ
दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित जे.एल.एन. स्टेडियममा दोस्रो सुटिङ बल विश्वकप प्रतियोगिता सुरु भएको छ। माघ १८ देखी २१ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको छ। विश्वकपमा भारत, क्यानडा, नेपाल, श्रीलंका, सुडान, म्यानमार, न्यूजिल्याण्ड लगायतका देशहरूको सहभागिता रहेको छ।यसअघि सम्पन्न पहिलो सुटिङ बल विश्वकपमा नेपाली टिमले ऐतिहासिक सफलता हासिल गरेको थियो। पहिलो विश्वकपमा नेपाली महिला टोली उपविजेता (दोस्रो स्थान) बन्न सफल भएको थियो भने पुरुष टोली तेस्रो स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको सुटिङ बल खेलको पहिचान स्थापित गरेको थिय