कानेपोखरीः कोसी साहित्य कला परिषद्ले बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले कानेपोखरीमा अभिभावक परामर्श कार्यक्रम आयोजना गरेको छ ।

कानेपोखरी–४ मा रहेको न्यू भिजन ज्ञानमन्दिरमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष तथा कार्यशाला संयोजक केशु विरहीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन परिषद्का सचिव नवशिलाले गर्नुभएको थियो ।

विद्यालयका निर्देशक तथा संस्थापक गणेश पोखरेलले विद्यार्थीमा पठन संस्कृतिको वृद्धि गर्न यस्ता कार्यक्रम विद्यालयमा उपयोगी हुने बताउनुभयो ।

प्रमुख अतिथि कानेपोखरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रमेश राउतले पठन संस्कृतिको विकास हुँदै जाँदा विद्यार्थीमा सिर्जनात्मकता पनि बढ्ने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य प्रदीप राई तथा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।