इटहरी । सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सुन्दरहरैंचाको तेस्रो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न सभामा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा संस्थाका सल्लाहकार पुरनकुमार राई र निवर्तमान अध्यक्ष नागेश पोखरेललाई सम्मानपत्र प्रदान गरिएको थियो । संस्थामा कार्यरत ४ जना कर्मचारीहरूलाई उनीहरूको योगदानको कदर गर्दै पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष राजेन्द्र राईले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र योजनाहरू प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष चिरञ्जीवी रेग्मीले आर्थिक प्रतिवेदन र लेखा संयोजक परशुराम घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शंकर देवानले गर्नुभएको थियो ।
साधारण सभामा संस्थाका सल्लाहकार पुरनकुमार राई, केशरमान गुरुङ, अरुण सुवेदी, राधा ढकाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाजका अगुवा, उपभोक्ता जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


















