इटहरीः भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा मंगलबार इटहरीमा बाल अधिकारको संरक्षण र अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया भएको छ ।‘बाल अधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका सम्बन्धी कार्यशालामा बोल्दै भ्वाइस अफ चिल्ड्रेनका अध्यक्ष भरत थापाले बालबालिका कुनै पनि प्रकारको यौन दुर्व्यवहारको सिकार नबनून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।बाल अधिकारको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको हुनाले जिम्मेवार समाचार सम्प्रेषण र जनचेतनामूलक सामग्रीमार्फत् बालबालिकाको सुरक्
बेलबारीः जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको प्रमुख आतिथ्यतामा मातहतका सम्पूर्ण युनिट इन्चार्जहरुको उपस्थितिमा दैनिक कार्य सम्पादन मूल्याङ्कन ढाँचा कार्यान्वयन समीक्षा सम्पन्न गरेको छ ।सो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी र अस्थाई प्रहरी चौकी कटहरीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्रिकाकुमार श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको छ ।गिरी र श्रेष्ठलाई कार्यालय प्रमुख कबित कटवालले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।सो क्रममा आफूले पाएको जिम्मेवारीलाई अझ उत्कृष्ट तवरले न
काठमाडौंः दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा सिप्रिङ खोलामा आएको बाढीले बगाउँदा ७३ वर्षीय चसमान तामाङ बेपत्ता हुनुभएको छ । ४ जना जोखिमपूर्ण स्थानमा बसेर उद्धारको पर्खाइ गरिरहेको सो वडाका वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनुभएको छ ।वडाध्यक्ष शेर्पाका अनुसार चसमानका गाई बाख्रा पहिरोले गोठसहित बगाएको छ । बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारी शुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरमा अडिएर बसेका छन् । सो ठाउँ पनि असुरक्षित रहेको तर निरन्तरको बाढीका कारण उद्धार गर्न कठिन भएको वडाध्यक्ष शेर्पा बताउनुहुन्छ ।अहिले प्रहरीहरू सिंगटी र रोल्वालिङबाट घ
इटहरी । आज बिहान पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।बिहान ४ बजेर ४० मिनेट जाँदा बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।भूकम्पले पुर्याएको क्षतिको विवरण भने हालसम्म नआएको बताइएको छ ।
इटहरीः सुनसरीको इटहरीमा रहेको दिगो चार्ज प्वाइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकास गर्न दिगो ग्रुप र घाम पावरले रणनीतिक साझेदारी गरेका छन् ।दुवै कम्पनीबीच ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) विकाससम्बन्धी सम्झौता भएको हो । यो सहकार्यले विद्युतीय सवारी साधन चार्जिङ पूर्वाधारलाई स्वच्छ, भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको छ ।सो परियोजनाअन्तर्गत सौर्य ऊर्जा उत्पादन प्रणालीलाई अत्याधुनिक ब्याट्री भण्डारण प्रविधिसँग एकीकृत गरेर उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय प्रशारण प्रणालीमाथिको निर्भरता घटाउनुका साथै विद्युतीय सवारीसाधन चार्जिङमा नवीकरणीय ऊर्जाको प्रयोग बढ
इटहरी । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ ।मन्त्रालयले विपद्को संवेदनशील समयावधिभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमति रूपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ ।देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ । कुन
काठमाडौंः आज दिउँसो काठमाडौंको कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी भएको थियो ।आगो निभाइएपछि सो गाडीबाट एक जना पुरुषको शव निकालिएको हो । घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गत २४ घण्टामा झापाको अनारमनीमा सबैभन्दा धेरै १०८.६ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सबैभन्दा धेरै मकवानपुरको मकवानपुरगढीमा ८९.८ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा सबैभन्दा धेरै १७.६ मिलिमिटर वर्षा भएको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा बादल लागेको महाशाखाले जनाएको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्
इटहरीः चर्चित नाटक ‘पापशाला’ को सफल मञ्चन गर्दै विश्व आदर्श एकेडेमीले आफ्नो वार्षिक नाट्य महोत्सव मनाएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साउन ३ र ४ गते नाथ मञ्चन गरिएको थियो ।तीन हजारभन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति रहेको बताइएको महोत्सव विश्व आदर्श कलेजको आयोजना तथा साहित्यिक संस्था ‘लाभा’ को समन्वयमा भएको थियो । सो महोत्सवमा कलेजका पूर्वविद्यार्थी कलाकारहरूले सशक्त अभिनय गरेका थिए ।नाटक मञ्चनको पहिलो चरण विद्यार्थी तथा शिक्षकका लागि आयोजना गरिएको थियो । दोस्रो चरण इटहरीका विभिन्न शैक्षिक संस्थाका प्राचार्य, शिक्षक, साहित्यकार, नाट्यकर्मी, अभिभावक र सर्वसाधारण दर्शकका लागि मञ्चन गर
खोर्सानेः नझरेका फूलहरूको आयोजनामा साउन महिनाभर सञ्चालन हुने ‘झरी र इन्द्रेणी’ कार्यक्रमको पहिलो शृङ्खला शनिबार सुन्दरहरैँचा– १० स्थित सृजना क्याफे खोर्सानेमा सम्पन्न भएको छ । कार्यक्रममा इलामको चुलाचुलीका साहित्यकार विवश बलिभद्र कोइरालाले आफ्ना रचना सुनाउनुभएको थियो ।सो कार्यक्रममा विभिन्न साहित्यिक संस्थामा आबद्ध साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।आयोजक नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेका अनुसार अनुसार ‘झरी र इन्द्रेणी’ का कशृङ्खला साउन महिनाका हरेक शनिबार निरन्तर सञ्चालन हुनेछन् ।दोस्रो शनिबार कवि सबि मेवाहाङको साहित्यिक प्रस्तुति रहने घिमिरेले जानकारी दिनु