इटहरीः हिजो राति ११ः४० बजे सुनसरीको इटहरीमा नेपाल विद्युत प्राधिकरण कार्यालयको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।इटहरी उपमहानगरपालिका–२० सेउती खोला दक्षिण विद्युत कार्यालय धरानको बा १ ञ १६५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।सो दुर्घटनामा भ्यान चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको हो । चालक राई करार सेवाका कर्मचारी र आचार्य हेल्पर पदका स्थायी कर्मचारी भएको
इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक छ ।मनसुनको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश
इटहरी । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका अध्यक्षद्वयले आइतबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका हुन् । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले सोही दिन पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ ।
इटहरी । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा नियुक्त गरेको छ । प्रेस रजिष्टारमा लीलाराज भट्टराई नियुक्त हुनुभएको छ ।कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम उहाँहरूलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।प्रेस रजिस्ट्रार सिफारिश समितिको सिफारिशका आधारमा मन्त्रिपरिषद् बैठकले प्रेस रजिस्ट्रारमा भट्टराईलाई नियुक्त गरेको हो । सो पदका लागि ९ जनाले आवेदन दिएकामध्ये ७ जना अन्तर्वार्ताम
इटहरी । आज बिहानै काठमाडौंका तीन सञ्चारगृहको मूल गेटमा सवारी साधन पार्किङ गरी सञ्चारगृहमा प्रवेशमा अवरोध गराउने कार्यको अनुसन्धान गरी सो कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।प्रेस विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विपिनकुमार आचार्यले स्वतन्त्र पत्रकारिता नै लोकतन्त्रको प्राणवायु रहेको भन्दै सञ्चार जगतलाई भयरहित वातावरणमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भत्र्सना गर्दछ,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको
दिक्तेलः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरमा परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोको ‘तीनपाने’ मदिरालाई ब्रान्डिङ र लेबलिङ गरी नयाँ व्यावसायिक पहिचान दिएको छ ।नगर प्रमुख विमला राईको विशेष पहलमा शुरु भएको सो अभियानले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । नगरपालिकाले यसअघि नै महिला आमा समूहहरूलाई कोदोको तीनपाने बनाउने तालिमका साथै आवश्यक परम्परागत सामग्रीहरू वितरण गरेको थियो ।तालिमप्राप्त व्यक्तिले बनाएको सो मदिराको गुणस्तर, शुद्धता र अल्कोहलको मात्रामा एकरूपता ल्याउन नगरपालिकाले दुईवटा होमस्टेहरूसँग विशेष सम्झौता गर्
इटहरी । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।उहाँले सरल नेपाली भाषामा अनुवाद गरेको रामायण नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको भनी उच्च सम्मान दिइन्छ ।वि.सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तले रामायणका साथै ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, का साथै फुटकर कविता लेख्नुभएको थियो । सरकारले आचार्यलाई राष्ट्रिय विभूतिको सम्मान दिएको छ ।भानु
राजविराजः सप्तरीको राजविराज नगरपालिका–११ स्थित कोशी पम्प नहरको बाँध भत्किँदा दुई बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । जसका कारण धानबालीसहितको बालीनालीमा क्षति पुगेको किसानले बताएका छन् ।प्रभावित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग स्थानीयले माग गर्नुका साथै तत्काल भत्किएको बाँध मर्मत गरी थप क्षति हुनबाट रोक्नुपर्ने बताएका छन् ।
इटहरी । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र बाँकी हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वषा र हिमपातको सम्भावना रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा
विराटनगरः कीर्तिपुरको होल्डिङ सेन्टरमा शनिबार भएको जेनजी अभियन्ता पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्ना बसेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कार्यालयको मूल गेटमै धर्नामा बसेकालाई सम्झाइबुझाइ गर्दा पनि नमानी प्रहरीको काम कारबाही तथा सवारी साधन आवतजावतमा बाधा पुर्याएका कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएकाहरूमा अमेरश माली, कृष्ण यादव, मो. दिल, मो. अकबर, रोहित सहनी, मोहमद सहनी, मोहमद अफरोज, अंकित राजवंशी, आसिफ उमर, चाँद चाहिद, अफताव सेख, अरमान सेख, दिपेशकुमार राय, रिहान सेख, मेहबुब आलम, सारुखान शर्मा, तौफिक उमर, आसिफ सेख, सचिनकुमा