इटहरी ।  आज नोभेम्बर १४ । आज विश्वभर सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।

सन् २०२० मा युनेस्कोको ४० औँ महासभाले यो दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो ।

नेपालमा पुरातत्त्व विभाग, संस्कृति मन्त्रालय र सङ्ग्रहालयहरूले संयुक्त रूपमा दिवस मनाउने गर्छन् ।

पुरातत्त्वविद् तथा विज्ञहरूले नेपालबाट अवैध रूपमा बाहिरिएका मूर्ति, कलाकृति र पुरातात्त्विक सामग्री फिर्ता ल्याउने प्रयासलाई तीव्र बनाउनुपर्नेमा जोड दिने गरेका छन् ।

आज देशका विभिन्न स्थानमा सचेतनामूलक प्रदर्शनी, गोष्ठी र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम हुने गर्दछन् ।

सांस्कृतिक सम्पदा जोगाउन सबै नागरिक सचेत हुनुपर्ने सन्देशसहित यो दिवस मनाइन्छ ।

सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

सांस्कृतिक सम्पदाहरू हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक हुन् तर यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेका छन् । नेपालजस्तो देश जहाँ पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्करीको मुख्य निशानामा परिरहेका छन् ।

नेपालका मुर्ति, कलाकृतिहरू अन्तर्राष्ट्रिय बजारमा अवैध रूपमा विदेश पुर्याइरहेका छन् जसले हाम्रो सांस्कृतिक सम्पदा र इतिहासलाई कमजोर बनाइरहेको छ ।