इटहरी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।जसका कारण आज गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरू तथा बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी
भेडेटारः धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको उपचारको क्रममा हिजो निधन भएको छ ।५५ वर्षीय लिम्बू आन्द्राको क्यान्सरबाट पीडित थिए । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।पालिका अध्यक्ष जितेन्द्र राईका अनुसार ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगको उपचारमा थिए । केही महिनादेखि उनी भारतमा उपचाररत रहेका थिए । उपचारकै क्रममा उनको भारतको दिल्लीमा निधन भएको हो ।वडाध्यक्ष लिम्बूको निधनको शोकमा गाउँपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
सुनसरी - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार रामप्रसादराई गाउँपालिका ७५.६८ अंकसहित भोजपुर जिल्लामा पहिलो र कोशी प्रदेशमा तेस्रो स्थानमा परेको छ।कोशी प्रदेशका ८८ गाउँपालिकामध्ये रामप्रसादराइ गाउँपालिका पहिलो स्थानमा रहेको छ भने देशभरका ७५३ स्थानीय तहमध्ये २१ औँ स्थान हासिल गरेको आयोगले जनाएको छ।गाउँपालिका अध्यक्ष थाम बहादुर राई ले यो उपलब्धि कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीको सामूहिक प्रयासको परिणाम भएको बताउँदै आगामी वर्ष अझ राम्रो नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विराटनगरः पैदल हिँडिरहेका दुई जना भारतीयबाट प्रहरीले ११ किलो गाँजा बरामद गरेको छ ।आज दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–३ बाट भारतको अररिया जिल्ला घर भएका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंहलाई पक्राउ गरेको हो ।पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।सई सुवास अधिकारी नेतृत्वको प्रहरी टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिएर साथमा रहेको निलो झोला खानतलासी गर्दा झोलाभित्र लुकाएर राखिएको ११ किलो गाँजा बरामद भएको थियो ।मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज
इटहरीः पालिकाको दशौं स्थापना दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।चक्रघट्टीस्थित नगरपालिकाको कार्यालय परिसरमा भएको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।हिजो बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
इटहरी । आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदी प्रति तोला २० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य प्रतितोला ५ हजार ४९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।हिजो सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा २०५ रुपैयाँ घटेको थियो ।
दमकः राति आएको हावाहुरीले लडाएको रुखले किचेर झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ पाराखोपीकी १७ वर्षीया आरती राजवंशीको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफ्नै घरमा सुतिरहेका बेला घरमाथि आँपको रुख ढल्दा आरतीको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।परिवारको अरु सदस्यको भने उद्दार गरिएको बताइएको छ ।
इटहरी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा आज बिहान ३ बजे निधन भएको हो ।उनको पार्थिव शरीरलाई गुण्डुस्थित निवासमा लगिने र पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
विराटनगरः हालै सम्पन्न प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा कोशी प्रदेशमा १ लाख ३० हजार ८४७ मत बदर भएको छ । जुन प्रदेशमा खसेको मतको ६ दशमलव २८ प्रतिशत हो ।फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको थियो ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार सबैभन्दा धेरै मोरङ क्षेत्र नं. ५ मा १०.४४ प्रतिशत मत बदर भएको छ । ७५ हजार ५६५ मत खसेको सो क्षेत्रमा ७ हजार ८८९ मत बदर भएको हो । सबैभन्दा कम बदर मत झापा–५ मा ३.९६ प्रतिशत रहेको छ ।ताप्लेजुङमा २ हजार ६८६, पाँचथरमा ३ हजार ८९७, इलाम–१ मा ४ हजार ५६६ र इलाम–२ मा ३ हज
इटहरी । पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज देशका चार प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भेगमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ ।त्यस्तै, कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्या