इटहरी । आज पनि देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । पछिल्लो चौबीस घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा सबैभन्दा धेरै १२०.८ मिलिमिटर वर्षा भएको छ ।आज दिउँसो देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स
विराटनगरः मंगलबार कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी शेखर खनालले विराटनगरका उद्योगी व्यवसायी संघ संस्थाका प्रतिनिधिहरूसँग भेट गरी उद्योगी प्रकाश मुन्दडाको घरमा छापा मारेको घटनापछि त्रसित नहुन निजी क्षेत्रलाई आह्वान गरेका छन् ।सोमबार मुन्दडाको परिवार मात्रै होइन सबै उद्योगी व्यवसायी आतंकित हुने गरी छापा मारिएको भएको भन्ने सन्देश सार्वजनिक रूपमा व्यक्त भएपछि उनीहरूलाई आश्वस्त बनाउन र आतंकित नहुन आग्रह गर्न डिआइजी खनालले व्यवसायीहरूलाई छलफलका लागि बोलाएका थिए ।छलफलका क्रममा उद्योगी व्यवसायीले विराटनगरका उद्योगी व्यवसायी व्यवसायमा मात्र नभएर थुप्रै सामाजिक काममा विगतदेखि नै संलग्न रही आएको बताएका
इनरुवाः हिजो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले हिन्दू र मुस्लिम समुदायका धर्मगुरु तथा स्थानीयको सहभागितामा सद्भाव र्याली निकालिएको छ ।भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा भोक्राहा चोकबाट शुरु भएको र्याली विभिन्न स्थानको परिक्रमा गर्दै फूलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी धर्मगुरु तथा वक्ताहरूले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै विविधताबीचको एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा हालै सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थिय
काठमाडौंः यही साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता शुरु गर्नुभएको छ ।महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार साँझ गृहमन्त्री गुरुङ र मृतकका परिवारबीच वार्ता शुरु भएको हो । सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा निधन भएको हो ।यसअघि गृहमन्त्री गुरुङले गृह मन्त्रालयमा हिन्दू तथा मुस्लिम समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
इटहरी । मोरङ प्रहरीले नशालु पदार्थ सेवन गराई एक महिलामाथि जबरजस्ती करणी गराएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–५ की २५ वर्षीया सोनुमा लिम्बुले एक महिलालाई नशालु पदार्थ सेवन गराएर लेटाङ नगरपालिका–१ स्थित एक रिसोर्टमा पुर्याएकी थिइन्। त्यसपछि ज्यान मार्ने धम्की दिँदै ती महिलामाथि जबरजस्ती करणी गराइएको बताइएको छ । रिसोर्टमा पुर्याइएकी महिलामाथि सुन्दरहरैँचा नगरपालिका–१० का डम्बर खतिवडाले जबरजस्ती करणी गरेको आरोप छ। स
इटहरी । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।आज देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भू–भाग केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जन
लेटाङः नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क निर्माण गरेको मोरङको लेटाङ नगरपालिकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ ।शान्ति, अहिंसा र सहअस्तित्वको सन्देश दिन तथा सुनसरीसहित तराईका विभिन्न जिल्लामा हालै भएका घटनापछि धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम गरिएको लेटाङ नगरपालिकाले जनाएको छ ।लेटाङ नगरपालिका १ स्थित अन्तरधार्मिक शान्ति पार्कमा आइतबार विशेष कार्यक्रम आयोजना गरिएको नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्कका रूपमा परिचित सो स्थानमा हिन्दू, बौद्ध, इसाई, किराँत र इस्लाम
विराटचोकः संस्थाले गरेका गतिविधि र संस्थाको आयस्रोतको बारेमा जानकारी दिने उद्देश्यले ‘सहयोगी मनहरू’ सुन्दरहरैंचाले दोस्रो भेला, भेटघाट, अन्तरक्रिया तथा चियापान कार्यक्रम गरेको छ ।सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भीम अधिकारीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षासँग जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो ।‘सुसंस्कृत समाज, सभ्य जन, आजको आवश्यकता सहयोगी मन’ भन्ने मूल नाराका साथ संस्था दर्ता गरी सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय हुँदै आएको संस्थाले
खोर्सानेः साउन महिनाका शनिबारमा हुँदै आएको ‘झरी र इन्द्रेणी’ शृङ्खलाअन्तर्गत तेस्रो शनिबार कवि गगन योक्पाङ्देनले आफ्ना रचना सुनाएर सुन्दरहरैंचामा उपस्थित साहित्यप्रेमीको मन जित्न सफल हुनुभएको थियो ।सुन्दरहरैंचामा कला र साहित्यको क्षेत्रमा क्रियाशील ‘नझरेका फूलहरू’को आयोजनामा भएको कार्यक्रममा योक्पाङ्देनले शुरुमा आमा शीर्षकको कविता सुनाउनुभएको थियो ।त्यसपछि छिमेकी, पानीको जीवन, बाटोको आयु, उपहार, छोरीको चकचक, परिचय, एउटा परदेशीले, अभिशप्त रुख, साइँली सोल्टिनी र एउटा घरको दिनचर्या शीर्षकका कविता गरी ११ वटा कविता वाचन गर्नुभएको थियो ।कार्यक्रममा एकल कविता वाचन गर्ने कवि योक्पाङ्देनलाई आयोजक संस्थ
इटहरी । मनसुन पुनः देशभर सक्रिय हुन थालेको छ । जसका कारण सोमबार अधिकांश स्थानमा बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर मौसम बदली भएको हो । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान विभागको छ ।बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्