मनोरञ्जन

    Showing १३१-१४० of १४२ items.
  • चलचित्र ‘महापुरुष’को ‘बा’ गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’ सार्वजनिक गरिएको छ । बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने गीत मर्मस्पर्शी लाग्छ ।रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतलाई नवराज पराजुलीले लेखेका हुन् । गीतमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्रीलाई देख्न सकिनेछ । कात्तिक ११ गते रिलिज हुने तयारीमा रहेको फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ । म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • ११६ पटक पढिएको
  • नक्कली कागज पेस भएको भेटिएपछि आर्यन र केकीको नर्वे भिसा रिजेक्ट

    काठमाडौं । फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएपछि भिसा रिजेक्ट भएको छ ।नर्वेमा फिल्म ‘तिम्रो नजर’ को छायांकनको लागि पेस गरीएको कागजमा नक्कलि हस्ताक्षर प्रयोग भएको भेटिएको प्रहरीले जनाएको छ । नक्कलि हस्ताक्षर भेटिएपछि अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । साथै लेटरप्याड पनि नक्कलि भएको बुझिएको छ । भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो ।शंका लागेपछि कलाकारसहितको भिसा आ

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १०९ पटक पढिएको
  • आज पल शाहको मुध्दाको सुनुवाई स्थगित

    काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुध्दाको सुनुवाई बुधबार (आज) स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा आजका लागि तोकिएको पेशी सुनुवाई नभई स्थगित भएको हो ।न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा सुनुवाईका लागि मुद्दा पेशीमा चढेको थियो ।

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • ११३ पटक पढिएको
  • हिन्दी भाषामा ‘प्रेमगीत ३’, एकसाथ चार वटा गीत रिलिज गरियो

    काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत–३’ हिन्दी भाषामा स्वरांकन गरेर नेपालसँगै भारतलगायत विभिन्न मुलुकमा एकै दिन रिलिज गरिने तयारी हुँदै छ । नेपालसँगै भारतमा आगामी ७ असोजमा ‘प्रेमगीत ३’ रिलिज तयारी हुँदै गर्दा बलिउडका विभिन्न कलाकारका स्वरमा रेकर्ड गरेर गीतसमेत रिलिज गरिएको छ ।निर्माण टोलीले भारतको जी म्युजिकको युट्युब च्यानलबाट हिन्दी भाषाको चारवटै गीत सोमबार रिलिज गरेको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले रिलिज मिति नजिकिँदै गरेकाले चारवटै गीत एकसाथ रिलिज गर्नुपरेको बताएका छन् । यी गीतमा भारतीय गायकगायिकाले स्वर दिएका छन् ।‘जहान भी जाओ आई सनम’मा गायक राहत फतेह अली खानको स्वर र देवराजको संगी

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • १०८ पटक पढिएको
  • फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीतमा पूजा र आकाशको रोमान्टिक अवतार (भिडियोसहित)

    काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को गीत सार्वजनिक भएको छ। सोमबार ‘हराएँ हराएँ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको छ भने भिडिओमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई देख्न सकिन्छ। रोमान्टिक गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।अनन्द अधिकारीको शब्द रहेको गीतमा गायक लिम्बुको संगीत छ भने सहास शाक्यको संगीत संयोजन रहेको छ। त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको फिल्ममा पूजा र आकाशसँगै सोनम तोप्देन, सरोज खनाल, धिरन शाक्य, गौरी मल्ललगायत कलाकारको अभिनय देख्न सकिन्छ। कभर गायक सोनम तोप्देनले य

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • ११९ पटक पढिएको
  • बलिउडको नम्बर वान अभिनेत्री बनिन् दीपिका पादुकोण

    काठमाडौं । दीपिका पादुकोण बलिउडको नम्बर वान अभिनेत्री बन्न सफल भएकी छन् ।   एक लोकप्रिय संस्थाले गरेको सर्भेक्षणमा दीपिका नम्बर १ मा रहन सफल भएकी हुन् । सर्भेक्षणको नतिजाअनुसार दोस्रो नम्बरमा क्याटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौँ नम्बरमा कंगना रनावत छन् ।  क्लोज अप दन्तमन्जनको विज्ञापन हुँदै रंगिन दुनियाँमा प्रवेश गरेकी दीपिकाले लामो समयदेखि बलिउडमा धमाका पिटिरहेकी छन् । 

    • प्रकाशित मितिः साउन २९, २०७९
    • १३५ पटक पढिएको
  • अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश

    काठमाडौं । नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान एक कार्यक्रमकाबीच उनी काँग्रेसमा प्रवेश गरेका हुन् ।मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरे । खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए ।लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर आफू यसमा प्रवेश गरेको अभिनेता शाहीले बताए ।  उनले ‘द्रव्य’, ‘सौर्य’, ‘हँसिया’, ‘ठमेल डटकम’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’, ‘कमलेको बिहे’, ‘कृ’, ‘हुर्रे’, ‘लिलीबिली’, ‘पुरानो बुलेट’लगायत दुई दर्जन बढी चलचित्रमा अभिन

    • प्रकाशित मितिः साउन २७, २०७९
    • १२१ पटक पढिएको
  • आज रातिदेखि ‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै

    काठमाडौं । ‘सुपर डान्सर नेपाल’ आज (बिहीबार) राति ९ बजेदेखि प्रशारण हुने भएको छ । कान्तिपुर टेलिभिजन मार्फत यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि प्रशारण हुनेछ ।रियालिटी शोको जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राइ रहेका छन् । कार्यक्रमको निर्देशकको भूमिकामा भूषण दाहाल रहेका छन् ।  भारतीय सर्वाधिक लोकप्रिय मनोरञ्जन टेलिभिजन च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ले टेलिभिजन लोकप्रियताको आधारमा गरिने रेटिङ (टीआरपी) अग्रस्थानमा छ । नेपालमा पनि यो रियालिटी शोले दर्शकहरुको मन जित्ने विश्वास गरिएको छ ।काठमाडौं, पोखरा,

    • प्रकाशित मितिः साउन २६, २०७९
    • ११६ पटक पढिएको
  • रहेनन् चलचित्र छायांकार विदुर पाण्डे

    काठमाडौं । चलचित्र छायांकार विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । पाण्डेको आज (बुधबार) बिहान गंगालाल अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघले जनाएको छ । घरमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो ।उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाटमा राखिएको छ । अन्तिम श्रद्धान्जलीका लागि हाल आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित रहेको प्राविधिक संघले जनाएको छ ।नेपाली चलचित्रहरु कागबेनी, स्वर र भुइँमान्छेको छायांकन पाण्डेले गरेका हुन् । हाम्रो टीम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टिभी कार्यक्रम र छोटा फिल्ममा समेत उनले काम गरिसकेका छन् । 

    • प्रकाशित मितिः साउन २५, २०७९
    • १०८ पटक पढिएको
  • आर्यन सिग्देल चलचित्र ‘सायरा’मा अनुबन्धित

    काठमाडौं । केही समययताबाट फुर्सदमा रहेका अभिनेता आर्यन सिग्देल ‘सायरा’मा अनुबन्धित भएका छन् । आइतबार मात्र निर्माण कम्पनी डीबिआर मिडिया एन्ड मुभिज प्रालिसँग नयाँ फिल्मका लागि उनले सम्झौता गरेका हुन् ।रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभस्टोरीमा तयार हुने जनाइएको छ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएको बताउँछन् ।  आगामी असोजबाट छायांकनको तयारीमा रहेको फिल्म ‘सायरा’को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने जनाइएको छ । यो चलचित्र दशैँपछिबाट छायांकन सुरु गरिने भएको छ ।फिल्मका अन्य कलाकार भने चाँडै नै चयन गरिने छ । चलचित्र

    • प्रकाशित मितिः साउन २४, २०७९
    • ११० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल