इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गरेका छन् ।पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको मुद्दा-मामिलालाई प्रतिशोधको संज्ञा दिए । यस क्रममा उनले शीर्ष नेताप्रति असन्तुष्टि व्यक्त गरे ।‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नु भयो कि तपाईँहरूलाई नपुरी सुखै छैन,’ उनले भने ।लामिछानेले पुराना दलहरू एकजुट भएर रास्वपामाथि आक्रमण गरिरहेको आरोप लगाए । निर्वाचन हुन नदिन कसैले षड्यन्त्र नगर्न उनले आग्रह गरे ।यसअघि अन्य दललाई मतदान गर्दै आएका मतदातालाई यस पटक रास्वपालाई समर्थन गर्न उ
इटहरी । नेकपा एमालेले आज (मंगलबार) सचिवालय बैठक बोलाएको छ।बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।नजिकिँदै गरेको राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धि छलफलको लागि एमालेले सचिवालय बैठक बोलाएको छ।आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त १९ सिटमध्ये १८ सिटमा निर्वाचन हुँदै छ। एक सदस्य भने राष्ट्रपतिले मनोनयन गर्नेछन्।राष्ट्रियसभाका रिक्त पदमा हुने निर्वाचनमा तालमेलका लागि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलसँग छलफल अघि बढाएको छ।गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल
इटहरी । नेपाली कांग्रेसभित्र बढ्दो विवाद समाधानका लागि नेता डा. शेखर कोइरालाले मध्यमार्गी विकल्प खोज्ने प्रयास थालेका छन् । जसका लागि उनले आफूनिकट नेताहरूलाई संवाद र परामर्शमा खटाएका छन्।संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका पछि सारेपछि महामन्त्रीहरू विशेष महाधिवेशनतर्फ अग्रसर भएका छन्। यही विषयलाई लिएर पार्टीभित्र मतभेद बढ्दै गएपछि कोइरालाले बीचको बाटो खोज्ने प्रयास थालेका हुन्।विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने एक पक्ष र विशेष महाधिवेशनको औचित्य सकिएको अर्को पक्षको अडानका कारण कांग्रेसमा विवाद चर्किँदै गएको छ ।यसैबीच कोइरालाले सोमबार बिहान बसुन्धरास्थित आफ्नै निवासमा आफूनिकट न
इटहरी । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओलीमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।आइतबार ओलीले लिखित बयान दिएसँगै आयोगले उनीविरुद्धको स्थान हद फुकुवा गरेको हो । आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माले सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिए ।जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ ।
विराटनगरः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीको बैठकले ४३ जना उम्मेद्वारको नाम सिफारिश गरेको छ ।क्षेत्रीय कमिटीहरुले ३ देखि १६ जना सम्मको नाम सिफारिश गरेका छन् । नेता विनोद ढकालको नाम तीन वटा क्षेत्रबाट सिफारिश भएको छ । ढकाललाई क्षेत्र नं. १, ४ र ६ बाट सिफारिश गरिएको छ ।मोरङ १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बू, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी र भुपाल जिमीको नाम सिफारिश गरिएको छ । सो क्षेत्रबाट १५ जना आकांक्षीले नाम टिपाएका थिए ।क्षेत्र नं. २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरल, रंगेली नगर
लेटाङः मोरङको लेटाङ नगरपालिकाले टोलवासीसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत टोलटोलमा पुगेर नगरवासीका गुनासा सुन्न थालेको छ । बुधबार साँझ लेटाङ– १ राजारानी टोलका स्थानीयवासीसँग नगरप्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख उपप्रमुख कृष्णकुमारी निरौला र वडाध्यक्ष विष्णुकुमार मगर लगायतको टोलीले गुनासा सुनेको हो ।लेटाङ–१ स्थित राजारानी टोल विकास संस्थाअन्तर्गत पर्ने तल्लो राजारानी र गैरीटोलका टोलवासीसँग अन्तरक्रिया भएको हो । टोलवासी दिनभर विभिन्न कृषि कर्म तथा ज्याला मजदुरीमा व्यस्त हुने भएकाले उनीहरुको फुर्सदको समय पारेर साँझमा नगर प्रमुख सहितको जनप्रतिनिधिको टोली बस्तीमा पुगेको थियो ।स्थानीयवासीले
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापा र जेनजी अगुवाहरूबीच हिजो भेटघाट भएको छ । सरकार र जेनजीबीच भएका १० बुँदे सम्झौतालाई राजनीतिक दलहरूले समर्थन जनाउनुपर्ने भन्दै जेनजी अगुवाहरूले थापासँग भेटघाट गरेका हुन् ।सो भेटघाटमा जेनजी अगुवाहरूले सरकार र जेनजीबीच भएको सहमतिलाई कांग्रेसले पनि अपनत्व लिनुपर्ने माग राखेको बताइएको छ । भदौ २३ र २४ गतेका घटनामा दलहरूको कमजोरी रहेको कांग्रेस महामन्त्री थापाले स्वीकार गरेका थिए । ती कमजोरी सुधार्दै दलहरु अघि बढ्नुपर्ने थापाले बताएका थिए ।फागुन २१ को निर्वाचनअघि जेनजी आन्दोलनका मुद्दामा दलहरूले साझा प्रतिबद्धता जनाउनुपर्ने माग लिएर जेनजी अगुवाहरूले
विराटचोकः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको छ ।कार्यसमितिको म्याद कांग्रेसले यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाएको थियो । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचन कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिनुअघि माघसम्म म्याद थप भएको थियो ।शुक्रबार भएको बैठकमा महाधिवेशन बैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेसँगै सो प्रस्ताव पारित भएको थियो । बैठकमा सहभागी ५ जनाले भने ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।कांग्रेसको नियमित महाधिवेशन तालिका यही पुस २६–२८ गते हुने निर्णय
विराटचोकः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरेका छन् ।मंसिर १५ गतेको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको भए पनि तालिका प्रभावित भइसकेको भन्दै खड्काले १५ औं महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरेका हुन् ।पार्टी कार्यालय सानेपामा भएको बैठकमा उनले वैशाख २८–३१ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेका हुन् ।महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।यस्तो
काठमाडौंः पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको छ ।विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको हुनाले २०८३ सालको बैशाखमा नयाँ मिति तय भएको बताइएको छ ।