इटहरी । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रसाईँले विगतमा आफूले भनेको कुरा मिलेको र आगामी फागुन २१ गतेअघि बालेन्द्र शाह र सोबिता गौतमको विषयमा नयाँ खुलासा गर्ने बताएका हुन् ।प्रसाईँले पहिलो भिडियोमार्फत अमेरिकाको एनईडी नामक संस्थाका तर्फबाट नेपालमा भएको लगानीको भण्डाफोर गरेको भन्दै सो कुरा सत्य प्रमाणित भएको दाबी गरे । त्यस्तै, उनले दोस्रो भिडियोमार्फत बालेन्द्र शाह निश्चल खरेलबाट सञ्चालित रहेको भनेर दाबी गरेको भन्दै यसबारे कसैले खण्डन नगरेको जनाएका छ
इटहरी । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सवारीसाधन प्रयोगलाई कानुनी दायराभित्र राख्न ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रचारप्रसार र मतदानको दिन सवारी सञ्चालनलाई व्यवस्थित र नियन्त्रणयोग्य बनाउन कार्यविधि जारी गरिएको हो । निर्वाचन आयोग ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।कार्यविधिअनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रचार अवधिमा अधिकतम दुईवटा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा हलुका चार पाङ्ग्रे सवारी मात्र प्रयोग गर्न पाउनेछन् । मो
इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हिमाली र पहाडी जिल्लामा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा सम्भव रहेको बताएकी छन् । हिमाली जिल्लामा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका लागि सोलुखुम्बु पुगेका प्रधानमन्त्री कार्कीले सोलु लगायत हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिएकी हुन् ।प्रधानमन्त्री कार्कीले कुनै बहानामा निर्वाचन सार्ने अवस्था नरहेको स्पष्ट पार्दै भनिन्, 'देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन। हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश
इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। बिहीबार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ वटा निर्वाचन क्षेत्रको लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए। उनले प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने उल्लेख गर्दै एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको बताए। उनकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरी र
जनकपुरः महोत्तरीको मटिहानीमा खेत जोतिरहेको ट्याक्टरको हलो (रोटाभेटर)ले काटिएर दुई बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन रहेका छन् ।मटिहानी नगरपालिका ४ मझौराका गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको अवस्थामा दुवै बालिका ट्याक्टरमा बसेका थिए । अचानक उनीहरु लडेपछि ट्याक्टरको रोटाभेटरले टाउकोको भाग काटिँदा दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको र घट
धनकुटाः आज बिहान १० बजे धनकुटा नगरपालिका ५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन् ।सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा रहेका ३० जना मध्ये १२ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको खोजी कार्य जारी राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनीहरु माथिल्लो तलाको भान्सा कोठाबाट फरार भएको सुधार केन्द्रका सञ्चालक उज्ज्वल खनालले बताए । विजय मल्लिकको अगुवाइमा हेरालु व्यक्तिलाई कुटपिट गरेर उनीहरू फरार भएको बताइएको छ ।भवनको सुरक्षा घेराको तारबेर तोडेर फरार भएकाहरू लागुऔषध तथा मादकपदार्थ सेवनको लतबाट छुटकारा दिलाउन सुधार केन्द्रमा राखिए
इटहरी । प्रधानमन्त्री सुशीला कार्की आज (बिहीबार) बिहानै हिमाली जिल्लाको भ्रमणमा निस्केकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार निर्वाचन तयारीको वस्तुस्थिति बुझ्न कार्की आज बिहान काठमाडौँबाट हेलिकप्टरमा सोलुखुम्बुको नाम्चे पुगेकी छन्।‘प्रधानमन्त्रीज्यूले नाम्चेका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ’, प्रेस सल्लाहकार रावलले नेपालखबरसँग भने, ‘भ्रमण आज र भोलिसम्म जारी रहनेछ।’उनका अनुसार यसपालि प्रधानमन्त्री कार्कीले सल्लेरी र नाम्चे भ्रमण गर्नेछिन्। आउने फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ।
इटहरी । तीन दिनअघि रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्त, स्थानीय प्रशासन र अरनिको यातायात व्यवसायीबीच गएराति सहमति भएको छ। स्थानीय प्रशासनको पहलमा भएको सहमतिपछि पीडित परिवारले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। गएको मंगलबार काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुलनजिकैबाट तामाकोसी खस्दा १२ जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन्। दुर्घटनामा परेर घाइते भएका सात जनाको काठमाडौँ र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सहमतिअनुसार अरनिको यातायातले मृतकका परिवारलाई
इटहरी । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना निर्माणको ठेक्का तोडिएको पटेल—रमण जेभीबाट तीन अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुने भएको छ । सर्वोच्च अदालले निर्माण कम्पनीलाई यसअघि नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेसँगै सिँचाइ विभागलाई निर्माण कम्पनीबाट तीन अर्ब ६० करोड जफत हुने पक्का भएको हो ।मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेसँगै कम्पनीको जमानत जफत हुने पक्का भएको सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बताए ।ठेक्का सम्झौता गर्दा पट
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पुर्वसंसद ज्ञानबहादुर शाहीले पनि मनोनयन दर्ता गराएका छन् । राजसंस्थाको बारेमा वकालत गर्दै आएका शाही यस पटक भने दोहोरिने सम्भावना न्यून रहेको पाइएको छ । चुनावी मैदानको अवस्थालाई हेर्दा यस पटक शाहीले भने अनुसार मत नपाउने बुझिएको हो ।जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित राजनीतिक दल र एक जना स्वतन्त्र व्यक्तिले जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा छन् । नयाँदलको सम