बेलबारीः बेलबारी साहित्य विकास समितिले आयोजना गरेको ‘द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारले जित्नुभएको छ ।भगवती मावि बेलबारी–३ मा अध्ययनरत परियारले १० जना प्रतियोगीलाई उछिन्दै उपाधि हात पार्दा भगवती माविकै छात्रा मनु राई दोस्रो, बेलबारी–४ मा रहेको कसेनी माविकी छात्रा दिनिसा कुलुङ राई तेस्रो तथा बेलबारी–१ मा रहेको भानु मेमोरियल स्कुलकी छात्रा कृपा सुवेदीले सान्त्वना पुरस्कार जिते ।विजयी कविहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।विद्यालय तहमै बालबालिकामा साहित्यिक चेतना, सृजनशीलता र अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको
इटहरीः श्रीपाली बस्नेत समाज, कोशी प्रदेशको प्रथम अधिवेशनले अधिवक्ता सानु बस्नेतलाई प्रदेश अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।इटहरीमा सम्पन्न प्रदेश अधिवेशनले धनकुटाकी बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सूर्यकुमार बस्नेत (संखुवासभा), सचिवमा नवीन श्रीपाली बस्नेत (तेह्रथुम), कोषाध्यक्षमा युवराज बस्नेत (सुनसरी), सहसचिवमा ईन्दिरा श्रीपाली (धनकुटा), सहकोषाध्यक्षमा पवित्रा बस्नेत (झापा) चयन हुनुभएको छ ।११ सदस्यीय समाजको सदस्यहरुमा वासुदेव बस्नेत (मोरङ), उमेश बस्नेत (सुनसरी), भरत बस्नेत (धनकुटा), सोभित बस्नेत (सुनसरी) लगायतलाई अधिवेशनले चयन गरेको छ ।श्रीपाली बस्
लेटाङः लेटाङ नगरपालिकामा उद्धार तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । लेटाङ–५ मा निर्माण गरिएको उद्धार तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र नेपाली सेनाको पूर्वी पृतना तालिम शिक्षालयका शिक्षाध्यक्ष सगनजंग कार्कीले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो ।विभिन्न विपत् तथा महामारीको समयमा मानिसहरुलाई उद्धार गरी आश्रय दिने उद्देश्यले निर्माण गरिएको उद्धार केन्द्रलाई अन्य समयमा ज्येष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रको रुपमा सञ्चालन गर्ने बताइए
विराटचोकः पीएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सामुदायिक सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम भएको छ ।सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा फुटबल मैदान र आसपासका क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाइएको थियो । साथै, मैदान परिसरमा रहेका झाडी तथा अनावश्यक वनस्पति हटाई खेलाडीहरूका लागि थप सुरक्षित र सहज खेल वातावरण निर्माण गरिएको आयोजकले जनाएको छ ।कार्यक्रमकै अवसरमा खेलाडीहरूको सुविधा तथा विश्रामलाई ध्यानमा राख्दै मैदानमा सानो ट्रस निर्माण गरी स्थानीय समुदायलाई ह
केराबारीः हिजो जेठ १८ गते केराबारी गाउँपालिकाका प्रवक्ता नारायणप्रसाद भुजेलज्यूको अध्यक्षतामा पालिकाको चालु आर्थिक वर्षको कार्यप्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रमको प्रथमिकता बारे छलफल भएको छ ।कार्यक्रममा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, निवर्तमान उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेल, मस्यौदा समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, राजनीतिक दलका पालिका प्रमुख तथा प्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।२ चरणमा सञ्चालन भएको कार्यक्रमको पहिलो चरणमा विषयगत शाखा प्रमुखहरु तथा दोस्रो चरणमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उ
इटहरी । यस वर्ष जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ ।अधिकमासको कथामा वर्णन गरेअनुसार मलमासमा मालपुवा चढाउने र दान गर्ने चलन छ । मलमासमा ३३ देवताहरूलाई सम्झी अपूपदान अर्थात् मालपुवा दान गरिन्छ ।मलमासमा रसवरी, जिलेबी, लड्डु, लालमोहन, पेडा आदि अरू कुनै खानेकुरा वा पक्वान्नहरू नभई मालपुवा नै हुनुपर्ने विशेष प्रावधान छ । पुरुषोत्तम महिनामा मालपुवा नै किन चाहिन्छ भन्ने हुन सक्छ । मालपुवालाई श्रीकृष्ण भगवानको प्रिय पक्वान्नको रूपमा लिइएको छ ।त्यस्तै मालपुवामा देखिने थुप्रै प्वालहरूले गर्दा हामी र हाम्रा पूर्वजहरूले नर्कमा जानुपर्दैन, स्वर्ग प्रा
दुलारीः बौद्धिक अपाङ्गता अभिभावक संघ मोरङको आयोजना तथा बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको सहकार्यमा सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक “हाम्रोबारे निर्णय हामीसँगै, हामीलाई बुझेर” भन्ने नारासहित बौद्धिक अपाङ्गता दिवस मनाइएको छ ।कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फिल्ड अफिसर उर्मिला सुवेदीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको जिम्मेवारी राज्यले पनि लिनुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारीमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यपालिका सदस्य रुकमणि घिमिरे, सुन्दरहरैंचा नगरपालि
विराटचोकः सन् २०१२ र २०२२ मा सफलतापूर्वक क्षेत्रीय सम्मेलन आयोजना गरिसकेको अनुभवलाई आधार बनाउँदै सन् २०२८ मा इन्द्रपुर जेसीजले नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने लक्ष्यसहित प्रारम्भिक तयारी अगाडि बढाउने निर्णय गरेको छ ।सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा भएको इन्द्रपुर जेसीजको दोस्रो सञ्चालक समिति बैठकले सन् २०२८ को राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको अध्यक्ष समीर बस्नेतले जानकारी दिनुभयो ।मोरङको सुन्दरहरैँचा–४ स्थित गोदावरी रिसोर्टमा इन्द्रपुर जेसिज वर्ष २०२६ को दोस्रो सञ्चालक समिति बैठकले हालसम्म सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्यक्रम तथा भावी कार्य
इटहरी । जेठ महिनाभर अधिकमास अर्थात् पुरुषोत्तम मास (मलमास) रहेको छ । अधिकमासमा केही आचरणमा बस्नुपर्ने विषय पुराणहरुमा उल्लेख गरिएको छ । मलमास सके एक महिना, नसके १५ दिन, नभए सात दिन त्यो पनि नसक्नेले तीन दिन अनिवार्य बार्नुपर्ने बताइएको छ ।मलमासमा गर्न नहुने भनिएका कुराः–मलमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि निषेध गरिएको छ ।–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटीहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म गर्नु हुँदैन भनिएको छ ।–गृहारम्भ,
इटहरी । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवस मनाइन्छ ।नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेर सदस्य देश बनिसकेको छ ।पछिल्लो समय सार्वजनिक ठाउँमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान भए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकेको छैन ।