इटहरी । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ।कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेपछि बन्दसत्र सुरु हुने बताए।सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम छ।बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने कार्यसूची छ। बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको
इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ। देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान सूचना जारी गरी सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम नरहेको जानकारी गराएका हुन्।‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ’, उनले लेखेका छन्, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।’कांग्रेसको केन्
झापा । झापा क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह चुनाव लड्ने तयारीमा जुटेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि झापा-५ बाट चुनावी प्रचार सुरु गर्ने योजना बनाएका हुन् ।झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली यसअघि २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै आगामी निर्वाचनमा पनि त्यस क्षेत्रबाट ओलीको नाम एकल सिफारिस भइसकेको छ ।बालेनले माघ पहिलो हप्ता काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि पहिलो चुनावी अभियान झापाबाट सुरु गर्ने
इटहरी ।नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र आज काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ। बन्द सत्र बिहान १० बजेदेखि सुरु हुने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।यसअघि बिहान ८ बजेदेखि बन्द सत्र सुरु गर्ने तयारी थियो। तर महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया बाँकी रहनु र खाजाको समय छुट्याइएकाले कार्यक्रम दुई घण्टा ढिला भएको हो ।आइतबार बेलुकी ९ बजेसम्म २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत सहभागी भइसकेको महाधिवेशन पक्षधरको दाबी छ ।व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार-प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्त
इटहरी । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ ।विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिए ।उद्घाटन सत्र अहिले काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दैगर्दा भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
इटहरी । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् ।सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।विशेष महाधिवेशनको उद्घाटनस्थलमा सहभागी भएर साँझ ६ बजेसम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको सचिवालयले जानकारी दिएको छ ।बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो ।महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष म
इटहरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले यात्रा गर्न नसकिने बताएका छन् । पार्टीको विशेष महाधिवेशनमा बोल्दै महामन्त्री शर्माले पार्टी सञ्चालनको क्रममा भएका कमीकमजोरीको जिम्मेवारी लिँदै अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए ।‘पार्टीमा भएको कमजोरीको हिस्सा महामन्त्रीको नाताले हामी पनि लिन्छौँ, त्यसैले त्यसलाई स्वीकार गरेर नै हामीले भनेका हौँ अब पुरानै ढंगले नयाँ यात्रा सकिँदैन’, उनले भने, ‘अब मुलुकमा नयाँ परिस्थिति बनेको छ, बनेको परिस्थितिलाई सामना गर्नको लागि नयाँ परिस्थिति निर्माण गर्नको लागि मनस्थिति पुरानो राखेर हुँदैन ।’उनले राजनीतिमा पनि मौसम परिवर्तन
इटहरी । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।भृकुटीमण्डपमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले भने, ‘शेरबहादुर दाइ, तपाईँ इतिहास बोकेको नेता हुनुहुन्छ । उमेरले ८० पार गर्नुभएको छ । अब माथिबाट बोलाइराखेको बेलामा, हिजो जसले तपाईँलाई सभापति बनायो, उनीहरूको रोइलो छोडेर भोलि बिहान हल उद्घाटन गर्न आउनुस् । हामी विकल्प दिन्छौँ।’साथै, उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई भीडले गिज्याएको टिप्पणी गरेका छन्। ‘हेर्नुस्, यो मासुम अनुहारले तपाईँहरूलाई गिज्याइरहेको छ
इटहरी । भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएका छन् ।देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक पनि देउवा निवासमा पुगेका छन्। उनका अनुसार अन्य नेताहरू आउने क्रम पनि जारी छ।तर, पार्टीभित्र बढ्दो असन्तुष्टिका बाबजुद, विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आह्वान गरिएको हो।
इटहरी । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले अहिलेसम्मका सबै चर्चित भ्रष्टाचार काण्ड छानबिन गर्नुपर्ने बताएका छन्। आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले त्यसका लागि विशेष महाधिवेशनबाटै निर्णय गर्नुपर्ने बताए। ‘अहिलेसम्मका सबै चर्चित भ्रष्टाचार काण्ड छानबिन गरौँ। त्यसका लागि पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्छ,’ केसीले भने, ‘विशेष महाधिवेशनबाटै निर्णय गर्नुपर्छ। त्यहीबाट नयाँ कांग्रेस बन्छ।’भ्रष्टाचारकै कारण राजनीतिक दल बदनाम भएको उनको भनाइ थियो। त्यसका लागि हजार र पाँच सयका नोट बन्द गर्नुपर्नेमा जोड दिए।