राजनीति

    Showing ८११-८२० of ९२७ items.
  • कांग्रेसका डेढ दर्जन नेतामाथि कारवाही, को–को परे निष्काशनमा ?

    इटहरी डेस्क । सत्तारुढ नेपाली कांग्रेसको अनुशासन समितिले बहुमतको आधारमा डेढ दर्जन नेता–कार्यकर्तामाथि कारबाही गरेको छ ।केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्व रहेको समितिमा बहुमत पक्ष सभापति शेरबहादुर देउवा पक्षका छन्। पाँच सदस्यीय समितिमा ढुंगानासहित केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले संस्थापन पक्षका हुन् । समितिमा संस्थापनइतरबाट सञ्जयकुमार गौतम र राजीव कोइराला सदस्य छन् ।अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी आएका थिए । उजुरी चुनावमा अन्तर्घात गरेका विषयमा अधिकांश रहेको समितिले जनाएको छ । प्राप्त उजुरीमाथि निर्णय लिन ९ देखि १७ असारसम्म अनुशासन समितिको बैठक बसेको

    • प्रकाशित मितिः असार २६, २०८२
    • ५६६ पटक पढिएको
  • झाँक्रीलाई माफी मगाउने नेकपा एसको प्रयास, घनश्यामको तारन्तर फोन

    काठमाडाैं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीमाथि हुने भनिएको कारवाही कहाँ पुग्यो ? सर्वत्र जिज्ञासा छ । तर, एक सातादेखि जारी पार्टी सचिवालय बैठकले अहिलेसम्म उनीबारे केही निर्णय गरेको छैन ।असार १४ गते लुम्बिनीमा आयोजित युवा संघको भेलामा उनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेका कारण उनले पार्टी नेतृत्वबाट बाहिरिनुपर्ने र शीघ्र (अर्ली) महाधिवेशनबाट अर्को नेतृत्व चयन हुनुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।यो कुराले गत साता बजार राम्रैसँग गर्मायो । पार्टीमा बर्खास्ती र चेतावनीमध्ये कुन तहको कारवाही गर्ने विषय उठ्यो । तर, अहिलेसम्म केही निर्णय भएको छैन ।बैठ

    • प्रकाशित मितिः असार २४, २०८२
    • ५६२ पटक पढिएको
  • देउवाले किन भने ‘म अप्ठ्यारो मान्छे हुँ, विचार गर्नुस्’

    इटहरी डेस्क । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिटायरमेन्ट (अवकाश) आफ्नो मर्जीको कुरा भएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको कुरा उठाएपछि देउवाले यस्तो जवाफ दिएका हुन् ।‘म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे,’ विश्वप्रकाशलाई जवाफ दिँदै देउवाले भने, ‘म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’ देउवाले केही दिनअघि अब आफूले रिटायरमेन्ट लिने बेला भएको बताएका थिए । यसैमा शर्माले धन्यवाद भनेपछि देउवाले यस्तो बताएका हुन् ।देउवाले पार्टी विधान र संविधान अनुसार पार्टीको १५ औं महाधिवेशन हुने पनि बताए ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • ४५८ पटक पढिएको
  • रामकुमारीलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण, ३ दिनको अल्टिमेटम

    इटहरी डेस्क । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ’, उनले भने ।गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने झाँक्रीको माग थियो ।त्यस क्रममा उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने समेत बताएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको

    • प्रकाशित मितिः असार १९, २०८२
    • ४५१ पटक पढिएको
  • बुढीगंगा गाउँपालिकाले सार्वजनिक गर्यो आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन ।

    बुढीगंगा गाउँपालिकाले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमचालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ।बुढीगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको सोह्रौं गाउँसभा अधिवेशनमार्फत गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताप्रति उत्तरदायी, पारदर्शी र समावेशी स्थानीय शासन प्रणालीलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।पालिका स्रोत अनुसार चालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेटलाई कृषि, पर्यटन, युवा तथ

    • प्रकाशित मितिः असार ११, २०८२
    • ७८१ पटक पढिएको
  • पतञ्जली आयुर्वेद तथा योगपीठ प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा हाजिर हुँदै

    इटहरी । भ्रष्टाचार मुद्दाको प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा हाजिर हुँदै छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा हाजिर हुन लागेका हुन्। पतञ्जली आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • ५४२ पटक पढिएको
  • सांसद केसीको टिप्पणी : देश अन्तै विलीन हुन्छ कि भनेर डराउँथे, आज फ्याट्ट आइहाल्यो !

    इटहरी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताकै कमजोरीले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्। आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। हाल संसद् चल्नु पर्ने जसरी अघि नबढेको उनले बताएका छन्। उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।‘अहिले पनि संसद् हामीले जसरी चलाइरहेका छौँ, यस्तै गरेर संसद् टिक्छ ? लोकतन्त्रमाथि यो व्यापक आक्रमण, गणतन्त्रमाथि आक्रमण हाम्रो कमजोरीले होइन ? हाम्रो आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरता पूर्वक लिनुपर्छ’, उनले भने। सत्ता र शक्तिमा भएकाहरूको इसारामा गोटी बनेर हिँड्दा दिन प्रतिदिन इज्जत क्षय भएर जान

    • प्रकाशित मितिः असार ८, २०८२
    • ५४९ पटक पढिएको
  • रवि लामिछानेको सन्देश : अहिलेको यो चक्रब्युह मलाई जनताबाट अलग पार्न बनाइएको हो

    इटहरी डेस्क ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथोमा प्रवेश गर्दा सभापति रवि लामिछानेको उपस्थिति विनै स्थापना दिवस मनाएको छ। सहकारीको बचत रकम ठगी अभियोगमा पूर्पक्षका लागि कारागार चलान भए पनि अहिले निर्वाचन आयोगको अभिलेखमा सभापति लामिछाने नै रहेका छन्।कागागारबाट लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको दाबी गरेका छन्। अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँमा नभएको उनको भनाई छ। उनले आफूलाई मात्र नभई सिंगो देशलाई नै जेल बनाइसकेको आरोप लगाएका छन्। पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफूविरुद्ध सञ्चालित आरोपहरू नियोजि

    • प्रकाशित मितिः असार ७, २०८२
    • ५१८ पटक पढिएको
  • संसद्‍मा माओवादीले भन्यो– भिजिट भिसामा ३० दिनभित्र होइन, तत्कालै छानबिन समिति बनोस्

    इटहरी डेस्क । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा ३० दिनभित्र छानबिन गर्न सरकारसँग आफूहरुसको सहमति भएको भए पनि त्यसलाई तत्काल अगाडि बढाउनुपर्ने माग गरेको छ।  सोमबार प्रतिनिधिसभाको बैकठमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले रोष्टममा सरकारका तर्फबाट गृहमन्त्रीले गरेको घोषणा तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए। ‘सरकारले ३० दिनभित्रमा अध्ययन, छानबिन समिति बनाएर प्रक्रिया अगाडि बढाउने उद्घोष गरिसकेको स्थिति छ,’ बस्नेतले भने, ‘हामीले त्यो कुराको भरोसा पनि गरेका छौँ। म सरकारसँग के आग्रह गर्न चाहान्छु भने अब त्यो ३० दिन लगाउनु पनि जरुरी छैन।’उनले भने, ‘अब एक हप्त

    • प्रकाशित मितिः असार २, २०८२
    • ६३० पटक पढिएको
  • अवरोध जारी राख्ने रास्वपाको अडान, सभामुखले भने–अब संसद रोकिंदैन

    इटहरी डेस्क । सभामुख देवराज घिमिरेले सदनमा जारी अवरोध हटाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् । आज (सोमबार) सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई सातादेखि विपक्षीको अवरोधले सदन बन्धक भएको बताए। बजेटबारे व्यापाक छलफल गर्नुपर्ने बेला संसद अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको सभामुख घिमिरेको भनाइ थियो।‘विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ। तर, अब रोक्ने अवस्था छैन । संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नु पर्दछ’, उनले भनेका छन्। राष्ट

    • प्रकाशित मितिः असार २, २०८२
    • ४९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल