काठमाडौं । नयाँ अध्ययनले अमेरिकाका लागि निकै नराम्रो भविष्यवाणी गरेको छ । अध्ययनले सन् २०५३ सम्ममा अमेरिका चरम गर्मीको चपेटामा पर्ने, जहाँ तापक्रम ५१ डिग्रीको आसपास हुने जनाएको छ ।
लगभग आधा अमेरिकामा यो अवस्थाबाट गुज्रिने अध्ययनले जनाएको छ । यो चर्को गर्मीको धेरै नराम्रा परिणामहरू हुने अध्ययनले जनाएको छ । अत्यधिक गर्मी भएको क्षेत्रलाई अति गर्मी बेल्ट भनिन्छ।
त्यस्ता ठाउँहरूमा वर्षको कम्तिमा एक दिन तापक्रम ५२ डिग्री सेन्टिग्रेडभन्दा माथि जान्छ।
नयाँ अध्ययनका अनुसार सन् २०५३ सम्ममा अमेरिकाको १० करोड जनसंख्या त्यस्ता क्षेत्रमा बस्न बाध्य हुनेछन् । एचटीको समाचार अनुसार यो अध्ययन गैरनाफामूलक संस्था फर्स्ट स्ट्रिट फाउन्डेसनले गरेको हो ।
अध्ययनले ३० वर्गमिटरको हाइपरलोकल स्केलमा मौसमको जोखिम मूल्याङ्कन गरिएको दाबी गरेको छ ।


















