पोखरा । पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ ।


दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ओख्ले भीर भन्ने ठाउँबाट बस करिब दुई सय मिटर तल खसेको बताइएको छ ।


मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।