चरिकोटः दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदानस्थलमा विवाद भएपछि हवाइ फायर भएको छ ।निर्वाचनमा खटिएका कर्मचारीमाथि मतदानका क्रममा हातपात भएपछि सुरक्षाकर्मीले हवाइ फायर गरेका हुन् ।
गाईघाटः सुरक्षाकर्मी लडेपछि उनले बोकेको बन्दुकबाट निस्किएको गोली लागेर उदयपुरको कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा एउटा मतपेटिकामा क्षति पुगेको छ ।इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्केको हो । गोली पड्किँंदा मतपेटिकामा क्षति भए पनि सो मतपेटिकामा खसेको ४ वटा मतपत्र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।घटनापछि अर्को मतपेटिकामा राखेर अहिले मतदान शुरु भइसकेको प्रहरीले बताएको छ ।
इटहरी । आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान हुँदैछ । मतदान अपराह्न्न ५ बजेसम्म जारी रहनेछ ।राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य ६ प्रकारका कागजातका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ । तर कतिपय ठाउँमा झुक्याएर वा अन्य उपायले अर्कैको नाममा मतदान गर्ने प्रवृत्ति पनि हुन्छ ।आफ्नो नाममा अर्कैले मतदान गरेमा निर्वाचन आयोगले वैकल्पिक व्यवस्था गरेको हुन्छ । नक्कली मतदाताले खसाल्ने मत मतपेटिकामा पुगिसक्ने तर उसले खसालेको मत कुन हो भनेर छुट्याउन सक्ने अवस्था नहुने हुनाले पहिले खसालेको मत रद्द गर्न सम्भव हुँदैन र गरिँदैन पनि ।
काठमाडौंः आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने भएको छ ।नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म शटल बस सेवा उपलब्ध गराइने भएको हो । उक्त सेवा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउन सेवा सञ्चालन गर्न लागिएको
काठमाडौंः प्रतिनिधिसभा निर्वाचनको तयारीबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने निर्णय गरेको छ ।निगमले मतदाता र आम नागरिकलाई इन्धनको अभाव नहोस् भनी विशेष व्यवस्थाको तयारी गरेको हो । निगमका अनुसार कोशी प्रादेशिक कार्यालय (विराटनगर) २२ र २४ गते, मधेस प्रादेशिक कार्यालय (अमलेखगञ्ज) १९, २० र २३ गते खुला रहने भएका छन् ।बाग्मती प्रादेशिक कार्यालय (थानकोट) १८, २० र २३ गते, गण्डकी प्रादेशिक कार्यालय (पोखरा) २०, २३ र २४ गते, लुम्बिनी प्रादेशिक कार्यालय (भैरहवा) १७, १८, २० र २३ गते, कर्णाली
पथरीः सुन्दरहरैंचा–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईँ र झापाको दमक नगरपालिका वडा नम्बर ५ बस्ने ३७ वर्षीय सुमन पौडेल कानेपोखरीबाट पक्राउ परेका छन् ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सँग आबद्ध उनीहरु निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकमा चुनाव बिथोल्ने गतिविधि गर्दै हिँडेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल फोन ५ थान, पार्टीको झण्डा १ थान र निर्वाचनविरोधी १०७ थान पर्चा तथा पम्पलेट बरामद गरेको बताइएको छ ।
विराटनगरः नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको नियमित मासिक रचनावाचन कार्यक्रम शनिबार दाहाल प्रतिष्ठानको भवनमा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष भुपाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतापनिधी शर्मा स्मृति कोषका संस्थापक अध्यक्ष अग्रज साहित्यकार लक्ष्मण नेवटियाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल तथा विशेष अतिथिका रुपमा संगम मासिक पत्रिकाका सम्पादक रामबाबु दाहाल, विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख शिवनारायण सिङ्गल, कोसी साहित्य–कला परिषद्का
काठमाडौंः मोलुङ हाइड्रोपावर लिमिटेडको लक इन अवधि फागुन १८ गते समाप्त भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित शेयर र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित कुल ५३ लाख ५१ हजार ७० सय कित्ता शेयरको लक इन अवधि फागुन १८ गते समाप्त भएको हो ।कुल शेयर सङ्ख्यामा संस्थापक समूहको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीका लागि सुरक्षित ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ८ लाख २ हजार ५ सय कित्ता शेयर रहेको छ ।कम्पनीले सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने जनाइएको छ ।
इटहरी । नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम सफा रहनेछ ।
इटहरी । मतदातालाई निर्वाचन आयोगले मतदानका दिन मतदान गर्न जाँदा आवश्यक कागजात लिएर जान आग्रह गरेको छ ।आयोगका अनुसार मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लैजानुपर्छ । मतदाता परिचयपत्र नभए निर्वाचन आयोगले तोकेकामध्ये अन्य कुनै एक कागजात लिएर जानुपर्छ ।नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ ।मतदान स्थलमा पुगेपछि मतदान कार्यमा खटिएका कर्मचारीलाई आफ्नो मतदाता परिचयपत्र वा आयोगले तोकेको कागजात देखाउनुपर्ने बताइएको छ ।गर्भवती, अपाङ्गत