इटहरी ।  हरेक वर्ष नोभेम्बर १४ का दिन विश्व मधुमेह दिवस मनाईन्छ । यो दिवसको प्रमुख उद्देश्य विश्वभर मधुमेह विरुद्ध सचेतना जगाउनु हो ।

मधुमेह सचेतना भन्नाले मधुमेहसँग सम्बन्धित जोखिम कारक तत्वहरू, लक्षणहरू र रोकथामका उपायहरू बुझ्नु, बुझाउनु र यसको व्यवस्थापन तथा रोकथामका लागि आवश्यक उपायहरूसहित स्वस्थकर जीवनशैली अपनाउन प्रोत्साहित गर्नु हो ।

सचेतना अभिवृद्धि अभियानले व्यक्ति, परिवार, समाज र समुदायलाई मधुमेहको प्रभाव बुझाउँदै शारीरिक एवं मानसिक स्वास्थ्यमा समेत ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रणका लागि सक्रियतापुर्वक कदमहरु चाल्नको लागि प्रोत्साहित गर्दछ ।