चैनपुर । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर ६० वर्षीय लेकबहादुर लिम्बूको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार दिउँसो घाँस काट्न रुखमा चढेका लिम्बू लडेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक सुन्दरकुमार यादवको टोली घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा लगिएको थियो ।