सूचना प्रविधी

    Showing ३१-४० of १४४ items.
  • नेपालमा जनसङ्ख्याभन्दा बढी इन्टरनेट प्रयोगकर्ता, वर्ल्ड लिंक शीर्ष स्थानमा

    इटहरी ।  नेपालमा इन्टरनेट सेवाका प्रयोगकर्ताको सङ्ख्या साढे ४ करोड नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ २०८३ मा सार्वजनिक गरेको ‘दूरसञ्चार सूचकहरू (वैशाख २०८३)’ सम्बन्धी प्रतिवेदन अनुसार नेपालको कुल जनसङ्ख्याको तुलनामा ब्रोडब्यान्डको पहुँच बढी छ ।सो प्रतिवेदन अनुसार २०८३ बैशाख मसान्तसम्म नेपालमा कुल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ४ करोड ५२ लाख १९ हजार ९६ जना पुगेको छ । यस्तै, भ्वाइस टेलिफोनी (टेलिफोन तथा मोबाइल) सेवाका कुल सक्रिय ग्राहकको सङ्ख्या ३ करोड २ लाख ४८ हजार ९ सय ५८ पुगेको छ । जुन नेपालको कुल जनसङ्ख्याको १०३.७१ प्रतिशत हो ।दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अ

    • प्रकाशित मितिः असार १३, २०८३
    • २२८ पटक पढिएको
  • भोजपुरको लुकेको स्वर्ग: १३९ मिटर अग्लो चिर्खुवा छाँगे झरना, जहाँ प्रकृति र आस्था एकैसाथ भेटिन्छन्

    भोजपुर। पूर्वी पहाडको प्राकृतिक सौन्दर्यले भरिपूर्ण भोजपुर जिल्लामा रहेका लुकेका पर्यटकीय गन्तव्यमध्ये चिर्खुवा छाँगे झरना पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ। षडानन्द नगरपालिका–३ मा अवस्थित करिब १३९ मिटर उचाइबाट झर्ने यो झरना जिल्लाकै अग्लो झरनाका रूपमा परिचित छ।झरनासम्म पुग्न भोजपुर सदरमुकाम वा दिङ्लाबाट यात्रा सुरु गर्न सकिन्छ। एकुमा, सानो दिङ्ला र कुनालुङ हुँदै अन्तिम बस्ती साइमा गाउँसम्म कच्ची सडक पुगेको छ। त्यहाँबाट करिब २०–३० मिनेट जंगलको उकालो पैदल यात्रा गरेपछि झरनाको फेदीमा पुग्न सकिन्छ। वर्षायाममा सडक अत्यन्तै जोखिमपूर्ण हुने भएकाले मौसम र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न

    • प्रकाशित मितिः असार १२, २०८३
    • २१७ पटक पढिएको
  • इटहरीमा विवादित बालुवा प्रशोधन केन्द्र : स्थानीयको विरोध, वडाको आपत्ति र कानुनी प्रक्रिया माथि प्रश्न

    इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र सञ्चालन प्रक्रिया अघि बढाइएको विषय विवादित बनेको छ।स्थानीयवासीले वातावरणीय तथा स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै आपत्ति जनाइरहेका बेला आवश्यक कानुनी प्रक्रिया पूरा नगरी प्रशोधन केन्द्र सञ्चालनको अनुमति दिइएको भन्दै उनीहरूले विरोध जनाएका छन्।त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्रालिले सञ्चालन गरिरहेको उक्त बालुवा प्रशोधन केन्द्रका विषयमा स्थानीयवासीले समुदायसँग पर्याप्त छलफल नगरिएको, वडा कार्यालयको सिफारिस तथा सहभागिता समेत नरहेको आरोप लगाएका छन्। यसले स्थानीय सरकार सञ्चालन प्रक्रिया र व

    • प्रकाशित मितिः असार ९, २०८३
    • ६४४ पटक पढिएको
  • धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित

    धरान । सुनसरीको धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा–१२ को नतिजामा ‘ए प्लस’ ग्रेड प्राप्त गर्ने १३ जना विद्यार्थीलाई सम्मान गरेको छ ।सोमबार कलेजमा आयोजित एक कार्यक्रममा ‘ए प्लस’ प्राप्त गर्ने १३ जना विद्यार्थीमध्ये ९ जना विज्ञान संकाय, ३ जना व्यवस्थापन संकाय र १ जना होटल व्यवस्थापन संकायका रहेको कलेजले जनाएको छ । सम्मान कार्यक्रममा ‘ए प्लस’ प्राप्त गर्ने अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन तथा इन्जिनियरिङ र चिकित्सा शिक्षाको तयारीका लागि विभिन्न स्थानमा रहेकाले उनीहरूका अभिभावक उपस्थित भएका थिए । अभिभावकहरूले आफ्ना छोराछोरीको तर्फबाट सम्मा

    • प्रकाशित मितिः असार ८, २०८३
    • ३१३ पटक पढिएको
  • सद्‌गुरुले रचना गर्नुभएको ध्यान गर्ने निःशुल्क एप 'मिराकल अफ माइन्ड' अब नेपाली भाषामा

    सुनसरी -अन्तर्राष्ट्रिय योग दिवस (जुन २१, २०२६) को विशेष अवसरमा, सद्‌गुरुको मार्गदर्शनमा ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा रचना गरिएको 'मिराकल अफ माइन्ड' एप नेपाली भाषामा उपलब्ध हुन गइरहेको छ । बालुवाटारस्थित T21 प्यालेसमा आयोजना हुने एक विशेष ध्यान कार्यक्रममा यसको औपचारिक शुभारम्भ हुनेछ ।'मिराकल अफ माइन्ड' सद्‌गुरुद्वारा विशेष रूपमा रचना गरिएको एक शक्तिशाली एवम् निर्देशनसहित ध्यान गर्ने एप हो, जसले मानिसहरूलाई नियमित ध्यान अभ्यासमा स्थापित गराउन मद्दत गर्दछ । एक योगी, रहस्यद्रष्टा र दूरदर्शी सद्‌गुरुले विगत चार दशकदेखि मनुष्यको चेतना माथि उठाउनका लागि  रूपान्तरणकारी अभियानको नेतृत्व गर

    • प्रकाशित मितिः असार ६, २०८३
    • ३९५ पटक पढिएको
  • ईपान महासचिवमा टी.एन. आचार्यको उम्मेदवारी : ऊर्जा क्षेत्रको अनुभवी नेतृत्व अगाडि

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) को महासचिव पदका लागि टी.एन. आचार्यले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। ऊर्जा क्षेत्रको लामो अनुभव, सफल नेतृत्व क्षमता र लगानीमैत्री सोचका कारण उनको उम्मेदवारीलाई ऊर्जा क्षेत्रभित्र चासोका साथ हेरिएको छ।हाल  Vision Energy & Power Ltd.⁠ का कार्यकारी अध्यक्ष रहेका आचार्य ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजनाका प्रवर्द्धक समेत हुन्। उनले छ्याङ्दी हाइड्रोपावरका विभिन्न आयोजनाको निर्माण तथा सञ्चालनमा अग्रणी भूमिका निर्वाह गरिसकेका छन्।ऊर्जा क्षेत्रमा मात्र नभई नेपाल विद्युत प्राधिकरण, नेपाल वायु सेवा निगम, नेपाल द

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • ३२३ पटक पढिएको
  • दुईपाङ्ग्रे सवारीसाधनको कर नघट्दा खरिदकर्ता प्रतीक्षामै, सुरक्षा प्रविधि भने अनिवार्य

    काठमाडौ -नयाँ सरकार गठनसँगै दुईपाङ्ग्रे सवारीसाधनमा लाग्ने कर घट्ने अपेक्षा गरिए पनि हालसम्म कर दरमा कुनै परिवर्तन नआएपछि सवारी खरिदको योजनामा रहेका उपभोक्ता अन्योलमा परेका छन्।यसैबीच, सरकारले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित अबदेखि सबै दुईपाङ्ग्रे सवारीसाधनमा एबिएस (ABS) वा सिबिएस (CBS) प्रणाली अनिवार्य गर्ने व्यवस्था अघि बढाएको छ।नयाँ मस्यौदा निर्देशिकाअनुसार एबिएस तथा सिबिएस प्रविधिले आकस्मिक ब्रेक लगाउँदा पाङ्ग्रा लक हुन नदिई सवारीलाई सन्तुलित र नियन्त्रणमा राख्न मद्दत गर्दछ, जसले दुर्घटनाको जोखिम घटाउन सहयोग पुर्‍याउँछ।सरकारले यी सुरक्षा प्रविधि अनिवार्य कार्यान्वयनमार्फत सडक सुर

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • ५०६ पटक पढिएको
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक, तीन दिनमै ५४ वटा सवारी बिक्री

    इटहरी : इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइलद्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागितासहित जारी रहेको छ। जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार (जेठ १३ गते) सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ।मेलाअन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक योजना सा

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ९८९ पटक पढिएको
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला सुरु, आकर्षक छुट र सुविधाले ग्राहक आकर्षित

    इटहरी– इटहरीको राजस्व ढाटस्थित पारसअटोमोबाइल, जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताद्वारा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला भव्य रूपमा सुरु गरिएको छ।जेठ १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा आकर्षक सुविधा सार्वजनिक गरिएको छ। योजनाअन्तर्गत ५ वर्षसम्म निःशुल्क पेट्रोल, दैनिक अधिकतम ५ लाख रुपैयाँसम्म नगद छुट, न्यूनतम डाउन पेमेन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।त्यसैगरी, नागरिकता र सवारी चालक अनुमतिपत्रका आ

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • ९६९ पटक पढिएको
  • टेन्डीको ‘एआई एनभीआर’ विराटचोकमा सार्वजनिक

    विराटचोकः सुरक्षा प्रविधिसम्बन्धी कम्पनी टेन्डी टेक्नोलोजिजले नयाँ ‘एआई एनभीआर’ तथा आधुनिक सिसी क्यामेरा प्रणाली सार्वजनिक गरेको छ ।हिजो मोरङको सुन्दरहरैँचा–१२ स्थित पानस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कम्पनीले अत्याधुनिक सुरक्षा प्रविधियुक्त उपकरण सार्वजनिक गरेको हो । सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको थियो ।कार्यक्रममा बोल्दै कम्पनीका नेपाल प्रमुख नवीन भण्डारीले आधुनिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित नयाँ प्रविधि नेपाली बजारमा ल्याइएको बताउनुभयो । कम्पनीका अनुसार एआई प्रविधियुक्त एनभीआरमा उच्चस्तरीय फेस

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १९० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल