इटहरीः काठमाडौंमा भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट सुनसरीका चार जना शिक्षक केन्द्रीय समितिमा निर्वाचित हुनुभएको छ ।हिसान सुनसरीको दुई कार्यकाल अध्यक्ष भइसकेका मुकुन्द घिमिरे केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । बलराम पन्त दोस्रो कार्यकालका लागि सचिव पदमा निर्वाचित हुनुभएको छ । हिसान सुनसरीका वर्तमान अध्यक्ष सागरप्रसाद भट्टराई र सल्लाहकार केशव खड्का केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा १६० मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी लोकबहादुर भण्ड
धरानः खेल सप्ताह गरेर सुनसरीको धरान– ३ मा रहेको भानु स्मृति विद्यालयमा अध्ययनरत २३० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।ब्याडमिन्टन, १०० मिटर दौड, फुटबल, लुडो, कुर्सी घुमाइ, टेबलटेनिस, बास्केटबल, टेबलटेनिसलगायतका प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई हिजो भएको खेलकुद सप्ताह समापन कार्यक्रममा पुरस्कृत गरिएको हो ।कक्षा १ देखि १० सम्मको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने ३० जना विद्यार्थीलाई विशेष पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले नयाँ अक्षयकोष स्थापना गर्ने व्यक्ति र एक वर्षभित्र योगदान गर्ने व्यक्तिहरूलाई पनि सम्मान गरेको थियो ।कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन स
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित शाखाको समन्वयमा शाखा स्थापना भएको १० दिनमै पहिलो रोजाइको सामाजिक कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सरोकार (Public Concern) को आयोजनामा बाल आदर्श आधारभूत विद्यालय, पस्थलीमा विद्यालयको मागअनुसार विद्यार्थीहरूलाई न्यानो लुगा तथा पोशाक सहयोग प्रदान गरिएको हो।कार्यक्रममा ५० सेट ट्रयाकसुट (विद्यार्थी पोशाक) वितरण गरिएको थियो। उक्त सहयोग हाल अमेरिकामा बसोबास गर्दै आएका तर नेपालप्रति गहिरो माया राख्ने कञ्चन कणेल, केजिया कणेल, मन्दिप केसी, सन्ध्या शर्मा र दिपेन कडरीयाको सहयोगमा प्रदान गरिएको हो।त्यसैगरी, सहयोगी मनकी धनी फुलचोकी ट्राउट तथा कृषि फर्मकी प्रोप्राइ
इटहरी । मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माविमा कक्षा ७ मा अध्ययनरत युधिष्ठिर घिमिरेले कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।हालै भारतको सिक्किम, कालिम्पोङमा सम्पन्न कालिम्पोङ इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ अन्तर्गत पुम्से विधाको अण्डर १२ उमेर समूहमा प्रतिष्पर्धा गर्दै घिमिरेले स्वर्ण पदक जितेका हुन् ।यही पुस ५ र ६ गते भारतको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा सम्पन्न प्रतिष्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण पदक जित्न सफल घिमिरेको यस उपलब्धिले विद्यालय, परिवार तथा समग्र जिल्लालाई गौरवान्वित ब
सलकपुरः शिक्षा निकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित हाजिरीजवाफमा सुन्दरहरैंचाको साजीलाल मावि पहिलो भएको छ ।आनन्द रिजाल स्मृति अक्षयकोष अन्तर्गत शिक्षा निकेतन माध्यमिक विद्यालय, सुन्दरहरैंचा–८ द्वारा आयोजित अन्तर माध्यमिक सामुदायिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा शिक्षा निकेतन माध्यमिक द्यिालय दोस्रो र जनता मा वि सुन्दरहरैंचा–९ तेस्रो भएका थिए ।प्रतियोगितामा विजयी विद्यालयलाई अक्षयकोष दाता परिवार तथा कार्यक्रममा उपस्थित अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
धरानः धरानस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित हिबिस्कस क्विज सिजन–४ हाजिरी जवाफ प्रतियोगितामा मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालय पहिलो भएको छ ।प्रतियोगितामा सहभागी ४५ विद्यालयमध्ये तेस्रो स्थान प्राप्त गर्दै अन्तिम चरणमा प्रवेश गरेको साजीलाल मावि फाइनल चरणमा भने पहिलो भएको हो । प्रतियोगितामा जिवितेस कट्टेल, रमा घिमिरे र संस्कार पोखरेलले भाग लिएका थिए ।विजेता साजीलाल माविले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । जीवनज्योति इङ्लिस बोर्डिङ स्कुल चक्रघट्टीले उपविजेतामा चित्त बुझाउँदै नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्
लेटाङः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को लेटाङ नगर परिषद् भेलामा शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको छ ।प्याव्सन लेटाङका अध्यक्ष भोलनाथ पाण्डेको अध्यक्षता र लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यतामा भएको भेलामा गत वर्षको एसईई र वार्षिक परीक्षामा उत्कृष्ट जीपीए ल्याउने २ छात्र र २ छात्रा तथा १४ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती र विशिष्ट अतिथि उपप्रमुख कृष्णकुमारी निरौलाले प्याव्सन लेटाङमा आबद्ध विद्यालयहरु मध्येबाट एसइइ परीक्षमा सबैभन्दा बढी जीपीए ल्याउने छा
इटहरीः उच्च शिक्षामा नवीनता, अनुसन्धान र दिगोपनलाई केन्द्रमा राखेर शनिबार सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा प्रथम जेएमसी अन्तर्राष्ट्रिय शैक्षिक तथा प्राज्ञिक सम्मेलन सुरु भएको छ ।सम्मेलनको नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले उद्घाटन गरे । डा. रिजालले उच्च शिक्षा क्षेत्रलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउन यस्ता सम्मेलनहरूले महत्वपूर्ण भूमिका हुने बताए ।आयोजकका अनुसार सम्मेलनमा ११२ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछन् । जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीका अनुसार ‘उच्च शिक्षामा नवीनता, अनुसन
बेलबारीः काठमाडौंमा कार्यालय स्थापना गरी विगत केही वर्षदेखि विद्यार्थी प्लेसमेन्ट तथा रिक्रुटमेन्टको क्षेत्रमा काम गर्दै आएको राइट चान्स एजुकेसन कन्सल्टेन्सीले मोरङको बेलबारीमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ ।बेलबारीमा सञ्चालित पाराङहा एकेडेमीसँगको सहकार्यमा शाखा सञ्चालन गरिएको राइट चान्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक रञ्जित पुरीले जानकारी दिए । बुधबार एक विशेष कार्यक्रमको आयोजना गरी शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । अध्ययनका लागि जापान, अष्ट्रेलिया, अमेरिका, जर्मनी, युके तथा क्यानडा जान चाहने विद्यार्थीहरूका लागि आवश्यक सम्पूर्ण प्रक्रिया बेलबारीबाटै सम्पन्न हुने सञ
ठडियाः सोमबार लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीले सुन्दरहरैंचा नगरपालिका–७ स्थित ठडिया आधारभूत विद्यालयका सबै विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीका अध्यक्ष अनुरोध साहले सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो कपडा वितरण गरिएको बताए । शिक्षा र बालबालिकाको संरक्षणमा लायन्स क्लब सधैं सक्रिय रहँदै उनको भनाइ थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक वाणी काफ्लेले विपन्न परिवारका विद्यार्थी अध्ययन गर्ने विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर लायन्स क्लब