काठमाडौंः भोलिदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन हुने भएको छ । निर्माण शुरु भएको करिब ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आउने भएको हो । झण्डै साढे २७ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङमार्ग साउन ११ गते सोमबारदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएको हो ।पहिलो दिन एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्रै प्रवेश दिइने भएको छ । बाँकी सवारी साधनलाई चरणबद्ध रुपमा प्रवेश गर्न दिइने जनाइएको छ ।काठमाडौं प्रवेश गर्दा बढी शुल्क, बाहिरिँदा कमसुरुङ मार्ग प्रयोग गर्ने सवारीका लागि काठमाडौं उपत्यकातर्फ प्रवेश गर्दा र बाहिरिँदा फरक–फरक शुल्क तोकिएको छ । कार तथा भ्यानले प्र
इटहरीः इटहरी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) थपिएको भन्ने प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।उपमहानगरले हालसम्म फोहोर व्यवस्थापन शुल्कमा भ्याट लगाउने वा समावेश गर्ने कुनै निर्णय, सहमति वा सम्झौता नभएको स्पष्ट पारेको छ ।नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार इटहरी उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र वेस्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रालिबीच भएको त्रिपक्षीय सम्झौताअनुसार घरधुरी, उद्योग, पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट दैनिक उत्पादन हुने फोहोरमैला निजी क्षेत्रमार्फत सङ्कलन तथा व्यवस्थापन हुँदै आएको छ ।उपमहानगर
इटहरीः लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत एरिया–४ को सचिवालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । डिष्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरियाले लायन्स भवनमा आयोजित विशेष समारोहबीच सचिवालयको उद्घाटन गर्नुभएको हो ।उद्घाटन समारोहमा एरिया–४ का एरिया चिफ दुर्गाप्रसाद पौडेलले डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत रहेका सातवटा एरियामध्ये एरिया–४ ले सबैभन्दा पहिले सचिवालय स्थापना गरेको बताउनुभयो ।उहाँले सचिवालय सञ्चालनसँगै एरियाभित्रका क्लबबीच समन्वय, सेवा गतिविधि तथा प्रशासनिक कार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरियाले एरिया–४ ले छोटो समयम
इटहरी । आज हरिशयनी एकादशी व्रतको दिन हो । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर पूजा गरिन्छ । आजदेखि चार महिनासम्म विशेष पूजा गरी चर्तुमास व्रत बस्ने गरिन्छ ।ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलको बिरुवा आज तुलसी मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ ।तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
इटहरीः लेन अनुशासन कायम गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न संघ–संस्थाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई ६४ थान ट्राफिक कोन प्रदान गरेका छन् ।ती कोनहरू सडकमा लेन अनुशासन कायम गर्न, सवारी साधनको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रयोग गरिने कार्यालयले जनाएको छ ।इटहरी भेट्रान क्लब, किसान कल्याण बचत तथा ऋण सहकारी, पूर्वाञ्चल बचत तथा ऋण सहकारी, शुभलाभ बचत तथा ऋण सहकारी, प्रशोधित पिउने पानी तथा माछापुच्छ्रे इन्जिनियरिङले ती कोन प्रदान गरेको कार्यालयले जनाएको छ ।सम्बन्धित संस्थाका
इटहरी । मदन पुरस्कार गुठीले वि.सं २०८२ सालको मदन पुरस्कारका निम्ति छनोट भएका उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले एक विज्ञप्ति जारी गर्दै यस वर्षका उत्कृष्ट १० कृतिको नाम सार्वजनिक गर्नुभएको हो ।सार्वजनिक गरिएका कृतिमा सीमा आभासको कृति (महायुग), केशवराज ज्ञवालीको (अज्ञात), केशव दाहालको (इथा), ललित विष्टको (उत्कर्ष), रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी राजभण्डारीको (नेवार समुदायका परम्परागत मुकुन्डोनाच), उमा सुवेदीको (परिधि), श्रवण मुकारुङको (सलह), डा. नवराज केसीको (स्वस्पर्श) र नदीशको (हिउँद) रहेका छन् ।मदन पुरस्कारका
इटहरीः लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत लियो क्लब अफ तरहरा–इटहरी गठन गरिएको छ ।इटहरीमा आयोजित कार्यक्रममा लियो क्लबका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै वक्ताहरूले युवालाई अध्ययनसँगै समाजसेवा र नेतृत्व विकासमा सक्रिय हुन प्रेरित गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि तथा डिष्ट्रिक्ट ३२५ सीका एरिया चिफ दुर्गाप्रसाद पौडेलले युवाको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व सुदृढ बनाउन लियो क्लबमा आबद्ध हुनु आवश्यक रहेको बताउनुभएको थियो ।कार्यक्रममा डिष्ट्रिक्ट चिफ सन्तोष श्रेष्ठ, जोन चेयरपर्सन पवन अधिकारी तथा डिष्ट्रिक्ट गभर्नरका विशेष दूत मुक्तिनाथ घिमिरेले पनि शुभका
काठमाडौंः व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले धार्मिक अभियन्ता वेदिका केसीलाई पक्राउ गरेको छ ।आज बिहान काठमाडौंको जोरपाटीबाट साइबर ब्युरोले पक्राउ गरेको जनाइएको छ ।ब्युरोका अनुसार राधिका दासीको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको हो ।केसी धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिन्थिन् ।केसीविरुद्ध काठमाडौं जिल्ला अदालतले साइबर कसुरमा १ दिनको म्याद थपेको जनाइएको छ ।
इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जङ्गल क्षेत्रमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सवारी साधनका चालकलाई चार दिनपछि प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।गत आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी–७ मा बा २ झ २२२६ नम्बरको गाडीले ठक्कर दिँदा पथरीशनिश्चरे नगरपालिका–१० निवासी ६० वर्षीय गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा लिम्बूको मृत्यु भएको थियो ।दुर्घटना भएको क्षेत्र जङ्गल भएकाले सिसी क्यामेरा नहुँदा घटनामा संलग्न सवारी पहिचान गर्न प्रहरीलाई समस्या भएको थियो । घटनास्थलमा गाडीका केही फुटेका पार्टपुर्जा मात्र फेला परेपछि प्रहरीले ती सामग्रीलाई आधार बनाएर अनुसन्धान अ
इटहरीः लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्दै आएका राजनीतिक तथा सामाजिक बहिष्करणका विषयमा सरोकारवालाबीच सहकार्य र पैरवीलाई प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा पैरवी समूह गठन भएको छ ।कार्यक्रममा प्रदेश सांसद सपना परियार, माइती नेपाल सुनसरीकी प्रमुख सुनिता कार्की, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।कार्यक्रमका सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले समाजमा अझै पनि विभेद, बहिष्करण तथा अवसरको असमानता भोग्नुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सबै सरोकारवालाल