इटहरी ।  आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिश गरेको थियो ।