काठमाडौंः हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयकै सोफामा सुतेका छन् ।मन्त्रालयको सोफामा सिरक ओढेर सुतेको फोटो उनले आज बिहान फेसबुकमा राख्दै ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ भनेर लेखेका छन् ।सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री बिहीबार साँझ आफ्नो टोलीसहित स्थलगत अनुगमनमा विमानस्थल गएका थिए ।अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए ।
काठमाडौंः सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकारले सरकारी सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ ।अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने भन्ने बेहोराको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको हो ।शाखा अधिकृत विनोद रेग्मीले सचिवस्तरबाट बुधबार भएको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन गर्नुपर्ने भनी परिपत्र पठाएका हुन् ।सरकारी विज्ञापन
विराटनगर — सामाजिक संस्था हाम्रो प्रयास (Our Effort) र विराटनगर महानगरपालिका–७ को संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँचदिने सीपमूलक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।चैत्र १५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको उक्त तालिम विराटनगर–७ स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको थियो। तालिममा २० जना सहभागीको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन वडा नं. ७ का वडा अध्यक्ष मधु बाबु तिवारीले प्रमुख अतिथिको रूपमा गर्नुभएको थियो भने कार्यक्रम संस्थाकी अध्यक्ष सावित्री ढकालको सभापतित्वमा सम्पन्न भएको हो।समापन कार्यक्रममा हाम्रो प्रयासका सल्लाहकार तथा पूर्व महान्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराल
काठमाडौंः नेपाल निर्माण व्यवसायी महासंघको जारी महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भएका छन् ।सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का निकोलस पाण्डे प्यानलका हुन् ।हिजो उम्मेद्वारी दर्ताको कार्यक्रममा लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा खड्काको एकल उम्मेद्वारी परेको थियो ।निर्माण व्यवसायीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको प्रत्याभूति र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएर खड्का चुनावको तयारीमा जुटेका थिए ।महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा कालिका कन्स्ट्रक्सनका निर
काठमाडौंः प्रज्ञा भवन कमलादीमा नेपाल निर्माण व्यवसायी महासंघको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।महाधिवेशनमा अध्यक्ष पदमा कालिका कन्स्ट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामाको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेद्वारी दर्ता भएको छ ।पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेद्वारी दिएका छन् ।प्रमोद लामिछानेले स्वतन
काठमाडौंः आज बिहान स्थानीय समय अनुसार ६ बजेर ४८ मिनेट जाँदा इन्डोनेसियाको मोलुका टापु नजिकै ७.४ म्याग्निच्युटको भूकम्प गएको छ । सो भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको बताइएको छ ।भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको छ । सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर भित्र रहेका इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको बताएको छ ।
इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा मालपोत कार्यालय र इटहरीस्थित यातायात व्यवस्था कार्यालय परिसरमा संयुक्त रूपमा अभियान चलाउँदै १७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।हिजो बुधबार इनरुवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरबाट १३ जना बिचौलियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सेवाग्राहीको काम छिटोछरितो गरिदिने भन्दै अवैध रूपमा रकम असुल्ने गरेको गुनासोपछि प्रहरी निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले रामधुनी–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५
इटहरी । थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजीमा क्रमशः रूपान्तरण गर्ने गरी नेपाल टेलिकमले कार्य अघि बढाएको छ ।नेपाल टेलिकमले थ्रीजी सिम प्रयोगकर्ता ग्राहकहरूलाई सिम परिवर्तनका लागि फोन तथा एसएमएस मार्फत जानकारी गराइरहेको छ । सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्ने व्यवस्था टेलिकमले गरेको हो ।ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सेवा अद्यावधिक गर्न सकिने टेलिकमले जनाएको छ । फोरजीमा सिम परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै आ
काठमाडौं: प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन एनपीएल प्रेस डटकम सूचीकरणबाट हटाउनुका साथै कालो सूचीमा राखेर सूचीकरणबाट हटाएको छ ।काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार समेत गरेको छ ।खड्काले गत आइतबार एमालेको एक कार्यक्रममा लुगा खोलेर आओ आओ भन्दै एमाले कार्यकर्ताहरुसँग भिड्न तम्सिएको भिडिओ भाइरल भएको थियो ।
इटहरी । आज अप्रिल फुल अर्थात् मूर्ख दिवस हो । हरेक वर्षको अप्रिल १ मा अरुलाई मूर्ख बनाउने (ढाँट्ने) गरिन्छ । यो दिवसको मर्मविपरीत गलत तरिकाले व्याख्या भएपछि दिवसलाई त्यत्ति महत्वका साथ मनाइँदैन ।यस पटक भने नेपाल प्रहरीले नै सर्वसाधारणलाई मूर्ख बनाएको (ढाँटेको) छ । आज अप्रिल फुलको अवसरमा सचेतना अभियान चलाउँदै प्रहरीले आफ्नो सामाजिक सञ्जालमा एउटा क्युआर कोड सार्वजनिक गरेको छ ।‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?, सुनिश्चित गर्न क्यु आर कोड स्क्यान गर्नुहोस्’ लेखिएको क्यु आर प्रहरीले सामाजिक सञ्जालमा राखेको छ । सो क्यु आर कोड स्क्यान गरेपछि अप्रिल फुल भन्दै तपाईँले स्क्यान गर