समाचार

    Showing ८८१-८९० of ६,००६ items.
  • चट्याङ लागेर १ बालिकाको मृत्यु, २ जना घाइते

    गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।हिजो दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ वर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तीमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगरको उपचार भइरहेको छ ।उनीहरु तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो ।

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • ३५४ पटक पढिएको
  • देशभरका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    इटहरी ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण पूर्वदेखि सदूरपश्चिमसम्मका हिमाली र पहाडी भूभागहरूमा वर्षा र हिमपात भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार संखुवासभाको नुम मापन केन्द्रमा सबैभन्दा धेरै ३७.४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै ताप्लेजुङमा २९ मिलिमिटर, भोजपुरको दिङ्लामा १३.८, सिन्धुपाल्चोकको सेर्माथाङमा २९.२ मिलिमिटर, चौतारामा १७.२ मिलिमिटर, ललितपुरको गोदावरीमा १४.४ मिलिमिटर, नुवाकोटमा १३.२ मिलिमिटर, गोरखाको ताकुकोटमा १३ मिलिमिटर, पर्वतको कुश्मामा २०.६ मिलिमिटर, म्याग्दीको बेनीमा १० मिलिमिटर, रोल्पाको रूलबाङमा ३३.३ मिलिमिटर वर्

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • ३०७ पटक पढिएको
  • निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने, पर्यटकलाई सटल बस सुविधा उपलब्ध हुने

    काठमाडौंः प्रतिनिधिसभा निर्वाचनको दिन फागुन २१ गते आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा चल्ने भएका छन् ।नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एड्भाइजरी जारी गर्दै यसबारे जानकारी गराएको हो । बोर्डले निर्वाचनको समयमा पनि नेपाल पर्यटकका लागि खुला रहने र सुरक्षित रहने भन्दै त्यसका लागि सरोकारवाला निकायसँग समन्वय समेत गरिरहेको बताएको छ ।बोर्डले निर्वाचनको दिन विमानस्थलदेखि होटल र होटलदेखि विमानस्थलसम्म सटल बस सेवा प्रदान गर्न इच्छुक कम्पनीका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पासको व्यवस्था गर्न आवश्यक सिफारिशपत्र समेत दिन सम्पर्क व्यक्ति तोके

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २३९ पटक पढिएको
  • राजधानीसहित विभिन्न जिल्लामा पर्याे असिना पानी, सबैभन्दा धेरै वर्षा संखुवासभामा

    खाँदबारीः पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका हिमाली तथा पहाडी जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ ।विभागको आज साँझको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा सबभन्दा बढी संखुवासभामा ३६.८ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ ।ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०.६ म्याग्दीमा १०.६, प्युठानमा १३.८, रोल्पामा २०.८, ललितपुरमा १३.२, काठमाडौंमा २.६, भक्तपुरमा ३.४ र दोलखामा ८.४ मिलिमिटर वर्षा भएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३३९ पटक पढिएको
  • मतदान सकिएको २४ घण्टाभित्र परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी

    काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले मतगणना प्रक्रिया छिटो र प्रभावकारी रूपमा अघि बढ्ने आयोगको विश्वास छ ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका सङ्कलनदेखि गणनासम्मको सम्पूर्ण प्रक्रिया व्यवस्थित ढङ्गले सञ्चालन गरिने जानकारी दिए । उनले प्रत्यक्षतर्फको परिणाम २४ घण्टाभित्र घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।समानुपातिकतर्फको मतपरिणाम भने एक–दुई दिनभित्र सार्वजनिक हुने जनाइएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३१९ पटक पढिएको
  • निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    इटहरी ।  आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिश गरेको थियो ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३१० पटक पढिएको
  • सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील

    इटहरीः सुनसरीका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन् । भारतसँग सीमा जोडिएका स्थानीय तहका अधिकांश मतदान स्थल अति संवेदनशील सूचीमा रहेका हुन् ।जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसाबले अति संवेदनशील ठानिएको छ ।सीमावर्ती भेगमा पर्ने ती पालिकाका सबै मतदान स्थल सुरक्षाका हिसाबमा अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै, दुहबी नगरपालिकाको ६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनर

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २६२ पटक पढिएको
  • आज पहाडी र हिमाली भूभागमा वर्षा तथा हिमपातको सम्भावना

    विराटचोकः पश्चिमी वायुको आंशिक प्रभाव नेपालमा रहिरहेको हुनाले आज तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा ह

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३२१ पटक पढिएको
  • उदयपुरमा भएको बस दुर्घटनामा १५ जना घाइते

    गाईघाटः आज दिउँसो १२ बजे उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी जोगी टोलमा भएको यात्रुवाहक बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ‘ओखलढुंगे’ बस ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको प्रहरीले जनाएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत पर्ने उक्त ओरालो सडक खण्ड पछिल्लो समय जोखिमपूर्ण बन्दै गएको छ ।दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नम्बर ५ गण उदयपुरबाट खटिएको ‘क्विक रेस्पोन्स टिम’ र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो । घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुई जनाको अवस्था गम्भीर छ छ ।दुर्घटनामा गम्भीर घा

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ३४७ पटक पढिएको
  • सिन्धुलीमा निर्माणाधीन फुड कम्पनीका कामदारबीच झडप, ५ जना चिनियाँसहित ७ जना घाइते

    सिन्धुलीः सिन्धुलीको मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा कार्यरत कामदारबीच आपसी विवादको क्रममा झडप हुँदा ७ जना कामदार घाइते भएका छन् । जसमा ५ जना चिनियाँ कामदार छन् ।आज बिहान मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा मजदुरबीच झडप भएको थियो । मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर शुरु भएको विवादले झडपको रूप लिएको हो ।सो झडपमा नेपाली कामदार नवराज बम्जन र गोकर्ण कटुवाल घाइते भएका छन् । बम्जनको दाहिने आँखामा र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ३५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल