विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) कोशी प्रदेशको आयोजनामा आइतबार भएको प्रदेशस्तरीय अङ्ग्रेजी हस्तलेखन प्रतियोगितामा मोरङको विराटनगर–४ मा रहेको अरिहन्त स्कुल पहिलो भएको छ ।सो विद्यालयकी छात्रा ईश्वरीकुमारी माझी पहिलो हुनुभएको हो । एन प्याब्सनले नै गरेको वक्तृत्वकला प्रतियोगितामा सो विद्यालयका विद्यार्थी प्रिन्स कार्कीले सान्त्वना स्थान हात पारेका थिए ।एन प्याब्सन कोशी प्रदेशले सुन्दरहरैंचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न गरेको प्रतियोगितामा प्रदेशका २२ विद्यालय सहभागी थिए ।प्रतियोगितामा जेभियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो भएको
विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) कोशी प्रदेशको आयोजनामा भएको प्रदेशस्तरीय नेपाली हस्तलेखन प्रतियोगितामा मोरङको बेलबारीमा रहेको मोरङ ज्ञानोदय सेकेण्डरी स्कुल पहिलो भएको छ ।सो विद्यालयकी कक्षा १० मा अध्ययनरत विद्यार्थी आयुष्मा राई पहिलो भएकी हुन् ।एन प्याब्सन कोशी प्रदेशले सुन्दरहरैंचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न गरेको प्रतियोगितामा प्रदेशका २२ विद्यालय सहभागी थिए ।प्रतियोगितामा हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा दोस्रो भएको छ । लालीगुराँस इङ्लिस स्कुल बुढीगंगा तेस्रो तथा आभा इङ्लिस स्कुलका प्रतियोगीले सान्त्वना पुरस्कार ह
विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) कोशी प्रदेशको आयोजनामा भएको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल सुन्दरहरैंचा पहिलो भएको छ ।१९ विद्यालय सहभागी भएको प्रतियोगितामा बेलबारीको मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुल दोस्रो भएको छ । सुन्दरहरैंचा–१० को हिमालय इङ्लिस स्कुल तेस्रो तथा विराटनगर–४ को अरिहन्त इङ्लिस स्कुलले सान्त्वना स्थान हात पारेका छन् ।जेनजी आन्दोलनले पारेको प्रभाव विषयमा अङ्ग्रेजी भाषामा भएको वक्तृत्व प्रतियोगिताका विजयी प्रतियोगीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।कार्यक्रममा एन प्याब्सनका
विराटनगरः विराटनगरमा जारी १५ औँ प्याब्सन स्पोर्ट्स मिट–२०८२ अन्तर्गत हिजो दोस्रो दिनको खेल समाप्तिसम्म सिनियरतर्फ विराटनगरको एभरेष्ट स्कुल ४ स्वर्ण पदक जित्दै अग्रस्थानमा छ ।प्लस टु (सिनियर) तर्फको टेबलटेनिसमा एभरेष्ट स्कुलले चारवटै स्वर्ण पदक जितेर वर्चस्व कायम गरेको हो । यस्तै, जुनियरतर्फ (कक्षा १० सम्म) सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमीले दुईवटा स्वर्ण पदक जित्दै अग्रस्थान ओगटेको छ ।प्लस टु तर्फको टेबलटेनिस छात्रछात्रा दुवै विधामा एभरेष्ट स्कुलले बाजी मारेको छ । प्लस टु छात्र सिंगल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम र एभरेष्टकै श्रेयन काफ्ले द्वितीय भए । तृतीय स्थानमा ब्राइट फ्य
विराटनगरः मंसिर १९ गते शुक्रबारदेखि विराटनगरमा ‘१५ औँ प्याब्सन स्पोर्टस मिट’ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले प्याब्सन कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी स्पोर्टस मिटको बारेमा जानकारी गराएको हो ।प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार स्पोर्टस् मिटमा जिल्लामा रहेका प्याब्सन आबद्ध २३५ विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीले भाग लिनेछन् । फुटबल र क्रिकेटका खेल खेल्ने टिम धेरै भएको र लामो समय लाग्ने भएकाले प्रतियोगिताको उद्घाटन अगावै ती खेल भने शुरु भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।विद्यार्थीहरूको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्
पथरी शनिश्चरे, मंसिर १४ मोरङको पथरीशनिश्चरेस्थित वाल्मीकि माध्यमिक विद्यालयमा गठन भएको वाल्मीकि स्काउट दलले एक भव्य र आकर्षक समारोहका बीच ३२ जना विद्यार्थीलाई दीक्षित गरेको छ।दीक्षान्त समारोहका प्रमुख अतिथि पथरीशनिश्चरे–२ का वडा अध्यक्ष नैना राई रहनुभयो। कार्यक्रममा विद्यालयका निर्देशक नोवल किशोर खनाल, नेपाल स्काउट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख आयुक्त रोशन बुढाथोकी, विद्यालयका प्रिन्सिपल चन्द्र प्रसाद दुलाल लगायतको उपस्थिति रहेको थियो।अतिथिहरूले विद्यार्थीको नेतृत्व विकास, अनुशासन, आत्मविश्वास र व्यक्तित्व निर्माणमा स्काउट कार्यक्रम अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै यस्ता गतिविधिले विद
बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका–८ ज्याफूस्थित जनप्रिय आधारभूत विद्यालयको प्रधानाध्यापकमा २२ वर्षीय भरत भण्डारी नियुक्त भएका छन् ।पाटन नगरपालिका–९ घर भएका भण्डारी शिक्षण पेशामा आबद्ध भएको ६ महिनामै प्रधानाध्यापक बनेका हुन् । करार राहत कोटामा कार्यरत भण्डारीलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक जिम्मेवारी दिने निर्णय गरेको छ ।आफूले प्रअको जिम्मेवारी पाएको विषयमा फेसबुकमा जानकारी दिँदै भण्डारीले सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, पदाधिकारी तथा अभिभावकलाई धन्यवाद दिएका छन् ।
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक औपचारिक रुपमा लागु गरेको छ । थुप्रै स्थानीय तहमा स्थानीय पाठ्यक्रम तयार पारिएपनि इटहरीमा लागु भएको थिएन ।अब कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक तयार भएर कक्षाकोठासम्म पुर्याइएको छ । यो पाठ्यपुस्तक इटहरीका बालबालिकालाई आफ्नै माटो, समाज, संस्कृति र इतिहाससँग जोड्ने आधार बन्ने मेयर हेमकर्ण पौडेलले बताए । दुई महिनाभित्र कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक पनि तयार भएर आउने उनले जानकारी दिए ।
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा भएको नगर स्तरीय लोकनृत्य प्रतियोगितामा जुनियरतर्फ हरैंचा मोडल र सिनियरतर्फ जुपिटर इङ्लिस स्कुल पहिलो भएका छन् ।हिजो सम्पन्न प्रतियोगितामा जुनियरतर्फ १५ विद्यालय सहभागी थिए । सिनियरतर्फ ८ विद्यालयले भाग लिएका थिए । सिनियरतर्फ सिद्धार्थ सेकेन्डरी स्कुल दोस्रो र पूर्वाञ्चल एकेडेमी तेस्रो भएका छन् । माउन्ट मकालु स्कुलले सान्त्वना स्थान हात पारेको छ ।जुनियर समूहमा माउन्ट मकालु स्कुल दोस्रो तथा क्वेस्ट स्कुल तेस्रो घोषित भएका छन् । सान्त्वना पुरस्कार पूर्वाञ्चल एकेडेमीले जितेको छ ।कक्षा ८ सम्मका विद्यार्
इटहरी । नेपाल शिक्षक महासंघले शिक्षामन्त्री महावीर पुनसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।मंगलबार शिक्षामन्त्री महावीर पुनलाई भेटेर महासंघको टोलीले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ९ बुँदे सहमतिबारे ध्यानाकर्षण गराएको हो ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नौ बुँदे सहमतिबारे शिक्षामन्त्री पुनको ध्यानाकर्षणसहित कार्यान्वयनका लागि आग्रह गरिएको बताए ।‘हामीले शिक्षक सरुवा निर्देशिकाको खारेजी, गएको वैशाख १७ गते मन्त्रिपरिषद् बैठकले गरेका नौबुँदे निर्णयको कार्यान्वयन, स्थानीय भत्ताको उपलब्धता, शिक्षकहरूको रोकिएको तलब तुरुन्तै निकासा गर्नुपर्ने लगायका माग गरेका छौ