इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले संसद अवरुद्ध गरेको दिनको भत्ता नलिने भएका छन्। आज (सोमबार) बिहान बसेको राप्रपा संसदीय दलको बैठकले आफूहरूले संसद् अवरुद्ध गरेको दिनको भत्ता नदिन संसद् सचिवालयलाई पत्र लेखेका हुन्।बैठक बापत प्राप्त हुने भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गरिदिन राप्रपाले संसद् सचिवालयलाई आग्रह गरेको छ। आइतबार राप्रपाले संसद बहिष्कार गरेको थियो। संसद् अवरुद्ध गरेको दिनको भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले बैठकले भत्ता नलिने निर्णय गरेको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिएका छन्।‘उक्त दिनको बैठक भत्ता लिनु
इटहरी डेस्क । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुको नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन्। जारी महाधिवेशनमा पार्टी नेतृत्वको निर्देशन लत्याउँदै निर्वाचनमा होमिएका अनेरास्ववियुका नेताहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिँदै छन्। कीर्तिपुरमा जारी नेतृत्व चयन प्रक्रिया ढिलोगरी चलिरहेको छ। हिजै साँझ दर्ता भएको उम्मेदवारहरूको नामावली प्रकाशन अहिलेसम्म पनि गरिएको छैन। जबकि आज बिहान ८ बजेदेखि मतदान हुने तालिका प्रकाशित भएको थियो ।उम्मेदवारी दर्ता भए पनि अझै पनि सर्वसम्मतिको प्रयत्न गर्न निर्वाचन प्रक्रिया अगाडि नबढाइएको हो। तर अध्यक्ष पदमा उम्मेदवा
विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले सधैं देश र जनताको पक्षमै काम गर्ने बताएकी छन्। पूर्वी नेपालबाट काठमाडौं फर्किने क्रममा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो त्यो बाहेक कुनै ठूलो आकांक्षा नभएको स्पष्ट पारेकी छन्।आफ्नो राजनीतिक जीवन नै नेकपा (एमाले) बाट शुरू भएकाले सक्रिय राजनीतिमा आउँदा स्वाभावैले एमालेमै आउने उनले बताइन् । ‘एकचोटी नाता जोडिएपछि सधैं रहिराख्। हुन त मान्छेहरू पार्टी छोड्छन् पनि। म चाहिँ त्यस्तो व्यक्ति हो जहाँ जन्मे-हुर्किए आजसम्म एउटै लाइनमा छु। हिजोदेखि नै वामपन्थी आन्दोलनमा लागियो र अहिलेसम्म नि म छु,’ उनले भनिन्, ‘त्यो
इटहरी डेस्क । सत्तारुढ नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औं राष्ट्रिय महाधिवेशनमा सोमबारबाट नेतृत्व चयन प्रक्रिया सुरू हुने भएको छ। अनेरास्ववियुको महाधिवेशन आइतबारबाट त्रिवि स्मृति भवनका सुरू भएको हो। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।उद्घाटन सत्र सकिएलगत्तै स्मृति भवनमै बन्द सत्र सुरू भएको थियो। जारी महाधिवेशनमा अध्यक्ष मण्डल गठन भइ राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत भइसकेका छन्। यी प्रतिवेदनहरूमाथि छलफल गर्न १० वटा समूह बनाइएको निवर्तमान अध्यक्ष समिककुमार बडालले जानकारी दिए। उनकाअनुसार दोस्रो दिनको बन्द सत्र सोमबार बिहान ८ बजेबाट
इटहरी डेस्क । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुबीच संसद भवनमै छलफल सुरू भएको छ। संघीय संसद भवनको शंकर हलमा कांग्रेस र माओवादीबीच छलफल चलिरहेको एक नेताले जानकारी दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि संसद भवनमै विपक्षी दलहरूसँग छलफल गरेका थिए।त्यहाँ छलफल गरेर शंकर हलमा उनी कांग्रेससँग छलफलमा जुटेका हुन् । विपक्षी दलहरुको बैठकमा प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए। उनले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि कांग्रेस तयार नभएको ब्रिफिङ बैठकमा गरेको राष्ट्रिय स्वतन्त्र पा
इटहरी । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमति बमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने पनि दोहोर्याए।‘हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्। हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौं। प्रतिस्पर्
इटहरी डेस्क । प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने निष्कर्ष सुनाएका छन् । ईडिया स्टुडियोले काठमाडौंमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई तनावमुक्त भएर बस्न सुझाव दिए ।उनले युवाले चित्त बुझाउन नहुने र परिवर्तनको लागि लाग्नुपर्नेमा जोड दिए । ‘तर चित्त नबुझाउने भनेको अरूलाई गाली गर्ने, केही नगर्ने, नकरात्मक ढंगले मात्रै चल्ने, त्यसले कसैलाई राम्रो गर्दैन,’ उनले भने ।उनले भने, ‘यो फेसबुक–सेसबुकमा मुख छाडेर हिँड्नेहरूको पारिवारिक स्थिति तपाईँहरूले उनीहरूको परिवारभित्र के छ
इटहरी डेस्क । राजसंस्था फर्काउन गठित संयुक्त जनआन्दोलन समितिले आन्दोलनका कार्यक्रमलाई जिल्लाकेन्द्रित गर्ने भएको छ ।संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बुधबार बसेको संयुक्त बैठकले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुप परिमार्जन गरेको हो ।बैठकपछि संयोजक नवराज सुवेदीले विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठक आज सम्पन्न भयो । उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भयो ।आगामी आन्दोलनका कार्यक्रममा समेत विभिन्न वर्ग,
इटहरी डेस्क । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरेका थिए। सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो। उक्त प्रश्नको जवाफ दिँदै
इटहरी डेस्क । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्।आज (बुधबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन्। उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन्।उनले देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको भन्दै १५ दिन भए पनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गरिन् । छानविनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ। सांसद कार्कीले सरकारले आफ्न