पोखरा: पोखरा–२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ।
विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिकास्थित स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार केही विद्यार्थीलाई उद्धार गरेर उपचार गर्न अस्पताल पठाइएको छ । सो बसमा २० जना भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।


















