शिक्षा

    Showing १-१० of २९४ items.
  • सम्भावित वर्षा र बाढीलाई ध्यानमा राखेर सुन्दरहरैँचाका विद्यालयमा आज दिइयो बिदा

    विराटचोकः लगातार तीन दिन ठूलो वर्षा हुने मौसमविद्को पूर्वानुमानुअनुसार शिक्षा मन्त्रालयले हिजो र आज स्थानीय सरकारसँगको समन्वयमा विद्यालयमा बिदा दिन निर्देशन दिएको थियो । सोही निर्देशनअनुरुप हिजो र आज धेरै स्थानीय तहले शिक्षण संस्थालाई बिदा दिए ।मोरङको सुन्दरहरैँचा नगरपालिकाले भने हिजो बिदा दिएको थिएन । नगरपालिकाले एक सूचना जारी गर्दै आज शुक्रबार नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद उपशाखाले मौसमको अवस्थालाई मध्यनजर गर्दै विद्यालय बिदा दिने सूचना जारी गरेको छ ।रातभर पानी परे पनि अहिले सुन्दरहरैंचामा पानी परेको छैन ।

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ३९ पटक पढिएको
  • वर्षालाई ध्यानमा राखी इटहरीका सम्पूर्ण विद्यालय आज र भोलि बन्द गरिने

    इटहरीः शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई परिस्थिति हेरेर दुई दिन बिदा दिन सक्ने सूचना जारी गरेसँगै इटहरी उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द हुने भएका छन् ।इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज सूचना जारी गर्दै असोज आज र भोलि दुई दिन पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको हो ।जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एवं शिक्षा तथा खेलकुद मन्त्रालयबाट जारी पूर्वानुमान तथा सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको महाशाखाले जनाएको छ ।उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्

    • प्रकाशित मितिः असोज ८, २०८३
    • २९ पटक पढिएको
  • सम्भावित ठूलो वर्षालाई मध्यनजर गर्दै विराटनगरमा आज र भोलि विद्यालय बिदा

    विराटनगरः ४ दिनसम्म हुन सक्ने सम्भावित भीषण वर्षालाई मध्यनजर गरी हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले आज र भोलि विद्यालयलाई बिदा दिएको छ ।विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द गर्ने जानकारी दिएको हो ।जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।सो अवधिमा नदीनालामा पानीको बहाव बढ्न सक्ने, बस्ती तथा सडकमा डुबान हुन सक्ने र बाटोघाटो अवरुद्ध हुने जोखिम रहेकाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ४० पटक पढिएको
  • भीषण वर्षाको सम्भावना भएका ठाउँमा आज र भोलि विद्यालय बिदा गर्न अनुरोध, परीक्षा पनि स्थगित

    इटहरी ।  शिक्षा तथा खेलकुद मन्त्रालयले भीषण वर्षा तथा सम्भावित विपद्लाई ध्यानमा राख्दै आज र भोलि स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्न अनुरोध गरेको छ ।मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पठाएको पत्रमा असोज ९ देखि ११ गतेसम्म विभिन्न ठाउँमा भीषण वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको हुनाले आवश्यकताका आधारमा विद्यालय बिदा गर्न अनुरोध गरेको हो ।शिक्षा मन्त्रालयले विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकतानुसार स्थगित गर्न आग्रह गरेको छ ।मन्त्रालयले सुरक्षित विद्या

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३५ पटक पढिएको
  • जापानी कलेजका प्राध्यापकलाई भरोसा एजुकेसनमा विशेष स्वागत

    इटहरी  - नेपाल भ्रमणमा रहनुभएका जापानको Chiyoda International Language Academy का प्राध्यापक ओहाता रियोन (Ohata Rion) लाई इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ। उहाँ सँगै अनुपा खवासलाइ समेत कन्सल्टेन्सीमा स्वागत गरिएको हो भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक धनबहादुर पुरीले प्राध्यापक ओहाता रियोनलाई स्वागत गर्दै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता भेटघाट र सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो।जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई जापानी भाषा, उच्च शिक्षा तथा करियरका अवसरबारे सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको भरो

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १५७ पटक पढिएको
  • डिजिटल क्वीज सिजन–१ मा सगरमाथा हिमाल दर्शन पहिलो, ज्ञानज्योति दोस्रो

    विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलो पटक आइतबार सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्वीज सिजन–१’ मा सगरमाथा हिमाल दर्शन पहिलो भएको छ ।नगरका २३ विद्यालय सहभागी प्रतियोगिता डिजिटल प्रविधिमार्फत् सञ्चालन गरिएको थियो । प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल १३५ अंकसहित प्रथम, ज्ञानज्योति १३० अंकसहित दोस्रो भएका हुन् । प्रभात किरण र बाल सदनले समान ९५ अंक प्राप्त गरेपछि निर्णायक चरणबाट प्रभात किरण तेस्रो र बाल सदन चौथो भएका थिए ।विजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।शनिबार नेपाल कम्प्युटर सेन्टरले आयोजना गरेको हाजि

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १२६ पटक पढिएको
  • नेपाल कम्प्युटर सेन्टरले आयोजना गरेको हाजिरीजवाफमा हिमाल दर्शन पहिलो, ज्ञानज्योति दोस्रो

    गछियाः नेपाल कम्प्युटर सेन्टर सुन्दरहरैंचाले संविधान दिवसको अवसर पारेर आयोजना गरेको अन्तरविद्यालयस्तरीय ‘एनसीसी क्वीज मेनिया –२’ प्रतियोगिताको उपाधि सुन्दरहरैंचा–३ स्थित सगरमाथा हिमाल दर्शन सेकेण्डरी स्कुलले जितेको छ ।सो प्रतियोगितामा सुन्दरहरैंचाको ज्ञानज्योति सेकेण्डरी स्कुल दोस्रो, इटहरीस्थित पूर्वाञ्चल सेकेण्डरी स्कुल तेस्रो तथा सुन्दरहरैँचा–२ स्थित लभ्ली एन्जल्स इङ्लिस स्कुलले सान्त्वना पुरस्कार पाएका छन् ।प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । पहिलो हुनेले ११ हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार ५०० रुपैया

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ५९ पटक पढिएको
  • सुकुना क्याम्पसद्वारा बाढीपीडितलाई २ लाख ३१ हजार सहयोग

    विराटचोकः मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसले रसुवाका बाढीपीडित नागरिकको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ लाख ३१ हजार ८ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।सामुदायिक क्याम्पस आफैं आर्थिक तथा प्रशासनिक चुनौतीसँग जुधिरहेको अवस्था भए पनि विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै पीडामा रहेका तथा विपत्तिमा रहेका नागरिकलाई केही सहयोग हुने भएकाले आर्थिक सहयोग गरिएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ६० पटक पढिएको
  • सृजनशील बाल क्लबको आयोजनामा भएको हाजिरीजवाफमा लभ्ली एन्जल्स पहिलो

    बाँसबारीः सुन्दरहरैँचा–५, बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा भएको ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा १२० अङ्कसहित सुन्दरहरैंचा–२ को लभ्ली एन्जल्स स्कुल पहिलो भएको छ ।विद्यार्थीहरूमा रहेको ज्ञान, सिर्जनात्मक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो, ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो र ८० अङ्कसहित शिशिर एकेडेमीले सान्त्वना पुरस्कार पाएका छन् ।ती विद्यालयलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित ट्रफी, मे

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ७१ पटक पढिएको
  • इटहरी इन्टरनेसनल कलेजका ११७ विद्यार्थीलाई दिइयो डेढ करोडभन्दा बढीको छात्रवृत्ति

    इटहरीः विशेष समारोह आयोजना गरी इटहरी इन्टरनेसनल कलेजले ११७ जना विद्यार्थीलाई डेढ करोड रुपैयाँभन्दा बढीको छात्रवृत्ति प्रदान गरेको छ ।‘एएए स्कलरशिप २०२६’ अन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । विद्यार्थीहरूको मिहिनेत, शैक्षिक उपलब्धि तथा समग्र सहभागितालाई सम्मान गर्दै कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्यव्रत कोइरालाले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा कलेजका अध्यक्ष लेखनाथ घिमिरे र आईएनजी ग्रुपका उपाध्यक्ष प्रकाश श्रेष्ठलगायतको उपस्थिति थियो ।हरेक वर्ष योग्य तथा उत्कृष्ट विद्यार्थीलाई पाँच वर्ष अघिदेखि न

    • प्रकाशित मितिः असोज २, २०८३
    • ६६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल