काठमाडौंः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरुले एक्लाएक्लै निर्वाचनमा जाने गरी निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।त्यसमध्ये १२ वटा राजनीतिक दलहरुले भने संयुक्त रुपमा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा जाने गरी आयोगमा निवेदन दिएका छन् । ती दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने भएका छन् ।निर्वाचनमा भाग लिन १२० वटा निवेदन प्राप्त भएकोमध्ये १०२ वटा दलले आफू मात्रै एक्लै चुनावमा जानेगरि निवेदन दिएका
जनकपुरः मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीन जना मन्त्री नियुक्त गरेका छन् ।मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् ।जनमतका महेशप्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य दुई मन्त्रीको भने जिम्मेवारी तोकिएको छैन ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
जनकपुरः मंसिर १९ गते नियुक्त मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । मुख्यमन्त्री यादव यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदले समर्थन गरेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा
जनकपुरः मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् । आजै सानो आकारको मन्त्रिमण्डल बनाइने बताइएको छ ।सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको बताइएको छ ।यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’को निर्माण सुरुवात गरिएको छ। एमाले नेता महेश बस्नेतका अनुसार ओली पत्नि राधिका शाक्यले शिलान्यास गरेकी हुन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओली गुन्डुमा बस्दै आएका छन्।बस्नेतले नै अध्यक्ष ओलीको लागि गुण्डुमा नै ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा गरेका थिए।‘ओलीकुटी’ निर्माणको लागि उनले संयोजकको भूमिका निर्वाह गर्ने स्थानीयको पहलबाट निर्माण गरिने बताइएको छ। ओलीको बालकोटस्थित निवासमा जेनजी आन्दोलनका बेला आगजनी गरेर नस्ट गरिएको थियो।उक्त घरको अवलोकन गर्दै उनले सो घर राज्यको नाममा नामसारी गरिसकेकाले अब फेरि नबनाउने
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल कुनै पनि राजनीतिक गठबन्धनमा नलागी चुनाव लड्ने स्पष्ट संकेत दिएका छन् ।सुनसरीको बराहक्षेत्रस्थित चक्रघट्टीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले कुलमान घिसिङसँग मिलेर चुनाव लड्ने अफर आए पनि त्यसको सम्भावना नभएको बताए । साथै उनले नेपालका ठूला दलहरू ‘चोखो’ नभएको आरोप लगाए ।धरान उपमहानगरपालिका प्रमुख समेत रहेका साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले संगठन विस्तारमा तीव्रता दिएको जानकारी दिए ।निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाए लगत्तै उनी विभिन्न जिल्लामा दौडाह गरिरहेका छन्। पूर्वका आधा दर्जन जिल्लामा पा
इटहरी । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि कुनै पनि तहका बहाल जनप्रतिनिधिलाई उम्मेदवार सिफारिस नगर्ने निर्णय गरेको छ।केन्द्रीय कार्यालयले उम्मेदवार सिफारिस मापदण्ड प्रष्ट्याउँदै समितिहरूलाई पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा कार्यरत जनप्रतिनिधिलाई सिफारिसमा नसमावेश गर्न निर्देशन दिएको छ।‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन।' परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन।’यसअघि १० बुँदे मापदण्डसहित पठाइएको परिपत्रमा ०७९ सालको स्थानीय तह निर्वाचनम
इटहरी । ११औँ महाधिवेशनको संघारमा अध्यक्ष पदका लागि तयारी गरिरहेका नेता ईश्वर पोखरेल नेतृत्वको टिम गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।पोखरेलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र योगेश भट्टराई गुण्डु पुगेका थिए ।महाधिवेशनका विषयमा झन्डै तीन घण्टा कुराकानी भएको स्रोतले जनाएको छ।एघारौँ महाधिवेशनमा तेस्रोपटक अध्यक्षमा लड्ने घोषणा गरिसकेका ओलीलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका छन् । दुवै पक्षले टिम बनाउन सक्रियता बढाएका छन्।ओलीले अन्तिम समयमा मात्र टिम बनाएर धेरै नेतालाई ‘इङगेज’ गर्ने रणनीति लिएको बताइन्छ । पोखरेलतर्फ अवसरको अपेक्षामा रहेका केह
काठमाडौंः सरकारले भदौ २३ गतेलाई जेनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदीश खरेलले बताए ।भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटो सहितको परिचयपत्र उपलब्ध गराउने समेत निर्णय भएको उनले जानकारी दिए ।मन्त्रिपरिषद्ले गरेको अर्काे निर्णयमा माघ १ गतेदेखि एकै पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत् मात्र गर्ने गरी नगद कारोबारको सीमा निर्धारण भएको छ ।त्यस्
काठमाडौंः ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेद्वारी दिने व्यक्तिका लागि खुला आवेदन आह्वान गरेको छ ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वारी दिन चाहनेले आगामी मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह गरिएको हो ।निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्तिहरुबाट उम्मेद्वारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीले जनाएको छ ।उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्र पेश गर्ने उम्मेद