विराटनगर । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ ।
प्रहरीका अनुसार रंगेली नगरपालिका–८ निचामारी मुसरी टोल बस्ने झबु ऋषिदेवको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सुनवर्षी नगरपालिका–६ पटिया पाडा बस्ने सुरेश मगरातीको भान्सा घरमा बिहीबार साँझ आगलागी भएको छ ।
आगलागीबाट करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

















