काठमाडौंः प्रहरीले काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलालाई पक्राउ गरेको छ ।युगाण्डाका बासिन्दा उनीहरूले ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो ।प्रहरीका अनुसार बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई आवश्यक अनु
इटहरीः सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट शुरु भएको आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायतका स्थानीय तहका वारुणयन्त्रका साथै सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो ।
इटहरीः सुनसरीको इटहरी– ६ मा रहेको पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरमा आज आगलागी भएको छ ।आज बिहान शुरु भएको सो आगलागीको कारण खुल्न सकेको छैन । आगलागीको कारण सो क्याफे वरपरका र टाँसिएका घरहरू जोखिममा परेका छन् । आइसक्रिम पार्लरको भान्सा कोठाबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, इलाका प्रहरी कार्यलाय इटहरी , इटहरी उपमहानगरपालिकाका नगरप्रहरी तथा स्थानीय र सुनसरीका विभिन्न पालिकाका दमकलले प्रयास गरिरहेका छन् ।आगलागीको कारण खुलेको छैन । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
इटहरी । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ ।हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
इटहरी । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म मोरङको सुन्दरहरैंचामा रहेको कृष्ण प्रणामी मन्दिर सलकपुरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने भएको छ ।कृष्ण प्रणामी मन्दिर सेवा आश्रमको स्वर्ण जयन्तीका अवसरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने प्रचारप्रसार उपसमितिका संयोजक शिवलाल भट्टराई (शरण)ले जानकारी दिनुभयो ।अन्तरराष्ट्रिय धार्मिक महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठपारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्णकथा ज्ञानमहायज्ञ, सन्त सम्मेलन तथा विविध धार्मिक, सांस्कृतिक कार्यक्रम आयोजना हुने बताइएको छ ।
इटहरी । चैत लागेसँगै मोरङका ४ वटा पालिकाका फार्ममा बर्ड फ्लु पुष्टि भएको छ । कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङका फैलिएपछि किसान र उपभोक्तामा त्रास छाएकोे छ ।भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार आइतबार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फर्ममा संक्रमण पुष्टि भएको छ ।यसअघि सुन्दरहरैँचा–४ को हलेसी महादेव कृषि फार्म र बुढीगंगा कृषि फार्म, उर्लाबारी–८ को अँठियावारी कृषि फार्म, कटहरी–२ को ई टु जेड पोल्ट्री फार्म र कटहरी–६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएको थियो ।संक्रमण फैलिन नदिन संक्रमित फार्मका सबै कुखुरा, अण्डा, दाना
डोटीः डोटीको आदर्श गाउँपालिका–६ रौसेल्लामा भएको दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो । जीप रोकायाले चलाएका थिए । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जीप घुम्तीबाट करिब ९०० मिटर तल सायली गाडमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाडौंः निर्देशन उल्लङ्घन गरेको जनाउँदै नेपाल बीमा प्राधिकरणले तीन जीवन बीमा कम्पनी र एउटा निर्जीवन बीमा कम्पनीलाई कारवाही गरेको छ ।नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई कारवाही गरिएको प्राधिकरणले जनाएको छ । ती कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको बताइएको छ ।हिल्टन होटल पुनर्बीमाको विवादमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतसहित हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बीमा दलाल)ले पनि कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको छ
विराटनगर । चलचित्र पत्रकार संघ नेपाल (कोशी प्रदेश) को तेस्रो अधिवेशन सम्पन्न भएको छ। चैत्र ९ गते विराटनगरस्थित मुनालपथको रुबिज होटलमा आयोजित अधिवेशनमा चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न अधिवेशनले चलचित्र पत्रकारिताको विकास, पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि तथा चलचित्र उद्योगसँग सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरेको जनाएको छ।उद्घाटन सत्र तत्कालीन अध्यक्ष सञ्जु राईको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाली च
बेलबारीः शुक्रबार र शनिबार कोसी साहित्य कला परिषद् नेपालको आयोजनामा ‘साहित्यिक सद्भाव यात्रा’ भएको छ ।भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका झापाका विभिन्न सङ्घसंस्था तथा स्रष्टालाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको परिषद्ले जनाएको छ ।शुक्रबार ऐतिहासिक तथा पर्यटकीय क्षेत्र विराट पोखरमा झापाली साहित्य समाज, बिर्तामोड, झापा, मुख्य आयोजक र विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समिति सहआयोजक रहेको ‘शब्द यात्रा’ कार्यक्रमको संयोजन कोसी साहित्य कला परिषद्ले गरेको थियो ।कार्यक्रममा झापा, मोरङ, सुनसरी तथा भारतका समेत स्रष्टाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमम