सुनसरी - स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल भएको छ। दुवै दलले काठमाडौंको कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा एकअर्कालाई सहयोग गर्ने सहमति गरेका छन्।शनिबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी उम्मेदवार शिवशरण महर्जनलाई एकीकृत समाजवादीले समर्थन गर्ने निर्णय गरेको छ। त्यस्तै, काठमाडौं–१६ को वडाअध्यक्ष पदमा समाजवादी उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्नेछ।सहमति पत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन्।तालमेल
विराटनगर - नेपालमा मंसिर १६ गते स्थानीय तहका ४४ रिक्त पदका लागि उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख तथा वडाध्यक्ष पदका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो। यसअन्तर्गत जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १, र ३४ वडाध्यक्षका पदहरूमा चुनाव हुने भएको छ। मनोनयनको दिन मंसिर २ गते तोकिएको छ।कोशी प्रदेशमा ९ रिक्त पदका लागि पनि उपनिर्वाचन हुँदैछ। मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको छ। यसअघि २०७९ सालको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित
इटहरी । सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (मंगलबार) गरेको प्रदर्शनका क्रममा ५१ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका नेता कार्यकर्ता रहेका छन्। ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन्। रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो ।प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। छैटौँ स्मृति दिवसका अवसरमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। तुलाधरको स्मृतिमा शंखधर साख्वा स्मृति पार्क, रत्नपार्क लगायतका स्थानमा विभिन्न कार्यक्रम भएका छन्। कार्यक्रममा सहभागीहरुले तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। तुलाधर नेपालको शान्ति प्रक्रियाका एक अभियन्ता थिए। लामो समय नेपालको बामपन्थी आन्दोलनमा क्रियाशील तुलाधरको २०७५ सालमा निधन भएको थ
काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए। देशभर पार्टी संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उनले बताए।साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय संगठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (आइतबार) पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई जारी राख्ने भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।उनले सरकारको गलत कदमको विरोधस्वरुप आज पनि प्रदर्शन जारी रहने बताए । सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको मागसहित रास्वपाले गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।शनिवार बसे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् ।प्रधानमन्त्री ओलीले आज दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन् ।प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् ।उनले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शुक्रबार) देखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रीत आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो ।लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौंमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए । आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।पोखरामा रास्वपाले प्रदर्शन गरे पनि जनस्तरबाट समर्थन नदेखिएको टिप
काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ ।बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताएका छन् ।सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर