समाचार

    Showing ७२१-७३० of ६,००६ items.
  • काठमाडौंका पूर्व प्रजिअ छवि रिजाल पक्राउ

    काठमाडौंः जेनजी आन्दोलनको समयमा काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिश गरेको थियो । आयोगकै सिफारिशका आधारमा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक शनिबार नै पक्राउ परिसकेका छन् । 

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १५२ पटक पढिएको
  • आज र भोलि वर्षा, हिमपात र हावाहुरीको सम्भावना

    इटहरी ।  आज र भोलि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी र असिना सहित मध्यम वर्षा र हिमपातको स

    • प्रकाशित मितिः चैत १७, २०८२
    • २२० पटक पढिएको
  • आज महावीर जयन्ती

    इटहरी ।  आज चैत्र शुक्ल त्रयोदशीको दिन महावीर जयन्ती मनाइँदै छ । विश्वभरका जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक आजको दिनलाई महावीर जन्मकल्याणकका नामले मनाउँछन् ।करिब २ हजार ६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत विहारको मुजफ्फरपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै वर्धमान पछि महावीर स्वामी बनेका थिए ।महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यस

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १४७ पटक पढिएको
  • यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया नियन्त्रणमा

    काठमाडौंः प्रहरीले आज यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सेवाग्राहीलाई छिटो काम गरिदिने बहानामा रकम असुल्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले ‘स्पट अपरेशन’ सञ्चालन गर्दै पक्राउ गरेको जनाइएको छ । कार्यालय परिसरमै सक्रिय भएर ‘फास्ट ट्रयाक’को नाममा सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएर कारबाही अघि बढाएको जनाएको छ ।पक्राउ परेकाहरूलाई अहिले प्रहरी वृत्त सातदोबाटोमा राखेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सार्वजनिक सेवा कार्यालयहरूमा बिचौलियाको प्रभाव बढ्

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २६८ पटक पढिएको
  • बाँदर व्यवस्थापनको माग गर्दै खोटाङमा किसानद्वारा प्रदर्शन

    दिक्तेलः खोटाङका किसान खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारेर उठिबास पारेको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।उनीहरु हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नाराबाजी गर्दै दिक्तेल बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १६१ पटक पढिएको
  • घर निर्माण प्रदर्शनीमा भीड: दैनिक हजारौं उपभोक्ताको सहभागिता

    विराटनगर — उद्योग संगठन मोरङको आयोजनामा चैत १२ देखि १६ गतेसम्म सञ्चालन भइरहेको घर निर्माण प्रदर्शनीमा उपभोक्ताको उल्लेखनीय भीड देखिएको छ। स्वदेशी निर्माण सामग्रीको प्रवर्द्धन र आत्मनिर्भर निर्माण क्षेत्रको लक्ष्यसहित पहिलोपटक आयोजना गरिएको प्रदर्शनीप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ।शनिबार बिदाको दिन प्रदर्शनीस्थलमा झनै भीड देखिएको थियो। ८० भन्दा बढी स्टलमा निर्माण सामग्री, टाइल–मार्बल, सीसी टिभी, बैंकिङ, बीमा र वास्तुसम्बन्धी सेवाबारे जानकारी लिन उपभोक्ता उत्साहित देखिएका थिए।बेम्बु आर्किटेक्टका निर्देशक इन्द्र कामतका अनुसार दिगो र सुरक्षित घर निर्माणप्रति उपभोक्ताको चासो बढ्दो छ। यस्तै, प

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २५५ पटक पढिएको
  • आवेदन दिएकै दिन पुनः श्रम स्वीकृति पाइने

    काठमाडौंः पुनः श्रम स्वीकृतिको आवेदन दिएकै दिन स्वीकृति पाइने गरी वैदेशिक रोजगार विभागले क्यू फ्री गरेको छ । श्रममन्त्री दीपककुमार साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै आइतबार आवेदन दिएकै दिन श्रम स्वीकृति दिने निर्णय गरेका थिए । अहिले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन कार्यालय धाउन पर्दैन, अनलाइनबाटै लिन पाइन्छ । तर, यसका लागि तोकिएको कागजात भने पूरा गर्नुपर्छ । पुनः श्रम स्वीकृतिका लागि पासपोर्ट साइजको फोटो, राहदानी, भिसाको स्क्यान कपी, अध्यागमनले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान आवश्यक पर्छ ।यसका साथै वैदेश

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २२० पटक पढिएको
  • देशका हिमाली र पहाडी भेगमा आज पनि वर्षाको सम्भावना

    इटहरी ।  हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहिरहेका कारण आज पनि देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भूभाग, लुम्बिनी, कर्णाली र सु

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १२८ पटक पढिएको
  • सुदूर पश्चिमबाहेकका प्रदेशका हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

    इटहरी ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशका हिमाली भूभागमा साधरणतया बाद

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १९० पटक पढिएको
  • नयाँ सदस्यलाई अभिमुखीकरण तालिम दिँदै इन्द्रपुर जेसीज

    विराटचोकः शनिबार इन्द्रपुर जेसीजले नयाँ सदस्यहरूलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । आफ्नो सचिवालयमा आयोजित कार्यक्रममा ३० जना इन्द्रपुर जेसीजका र २० जना इन्द्रपुर जुनियर जेसीजका गरी ५० जना नयाँ सदस्यहरूलाई औपचारिक रूपमा आबद्ध गराई अभिमुखीकरण तालिम दिइएको हो ।इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष उत्सव र तथा पूर्व अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्षका सल्लाहकार कृष्णप्रसाद ओझाले अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।उहाँहरूले संस्थाको लक्ष्य, उद्देश्य र कार्यप्रणालीबारे जानकारी गराउनुका साथै नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी प्रशिक्षण

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल